देशभरका स्थानीय निकायमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम

अनिल वाग्ले

बुद्धशान्ति । अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तहको बिचमासम्बद्ध सरोकारवालाई समेटी संस्थागत साझेदारी निर्माण गर्ने उद्धेश्यले देशभरका स्थानीय निकायमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु हुन थालेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम देशभर यही कार्तिक २९ गते सम्म भईसक्ने झापाका प्रहरी प्रवक्ता प्रहरी नायव निरिक्षक महेन्द्रकुमार श्रेष्ठले बताएका छन् । प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार झापाका १५ वटै स्थानिय तहमा पनि कार्यक्रम लागू हुनेछ । ‘धेरै स्थानीय तहमा समिति गठन भईसकेको छ ।’ प्रवक्ता श्रेष्ठले भने ‘ बाँकी स्थानीय तहमा पनि २९ गते अगाडी समिति निर्माण हुनेछ । स्थानीय निकायको प्रमुख संयोजक तथा उपप्रमुख सहसंयोजक रहने व्यवस्थाका साथ देशभर प्रहरी प्रधान कार्यालयले एकरुपता रहने गरी कार्यक्रम ल्याएको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

सामुदायिक सुरक्षालाई संस्थागत गर्न, समुदाय स्तरमा अपराधरोकथामलाई प्राथमिकतामा राखी सामूहिक प्रयास गर्न, दीगो र दीर्घकालिन साझेदारीको संयन्त्र निर्माण गर्न, विद्यमान परिस्थिति र भावी कार्यदिशाको सम्बोधन गर्न, स्थानीय तहका सेवा प्रवाहमा सुरक्षाको प्रभावकारी समन्वय गर्न समुदाय–प्रहरी साझेदारी सुरु गरिएको हो ।

यसैविच झापाको बुद्धशान्तिमा यो कार्यक्रमका लागि समिति गठन भईसकेको छ । गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको संयोजकत्वमा समिति गठन भएको हो । सहसंयोजकमा उपाध्यक्ष मिरा भुर्तेल तथा इप्रका धुलावारीका प्रमुख खगेन्द्र रिजाल रहेका छन् भने सदस्य सचिवमा इप्रका बुधबारेका प्रमुख पदम सुन्दर लिम्बु रहेका छन् ।

त्यस्तै सदस्यहरुमा वडाध्यक्षको तर्फबाट भिमकुमार नेवार, कर्मचारीको तर्फबाट छविलाल खतिवडा सदस्य रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा मनोरथ तिवारी, केदार कोइराला, चन्द्र कोइराला, विष्णु सापकोटा, टिका पोखरेल, भवानी नेपाली, रुद्र चापागाई, मधुमाया पाठक, अनिल वाग्ले, डिल्लीप्रसाद नेपाल, तुलसीराम विमली, करण शेर्पा, वसन्त नेपाल, कृष्णराज भण्डारी, पूर्ण सञ्जेल, दीपक गौतम, ज्ञानु थापा, लक्ष्मी राई, रमेश अधिकारी र नीरकुमार सुवेदी रहेका छन् ।

मङ्ल, कार्तिक २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिको होक्सेमा १७ औं चरणमा स्कन्द पुराण लाग्दै

बुधबारे । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...