अवदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने

हाम्रो दमक

काठमाडौँ, १९ कात्तिक । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ ।धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी गराए। शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेछन् ।

स्टकले गत साउन १ गतेदेखि परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । स्टकका प्रवक्ता पराजुलीका अनुसार शेयर कारोवारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो ।

यसअघि शेयर कारोवार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने वाध्यता रहेको थियो । नयाँ प्रणालीको जडानसँगै कारोवार गर्दै आएकाले दलाल मार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्ने छन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ ।

व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुंगा सावित हुने विश्वास स्टकले लिएको छ ।

सोम, कार्तिक १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

बिज्ञान/प्रविधि बाट अन्य

फेसबुकले ल्यायो टिकटकलाई चुनौति दिने यस्तो एप

काठमाडौँ । सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । प्रयोगकर्ताले फिल्टर्स तथा विशेष इफेक्ट सहितका छोटो फम्र्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने उक्त भिडियो एपको नाम बिककय रहेको छ...

सामसुङको बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक

एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले पाँचौ डेभलपर सम्मेलन गर्दै सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा ट्याबलेटको स्वरुपमा...

यस्तो बिशेषता सहित डबल डिस्प्ले स्मार्टफोन लञ्च गर्ने तयारीमा सामसुङ

एजेन्सी । कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु...

नेपाली शेयर बजारमा नयाँ युग :अब शेयर किनबेचमा पूर्ण स्व:चालित अनलाइन प्रणाली लागु

काठमाडौँ। मङ्गलबारदेखि शेयर बजारमा नयाँ युगको सुरुवात हुँदैछ। शेयर बजारका लगानीकर्ताले पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत कारोबार गर्न पाउनेछन्। नेपाल स्टक एक्सचेञ्ज नेप्सले एक औपचारिक कार्यक्रम मार्फत पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको ...

एप्पलले ल्यायो यस्तो विशेषता सहित हालसम्मकै पातलो आइप्याड

एजेन्सी । अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड बजारमा ल्याएको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो । आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९...

बिपी हाइवेबारे सबै जानकारी लिन मिल्ने नेपालमै पहिलोपटक यस्तो प्रविधि प्रयोग ,यसरी लिनुस जानकारी

काठमाडौं । बिपी हाइवेको सडकमा इमर्जेन्सी इन्फर्मेसन सिस्टम (इआईएस) जडान गरिएको छ । जसको सहयोगले बनेपादेखि बर्दिबाससम्मको १६० किलोमिटर सडकमा बर्षा, पहिरो, दुर्घटना वा अन्य अवरोधका वारेमा आवश्यक जानकारी घरैमा बसेर अनलाइन रुपमा हेर्न...

अचानक युट्युब किन बन्द भयो ?

काठमाडौं | भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो । बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस...

नेपालले अन्तरिक्षमा भूउपग्रह पठाउने

काठमाडौँ | नेपालले अन्तरिक्षमा भूउपग्रह पठाउने भएको छ । रुसले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने तयारी गरेको हो । नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’ को मोडल तयार भइसकेको...

दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्याक्रिङ् सिस्टम अब झापामा ।

बिर्तामोड । सवारी साधन कहाँ र कस्तो अवस्थामा डुडिरहेका छन् त्यो घरमै बसी– वसी निगरानी गर्न सकिने भएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै सेटेलाइट प्रविधिद्वारा आफ्ना सवारी, सहित उद्योग, व्यवसाय, शिक्षा...

छात्र बृत्ति सहितको प्राविधिक शिक्षा झापाको हल्दिवारीमा

झापा | प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने तथ्य लाइ मध्यनजर गर्दै झापा हल्दिवारी गाउँपालीकाले गाउँपालिका क्षेत्र भित्रका प्रत्येक वडा वाट २–२ जनाका दरले १० जना विपन्न तथा अति विपन्न साथै लक्षित समुदायका एस इ...