५ दिनमा ३ झन्डै लाख मुल्यको पटका बरामद !अबान्छित गतिबिधि गर्ने छुट नभएको प्रहरीको चेतावनी

हाम्रो दमक

बुटवल । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पिताम्बर अधिकारीले चाडपर्वमा अबान्छित गतिबिधि गर्ने छुट कसैलाइ नहुने बताएका छन् ।

उनले तिहार छठ नेपालसम्बत जस्ता चार्डपर्वको मौकामा संगठित अपराध गर्नेहरु कानुनी कठघरमा ल्याएरै छाड्ने ठोकुवा गरे ।रिपोर्टर्स क्लव प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । उनले सुरक्षा बिना बिकास सम्भब नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिकको सहकार्य चाहेको बताए ।

‘पटका ल्याउन,बेच्न,पट्काउन केहि गर्न पनि पाइदैन,यो ५ दिनको अबधिमा २ लाख २७ हजार ५ सय १७ मुल्यको बराबरको पटका बरामद गरेका छौं ।’

पक्राउ परेकाहरुलाइ बिस्पोटक पदार्थ सम्बन्धि मुद्धा दर्ता भैसकेको उनले बताए । प्रदेश ५ मा ५० लाख जनसंख्याको लािग १० हजार प्रहरी मात्रै रहेको भन्दै यो संख्या थोरै भएकाले समयसापेक्ष बनाउनुपर्ने बताए ।

‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको काम र कर्तब्यमा कोहिपनि बिचलित हुनुहुन्न,कहिकतै अबान्छित घटना हुन दिन्नौं ।’उनले भने ।
प्रदेश न ५ मा ठूला ब्यापारिक नाका रहेको भन्दै उनले सडकमा हुने अराजकता पनि रोक्ने प्रतिबद्धता जनाए ।

‘सीमा क्षेत्रबाट ठूला ठूला ट्रक पनि छोप्यौं ओभरलोड बोक्ने नियन्त्रणमा राखेका छौं ,सडकमा कानुनको खिल्ली उठाउने कसैलाइ अधिकार छैन ।’ उनले प्रदेश ५ मा ट्राफिक ब्यबस्थापनमा नया ठोस योजनामा नया नियम ल्याउदै गरेको समेत जानकारी दिए ।

उपमहानगरहरुमा नो हर्न एरिया तोक्ने र स्पीड नियन्त्रण गर्ने अभियान केहि दिनमा शुरु हुने उनको भनाइ छ । ‘यो प्रदेशमा मुख्य गरि लागु औषध ,सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा छन् ,हामीले यस्लाइ न्युनिकरणतर्फ रणनीति नै बनाएर लागेका छौं ।’
साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षतामा र कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको हो ।

सोम, कार्तिक १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अपराध बाट अन्य

महिला नग्न अवस्थामा मृत भेटिइन्

पथरी, ७ बैशाख । मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेत नग्न अवस्थामा शनिबार बिहान मृत फेला परेकी छिन ।शुक्रबार  राति  पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान नग्न अबस्थामा घोप्टो...

सुनसरीमा प्रहरीको गोली, स्थानीय एक घाइते, प्रशासन विरुद्ध नाराबाजी- भिडियो सहित

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रहरीको गोली लागि स्थानीय जियाउल मिया घाइते भएका छन् । शुक्रबार ४ बजेको समयमा स्थानीय र प्रहरीबिच विवाद उत्पदन भएपछि गोली चलेको स्थानीयहरुले बताएका छन् । भोक्राहा नरसिंह...

बलात्कारको आरोपमा एकजना पक्राउ

कमल,१३ चैत । झापाको कमल गाउँपालिका २ स्थित समयगढबाट प्रहरीले बलात्कारको आरोपमा एकजनालाई पक्राउ गरेको छ । कमल गाउँपालिकाकी २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा सोही स्थानका ४२ वर्षीय शम्शेर तामाङलाई इलाका प्रहरी कार्यालय दमकले...

दोष दिने, होच्याउने, हकार्ने, अरुसँग तुलना गर्दा वालवालिकामा नकारात्मक असर पर्छ

बुद्धशान्ति । ज्योति अंग्रेजी मावि बुद्धशान्ति ३ ले परिवर्तित सामाजिक परिवेश, प्राविधिक गतिविधि, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको बढ्दो प्रयोगले वालवालिका, अभिभावक र विद्यालय बीचमा सन्तुलन ल्याएर समय अनुकुल गुणस्तरीय शिक्षालाई कसरी निरन्तरण दिन...

बालिकामाथि यौन दुव्र्यवहार

इलाम ,२ चैत । सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका...

निर्मला हत्या प्रकरण : ६ प्रहरीलाई धरौटीमा छोड्न आदेश

कञ्चनपुर, ३० फागुन । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार...

हत्या गरेको आरोपमा पक्राउ

झापा,२९ फागुन । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले श्रीमती हत्या गरेको आरोपमा आज एकलाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा कोदालोको पासो र बाँसले हानेर श्रीमतीको हत्या गरेको आरोपमा मेची नगर–१५ का ३५ वर्षीय लखिन्द्र...

वन्दुक पड्किएर सेनाको मृत्यु

धनकुटा, १९ फागुन । आफैले बोकेको हतियार पड्कदा धनुकटामा एक सेनाका जवानको मृत्यु भएको छ । धनकुटाको सल्लेरीस्थित सेनाको बरख गणमा कार्यरत डोटी जिल्ला घर भएका चेतराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार...

ट्याक्टरमा बालकको शव भेटियो

दमक ,१६ फागुन । झापाको दमकमा आज विहान एक जना बालकको शव ट्याक्टरमा भेटिएको छ ।  दमक ५ स्थित गोरखा डिपार्टमेन्ट स्टोर नजिकैको वर्कसपमा दमककै ११ वर्षिय बालक अनिल दर्नाल झुण्डिएर अवस्थामा शव भेटिएको...

कोदालोले हानेर श्रीमानद्वारा श्रीमतीको हत्या

झापा | झापाको मेचीनगर–१५, ज्यामिरगढीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय लखिन्द्र राजबंशीले आफ्नै श्रीमती ३४ बर्षिया चम्पा राजबंशीको कोदालो र बाँसले टाउँकोमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक...