शुभकामना शाकोसद्धारा आकासे पुलमा सूचना बोर्ड

हाम्रो दमक

दमक,२० कार्तिक/  दमक–६ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाले दमकको आकासे पुलमा टा«फिक नियम सम्बन्धी सूचनमूलक बोर्ड राखेको छ । सर्वसाधारणहरुलाई लक्षित गरेर संस्थाले ट्राफिक नियमसहित आकासे पुलको महत्वमाथि सूचनामूलक बोर्ड राखेको संस्थाले जनाएको छ।


संस्थाका अध्यक्ष चन्द्र गजमेरका अनुसार आकासे पुलको मध्य भागमा ट्राफिक नियम सम्बन्धी एक सूचनामूलक बोर्ड र अन्य ४ वटा आकासे पुलबाट सडक पार गरौं भन्ने सन्देसमूलक सूचनाबोर्ड राखिएका छन् । यसले सर्वसाधारणहरुलाई ट्राफिक नियमको महत्वका बारे जानकारी पाउने अध्यक्ष गजमेरले बताएका छन् । ट्राफिक नियम सम्बन्धी सूचना बोर्ड लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट, लायन्स क्लव यूनाईटेडसहित सहकारी संस्थाले संयुक्त रुपमा राखिएका हुन् ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाले ती सार्वजनिक सूचनाबोर्डहरु राखिएको उनले जनाएका छन् ।

मङ्ल, कार्तिक २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

मंसिरमा विवाह गर्ने सोचमा हुनुहुन्छ? यसरी छान्नुहोस् जिवनसाथी

 मंसिर महिना लाग्यो अर्थात विवाहको महिना शुरु भयो । लगनको महिना, नयाँ नाता स्थापित हुने त कती दिलहरु तोडिने समय, कतै हजार खुशी बोकेर आउने त कतै खुशी सारा खुषी खोसेर लिने जे होस्...

शरणार्थीलाई व्लिसनको सहयोग

दमक,१ मंसीर । कलाकार विह्लन विक्रम राईले दमकको भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । शनिवार शिविरमै पुगेर कलाकार राईले ती नगद सहयोग हस्तान्तरण गरेका छन् । उनले शरणार्थी...

दमकमा करिव १० हजार व्यवसायी करको दायरा बाहिर

दमक,१ मंसीर । झापाको दमकमा करिव १० हजार व्यवसायीहरु करको दायरामा आएका छैनन् । आन्तरिक राजस्व कार्यालय दमकमा करिव ४ हजार व्यवसायीहरु मात्र करको दायरामा आएको तथ्यांकले देखाँउछ । कार्यालयले पर्याप्त नियगमन गर्न नस्कदा...

बुद्धशान्तिमा आगामी सोमबारदेखि प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुँदै

बुद्धशान्ति । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । शनिबार रेडक्रस भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताइएको हो । राष्ट्रिय युवा समाज बुद्धशान्तिको...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

सगुन सांगीतिक साँझ सम्पन्न

लखनपुर,२९ कार्तिक । झापाको कमल गाँउपालिका ५ मंगलवारेमा बुधबार सगुन सांगीतिक साँझको आयोजना गरिएको छ ।सगुन युवा क्लवले बर्सेनी दीपावलीका अवसरमा आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि भव्य रुपले सम्पन्न भएको क्लवका अध्यक्ष देवेन्द्र...

छिन्ताङ्ग हत्या काण्डको सम्झनामा सहिद स्मृती सभा सम्पन्न

धनकुटा । स्मृती सभा छिन्ताङ्ग हत्या काण्डमा मारीएका ब्याक्तिहरुको सम्झनामा धनकुटाको छिन्ताङ्ग आज सहिद स्मृती सभा गरीएको छ । २०३६ सालमा घटेको छिन्ताङ्ग हत्याकाण्डका सहिदहरुको सम्झनामा ४० औ स्मृती सभा गरिएको हो । कार्यक्रममा सहिदको सालिकमा...

मंसिर १ देखि दमकमा कर सप्ताह मनाईदै

दमक,२८ कार्तिक । आगामी मंसिर १ गतेदेखि दमकमा राष्ट्रिय कर सप्ताह मनाउने तय गरिएको छ । कर सम्बन्धी सर्वसाधारणहरुमा उत्प्रेरणा दिने उद्देश्यले मंसिर १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरि कर सप्ताह मनाउन लागिएको...