आखिर चिनले किन गर्यो तातोपानीमा नाकाबन्दी ?

हाम्रो दमक

काठमाण्डौ, २० कात्तिक । भूकम्पले क्षति पु¥याएको सडकलगायत अन्य पूर्वाधार पुनर्निर्माण भइसक्दा पनि दुई वर्षदेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न सकेको छैन । अरनिको राजमार्ग र मितेरी पुलदेखि चीनको न्यालाम सम्मको सडक साविककै अवस्थामा फर्कंदासमेत चीनले चासो नदेखाएकै कारण नाका पुनः सुचारु हुन नसकेको हो । बन्द रहेको तातोपानी नाका खुलाउन नेपाल–चीन बीचका उच्च अधिकारीहरुको सीमा सुरक्षा बैठक पटक–पटक बसिसकेको छ ।

बैठकमा चीनका अधिकारीले सडकमा क्षति पुगेको कारण देखाउँदै आएका थिए । अहिले सडक निर्माण भइसक्दा पनि नाका सूचारु गराउनेबारे चीन मौन बस्नुले पनि नाका खुल्नेका अन्योल देखिन्छ। तातोपानी नाका ७२ सालको भूकम्पपछि पूरै ठप्प छ । २०२७ मा खुलेको यो नाका नेपाल र चीनबीच सबैभन्दा महत्वको व्यापारिक मार्ग हो । यो नाकाबाट सरकारले वार्षिक ७ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो ।

यही नाका भएर नेपाली र भारतीय तीर्थालु तिब्बतको मान सरोवर जाने गर्छन् । पछिल्ला वर्षमा एक लाखभन्दा बढी पर्यटक यही नाका भएर तिब्बत गएको तथ्यांक छ । तातोपानी नाका खुलाउने पक्षमा रहेको चिनियाँ पक्षले तातोपानी नाका सधैँका लागि बन्द गर्ने प्रस्ताव गरेको छ । नेपाल सरकारले तातोपानी नाका खुलाउने विषयमा खासै पहल नगरेकाले चिनियाँ पक्षले तातोपानी नाकालाई सधँैका लागि बन्द गर्ने प्रस्ताव गरेको हुन सक्ने त्यस स्थानका वासिन्दाहरूको भनाइ छ । अहिले चीन भएर नेपालको एक नाकाबाट अर्को नाकामा आवतजावत पूर्णतः बन्द छ । दुई देशबीचको वार्तामा अवरुद्ध भएको खासा नाका सुचारु गराउनेबारे चिनियाँ टोलीसँग विषय उठाउने नेपाली तयारी पनि असफल भएको छ । नेपाल र चीनबीच २७ वर्षअघि (सन् १९९४ मा) सडक यातायात सम्झौता भएको थियो ।

०७१ साउन १७ गते जुरे पहिरोबाट अवरोध सुरु भएको तातोपानी नाकाको अवको भविष्यनै अन्यौलमा परेको देखिन्छ । भूकम्पले क्षति पुयाएको सडकलगायत अन्य पूर्वाधार पुनर्निर्माण भइसकेको थियो । तातोपानी नाकालाई नै एकपछि अर्को विपद्ले छोडेन । ०७३ असार १७ गते भोटेकोसी उर्लिएपछि सबै निर्माण भएका भौतिक संरचनाहरू ध्वस्त पा¥यो । लार्चामा पहिरो गएपछि तातोपानी नाकाको सम्भावना सकिने अवस्थामा पुगेको छ ।

नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो । भूकम्प र बाढी–पहिरोले बस्ती जोखिममा परेपछि तातोपानीमा बस्ने हजारौं बासिन्दा अहिले विस्थापित भएका छन् । बजार मानवरहित हुँदा त्यहाँ दैनिक हुने लाखौंको व्यवसाय पनि गुमेको छ । अघिल्लो वर्ष सम्पन्न चुनावअघि सिन्धुपाल्चोकबाट उम्मेदवार बनेका नेताहरुले चुनावपछि बन्ने सरकारले तातोपानी नाका खुलाउने दावी गरेका थिए । तातोपानी नाका सञ्चालनमा हुँदा दसैं–तिहार, जाडोजस्ता सिजन आउनुअघि चीनबाट सामान ल्याउने व्यापारीको भीडले यहाँको रौनक बेग्लै हुन्थ्यो । अहिले तातेपानी नाका मानवरहित जस्तै शून्य बनेको छ । तातोपानी नाकामा बस्नेहरू भने सधैंका लागि व्यापार–व्यवसाय र घरबार छोडेर हिँडेका छन् ।

मङ्ल, कार्तिक २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नेतृत्व

गौरादह,४ माघ । यहाँस्थित गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नगर समितिको अध्यक्षमा प्रकाश बाँस्कोटा चुनिएका छन् ।     संघको आज सम्पन्न व्यबसायीहरुको भेला बाँस्कोटाको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सन्तकुमार...

मृगौला पिडित आलमलाई स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोडको आर्थीक सहयोग

बिर्तामोड । दुवै मृगौला खराव भई बिराटनगरस्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई ४ सुरुङ्गाका २८ बर्षीय जूवेर आलमलाई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोड नगर कमिटिले उपचार खर्च बापत ३० हजार रुपौयाँ नगद सहयोग...

फाल्गुनन्द सहकारीको सातौ बार्षिकोत्सव सम्पन्न

दमक,३ माघ । दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले विहिबार आफनो सातौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । किरात भवनमा आयोजित उक्त बार्षिकोत्सवमा दुई जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गर्नुका...

चन्द्रदर्शन शाकोसको केर्खामा सेवा केन्द्र

 केर्खा ,३ माघ । कमल गाँउपालिका ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले केर्खा वजारमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।विहिबार एक कार्यक्रमका बीच सेवा केन्द्रको गाँउपालिकाका उपाध्यक्ष बेणु शिवाकोटीले उद्घाटन गरे ।...

लगनशील कृषि सहकारीको भवन शिलान्यास

पाडाजुंगी ,३० पुस । कमल गाँउपालिका ५ पाडाजुंगीस्थित लगनशील कृषि सहकारी संस्थाको आज सोमबार भवन शिलान्यास गरिएको छ ।  १४ धुर १ पावा क्षेत्रफलमा निर्माण हुने भवनको वैद्धिक विधि अनुसार शिलान्यास गरिएको संस्थाका अध्यक्ष...

झापा,मेचीनगरका मदिरा व्यवसायीहरु संगठित

बिर्तामोड,२८ पुस ।  झापा,मेचीनगरका मदिरा व्यवसायीहरु संगठित भएका छन् । मदिरा व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका मेचीनगरका व्यवसायीहरु संगठित भएका हुन् । शनिबार भेलाको आयोजना गरी समिति समेत निर्माण गरेका छन् । भेलाले बद्री...

राष्ट्र बैंकको निर्देशन शनिबार पनि बैंकका शाखा कार्यालय खुला गर

काठमाडौँ, २७ पुस | नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने...