होन्डाको एउटै कारमा १७ लाख सम्मको छुट !

हाम्रो दमक

काठमाडौं । नेपालका लागि होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले ‘द ड्रिम डिल’ नामक नयाँ योजना सर्बंजनिक गरेको छ। कम्पनीले ग्राहक केन्द्रित गर्न यस्तो योजना ल्याएको हो। कम्पनीले होन्डाको एसयूभी सीआरभीमा १७ लाख छुटको अफर गरेको छ । यो छुट भने सन् २०१६ मोडलका गाडीहरुमा मात्र लागु हुने स्याकरले जनाएको छ ।

२.० लिटर इन्जिन रहेको २०१६ सीआरभीको मूल्य १ करोड ७ लाख ७५ हजार रहेकोमा यस योजना अन्तर्गत खरिद गर्दा १७ लाखको छुटसहित मूल्य ९० लाख ७५ हजार पर्न जानेछ । होन्डा सीआरभीको २०१८ मोडलको भने १ करोड ३३ लाख रहेको छ ।

त्यस्तै स्याकारले हालको बजार मुल्य ६७ लाख रहेको २०१५ को होन्डा सिभीकमा ४ लाख ५० हजार छुट दिएको छ । २०१८ मोडलको भने ७५ लाख रुपैयाँ पर्ने छ । होन्डाकै २०१६ मोडलको सिटीमा पनि ८ लाख २५ हजार छुट दिएकोे छ । मोविलो पनि २०१६ को मोडल हो जसको मूल्य ४७ लाख रहेकोमा अफर योजना अन्तर्गत किन्दा ३७ लाख ५० हजार रुपैयाँमा पाइनेछ ।कम्पनीले होन्डाका सबै गाडीहरुमा ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि ११.५ प्रतिशत व्याजमा फाइनान्स सुविधा समेत रहेको जनाएको छ ।

मङ्ल, कार्तिक २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

दमकमा करिव १० हजार व्यवसायी करको दायरा बाहिर

दमक,१ मंसीर । झापाको दमकमा करिव १० हजार व्यवसायीहरु करको दायरामा आएका छैनन् । आन्तरिक राजस्व कार्यालय दमकमा करिव ४ हजार व्यवसायीहरु मात्र करको दायरामा आएको तथ्यांकले देखाँउछ । कार्यालयले पर्याप्त नियगमन गर्न नस्कदा...

मंसिर १ देखि दमकमा कर सप्ताह मनाईदै

दमक,२८ कार्तिक । आगामी मंसिर १ गतेदेखि दमकमा राष्ट्रिय कर सप्ताह मनाउने तय गरिएको छ । कर सम्बन्धी सर्वसाधारणहरुमा उत्प्रेरणा दिने उद्देश्यले मंसिर १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरि कर सप्ताह मनाउन लागिएको...

खुल्यो मध्य भोटेकोशीको आइपीओ , जान्नुहोस कति भर्न पाईन्छ र कसरी

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज बुधबार (कात्तिक २८ गते) देखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी...

माघदेखि चीनका यी शहरहरुमा उडान भर्दै नेपाल वायुसेवा निगम

काठमाडौँ। नेपाल वायुसेवा निगम माघदेखि चीन उडान गर्ने भएको छ। चार दिने भ्रमणमा नेपाल आइपुगेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगङछन् तहह नेपाली समकक्षी रविन्द्र अधिकारीसँग औपचारिक भेटवार्तामा यस्तो प्रस्ताब पेश भएको हो । सिंहदरबारस्थित...

नेप्से भन्छ -‘कारोबार रकम तलमाथि परेको भन्ने हल्ला मात्रै हो’

काठमाडौं, २६ कार्तिक । नेपाल स्टक एक्सचेञ्जले कारोबार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोबार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालकोमा देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको...

पेट्रोल पम्पमा अाँखाले नदेखिने र सिस्टमले पत्तो नपाउने सफ्टवेयरबाट हुन्छन अत्याधुनिक ठगि !

काठमाडौं । पेट्रोल पम्पहरुले अत्याधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने अत्याधुनिक सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा प्रतिलिटर ३\४ प्रतिशत सम्म...

विद्युत प्राधिकरण भन्छ -‘नयाँ उद्योगलार्इ विजुली दिन सक्दैनौं’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ आउने र क्षमता विस्तार भएका उद्योगलार्इ विजुली दिन नसक्ने जानकारी दिएको छ। अव वारा-पर्सा, विराटनगर, भैरहवा लगायतका औद्योगिक करिडरमा स्थापना हुने उद्योगलार्इ तत्कालै विजुली पाउने छैनन्। प्राधिकरणले विद्युत नदिएका...

गौरीगञ्जमा भन्सार कार्यालय स्थापना हुने

गौरीगञ्ज ,२६ कार्तिक । झापाको गौरीगञ्जस्थित आठ्मौजा छोटी भन्सार कार्यालय स्तरन्नति हुने भएको छ ।  गौरीगञ्ज गाँउपालिका वडा नँ ५ स्थित फत्तेपुर नाकामा भन्सार कार्यालय स्थापना हुने भएको हो । सो कार्यालय स्थापनाका लागि...

काराेबार खुलेको पहिलो दिन नै नेप्सेमा उच्च गिरावट !

काठमाडौं। तिहारपछिकाे काराेबार खुलेको पहिलो दिन नै नेप्से परिसूचक र कुल कारोबारमा उच्च गिरावट आएको छ।आईतबार नेप्से परिसूचक आज १७.३१ अंकले घटेर १२ सय ५.२२ कायम भएको छ। कूल कारोबार तर्फ भने ९ करोड ९४...

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ ।  व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको...