नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित

मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो, तर फूलले बजार नै पाउँदैन

हाम्रो दमक

काठमाडौँ  ।  नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ ।

आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं निरास हुनुभएको छ ।

“मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो, तर फूलले बजार नै पाउँदैन”, उहाँले भन्नुभयो । भारतीय फूलका मालाले बजार पाइरहेका बेला नेपाली मालाले भने बजार नपाउनु आफैँमा अशोभनीय रहेको चौलागाईंको भनाइ छ ।

उहाँले भन्नुभयो, “भारतीय फूल पसलमा सजाएर राखिन्छन्, तर नेपाली फूल सडक पेटीमा सजाएर राखिँदा पनि बिक्री हुन गाह्रो हुन्छ ।” भारतबाट फूल आयात नरोकिएसम्म नेपाली फूलको मालाले बजार नपाउने उहाँको भनाइ छ ।

स्वदेशमा उत्पादन हुने फूलको बजारमा खासै माग नभएको अनुभव काभ्रेकी समिता घिमिरेको छ । उहाँले भन्नुभयो, “काठमाडौँसम्म फूल बिक्री गर्न आयो, गाडीभाडासमेत उठ्दैन ।” धिमिरेका अनुसार फूल उत्पादक किसानलाई माथि उकास्न सरकार गम्भीर भएर लाग्न सक्नुपर्दछ ।

नेपाली बजारमा रु छ करोड ६० लाख मूल्य बराबरको फूलको कारोवार भइरहेको भनिरहँदा भारतबाट रु ४० लाखको फूल आयात भइरहेको जनाइएको छ । फ्लोरिकल्चर एशोसियनका उपाध्यक्ष रामजीप्रसाद तिमल्सिनाका अनुसार यस वर्षको तिहारमा ११ लाख माला खपत हुने अनुमान छ ।

बजारमा सयपत्री प्रतिमाला रु ४० देखि एकसयसम्म बिक्री भइरहेको छ भने मखमली प्रतिमाला रु २५ देखि ४० सम्म बिक्री भइरहेको छ

बुध, कार्तिक २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

एकसाथ फिर्ता बोलाईए दुई देशका राजदुत ! यी तीन जनालाई बनाईदैछ ३ देशका राजदुत

काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड...

रोटरीद्वारा १० लाख रुपैयाँ राशिको‘गोपाल–कमला राजभण्डारी अवार्ड फर भोकेशनल एक्सीलेन्स’का लागि आवेदन खुल्ला

काठमाडौं । रोटरीले प्रत्येक दुई÷दुई वर्षको अन्तरमा प्रदान गर्दै आएको ‘गोपाल–कमला राजभण्डारी अवार्ड फर भोकेशनल एक्सीलेन्स’ अवार्डका लागि आवेदन खुल्ला गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी रोटरीले अवार्डका बारेमा जानकारी गराएको हो ।...

सातै प्रदेशका रोजगारदाता अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्ने !यसरी हुन् सकिन्छ सुचिकृत

काठमाडौँ। सामाजिक सुरक्षा कोषले मुलुकभरका रोजगार दाताहरुलाई कोषमा अनिवार्य सूचीत हुन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा १९...

सामान्य प्रशासन मन्त्री भन्छन -‘ पुस सम्ममा कर्मचारी समायोजनको काम सकिन्छ’

विराटनगर, २७ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामि पुससम्ममा कर्मचारी समायोजनको काम सक्ने गरी सरकारले तयारी गरेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले पुस मसन्तभित्र...

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

 धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारी बर्खास्तमा परेका छन्। मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई पदमुक्त गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मन्त्री सोडारीलाई पदबाट हटाइएको हो। उनलाई पदबाट हटाएर...

वडाध्यक्षलाई महानगरको जिम्मा दिएर विदेश भ्रमणमा काठमाडौंका प्रमुख र उपप्रमुख !

काठमाडौं, २६ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेपछि महानगरको जिम्मेवारी भरतलाल श्रेष्ठलाई दिइएको छ । महानगरका नियमित काम हेर्न वडा १ का अध्यक्ष श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको हो ।...

सरकारले किन गरेन आइतबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक ?

काठमार्डौं । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले भारत, मलेसिया र युएईका लागि नेपाली राजदूत सिफारिस गर्यो । तर, यति महत्वपूर्ण निर्णय पनि सरकारले औपचारिक रुपमा सार्वजनिक गरेन । यो निर्णय सञ्चार माध्यमहरुले स्रोतको प्रयोग...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ, २६ कात्तिक | प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस...

राजधानीमा बन्दैछ दुई अर्ब लगानीमा २ बर्ष भित्र यस्तो सुबिधासम्पन्न पार्क

काठमाडौँ। राजधानीमा २ अर्व लागतमा नयाँ पार्क बन्ने भएको छ। प्रस्तावित पार्कको याेजनामा फन पार्क, वाटर पार्क, चिल्ड्रेन पार्क, मिनि जु, अडल्ट इन्टरनेनमेन्ट पार्क रहेकाछन् । त्यसमा रोलर कोस्टर, जम्पिङ सर्कल, ड्रागन कोस्टर, विग...

निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुरमा फेरी आन्दोलन शुरु

कञ्चनपुर,२५ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना भन्दा बढि भएकोछ । तर हत्यारा सार्वजनिक हुन सकेको छैन् , हत्यारा सार्वजनिकको माग राख्दै फेरी कञ्चनपुरमा आन्दोलन शुरु भएको...