इजरायलमा तेश्रो वलिहाङ कप-२०१८ फुटवलको अन्तिम तयारी पुरा, झन्डै दुई वर्षपछि कायापलटको इन्ट्री

हाम्रो दमक

इजरायल | “एकता र मित्रताको लागि फुटबल” भन्ने मूल नारालाई आत्मा साथ गर्दै इजरायलमा तेश्रो वलिहाङ कप-२०१८ नक आउट फुटबल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ ।

येले तङ्बे ५०७८ वलिहाङ तङ्नाम तथा शुभ-दिपावली २०७५ को पावन अवसरमा फुटवल प्रतियोगिता आयोजना हुनगई रहेको हो । प्रतियोगिता यहि ०९ नोभेम्बर २०१८ शुक्रवार इजरायल स्थित वोल्सेन फुटवल मैदानमा हुनगइरहेको छ ।

बिगत दुई बर्षबाट निरन्तर आयोजना हुदै आएको यस फुटवल प्रतियोगिताको यो तेश्रो सस्करण हो । इजरायलमा रहेका स्थापित ६ नेपालीभाषी फुटबल टिमले सहभागी जनाउने यो प्रतिगोगिताको पहिलो र दोश्रो सस्करणको उपाधी आयोजक किरात याक्थुङ चुम्लुङ इजरायलको केवाईसी एफसीले जित्न सफल भएको थियो ।

प्रतियोगिताको पहिलो सस्करण तथा अन्य सस्थाले आयोजना गर्ने बिभिन्न प्रतियोगितामा अत्यन्त दमदार खेल देखाई सकेको इजरायलमा रहेका युवा फुटवल खेलाडी रहेको कायापलट फुटवल टिमले पनि झन्डै दुई वर्षपछि यो पल्ट प्रतियोगितामा पुनरागमन गर्ने भएको छ भने कायापलटको इन्ट्री संगै टार्गेट फुटवल क्लव, इस्ट स्पोर्टस क्लव, दार्जीलिङ युनाइटेड, एनआरएनए इजरायल र आयोजक केवाईसी एफसी पनि यो पल्टको उपाधी जित्न उत्तिकै अब्बल र तयार रहेका छन् ।

आयोजक किरात याक्थुङ चुम्लुङ इजरायल तथा वलिहाङ कप-२०१८ का खेल संयोजक आइन्द्र योङ्या लिम्बुका अनुशार प्रतियोगिताको बिजेता टिमले नगद ५८००, उप बिजेताले २७०० सेकलको साथमा कप, प्रमाण पत्र, ट्रफी साथै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी, राम्रो खेलाडी, राम्रो किप्पर, राम्रो डिफेन्स र हरेक खेलको राम्रो खेलाडीलाई ट्रफी र प्रमाण पत्रको व्यवस्था गरिएको जानकारी दिएका छन् ।

लिम्बुका अनुशार हरेक बर्ष यो फुटवल आयोजना गर्नुको मूल उदेश्य प्रतियोगिता र मनोरन्जनको लागि मात्र नभएर स्वास्थ्य, एकआपसी भाईचार अनि एकता र मित्रताको लागि पनि खेलकुद हरेक मानिसलाई अनिवार्य र अपरिहार्य छ भन्ने प्रस्ट्याउन पनि फुटवल आयोजना गरिएको बताउछन ।

आयोजकले इजरायलमा रहेका सम्पूर्ण खेलप्रेमी दाजुभाई दिदिबहिनिहरुलाई प्रतियोगितामा उपस्थित भई मनोरंजनका साथै आफ्नो आफ्नो टिम र खेलाडीलाई हौसला बढाउन र प्रतियोगिता सफल सहयोग गर्नहुन पनि अनुरोध गरेको छ ।

यस्तो छ यो पल्टको तेश्रो वलिहाङ कप – २०१८ नक आउट फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका 

मङ्ल, कार्तिक २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

युएईको अलएनमा रमाईलो ल्होसार साँझ – २०७५ हुँदै

कमल न्यौपाने– नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै विभिन्न पर्वहरुको अवशरमा कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ...

तेश्रो अधिवेशन गर्दै झापाली समाज इजरायल

इजरायल | इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ । गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र बिभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५...

रमाइलो वनभोज आयोजना गर्दै झापाली समाज युएई

युएई । युएईको सक्रिय सामाजिक संस्था झापाली समाजले रमाइलो वनभोज आयोजना गरेको छ । हरेक वर्ष आयोजना गर्दै आएको वनभोजलाई निरन्तरता दिन यसपालि पनि सामाजिक हितको उदेश्य लिएर वनभोज आयोजना गरिएको झापाली समाज युएईका अध्यक्ष...

मनोजलाई इजरायलबाट सहयोग

नवलपरासी | मनोज बचाउ अभियान अन्तर्गत इजरायलमा संकलन गरिएको रकम आज पिडितलाई हस्तान्तरण गरिएको छ । इजरायलमा रहेका नयन सापकोटाको अभियानमा संचालन भएको मनोज बचाउ अभियान अन्तर्गत यहाँ रहेका ५३ जनाबाट संकलन गरिएको नेपाली १,५१,५५१ (एक...

उत्तम थापाको उत्तम निर्णय

युएई । आफ्नो जन्मदिनको उपलक्ष्यमा फजुल खर्च नगरी युएईमा कार्यरत सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका-१०, गैटारका उत्तम थापाले बुबाआमाको नाममा एक प्रोत्साहन पुरस्कर घोषणा गरेका छन् । पार्टी गरेर र केक काटेर मनाइने पश्चिमा शैलीको जन्मदिनको...

जन्मोत्सवमा बुबाको स्मृतिमा अक्षयकोष बनाउने घोषणा

फुजेरा । युएईको उत्तरी पहाडी एरिया फुजेरामा रहेका नवलपुर हुप्सेकोट-३ गिरुवारीका युवा सेर सुनारले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना दिवंगत बुबाको स्मृतिमा गरिब बालबालिकाहरुलाई सहयोग पुर्‍याउने लक्ष्य लिएर एक अक्षयकोषको घोषणा गरेका छन् । आफू...

युएईबाट अन्तर्राष्ट्रिय नेपाली समुदायको घोषणा

युएई । युएईमा रोजगारीसँगै आफ्नो सामाजिक गतिविधि अगाडि बढाइरहेको एक सामाजिक संस्थाले “अन्तर्राष्ट्रिय नेपाली समुदाय घोषणा गरेको छ । आफ्नो गतिविधिलाई विश्वका धेरै देशमा फैलाउने उदेश्यका साथमा नेपाली समुदाय युएईले अन्तर्राष्ट्रिय नेपाली समुदायको परिकल्पना...

इजरायलमा बृहत अध्यात्मिक प्रवचनको तयारी

इजरायल | इजरायलमा आगामी २२ फेब्रुअरी २०१९ शुक्रबार बृहत अध्यात्मिक प्रवचन कार्यक्रम हुने । धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ अगाडी बढेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले बालब्यास...

सिन्धुपाल्चोक सेवा समाज यूएईकाे अध्यक्षमा नेपाल

यूएई | सिन्धुपाल्चोक सेवा समाज यूएईकाे नयाँ कार्यसमिति चयन भएकाे छ । शुक्रबार यूएईकाे बरदुबई स्थित रेनट्री हाेटलमा सम्पन्न तेस्रो अधिवेशनले मनाेज नेपालकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेकाे छ । अध्यक्षमा नेपाल, उपाध्यक्षमा दिपक...

तमोर नदी गडतिर लिएर आए झापाली गायक पारस लामा

युएई । युएईको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस लामाको नयाँ गीत सार्वजनिक भएको छ । वाउ क्या राम्री सोल्टिनी मेरी बोलको सफलता पछि लामाले लोकपप शैलीको तमोर नदी गडतिर...