कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको भन्दै खारेजीको माग

हाम्रो दमक

काठमाडौं। कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिन अघि परिक्षण गरिएको कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएको छ ।

सोमबार  समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रुपमा जंगल तथा चरण क्षेत्र कब्जा गरेर दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका १ स्थित ऐतिहासिक कालिञ्चोकमाई भगवतीलाई माध्यम बनाई कालिञ्चोक दर्शन लिमिटेड (केवुलकार) खोलिएकोमा बिरोध जनाएको हो ।

संघर्ष समितिका अध्यक्ष पासाङ तामाङको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै समितिका सल्लाहकार नरबहादुर पाख्रिनले कालिञ्चोक केवुलकार कानूनसम्वत निर्माण नगरिएको दाबी गरे ।

उनले भने,‘कालिञ्चोक केबुलकारको निर्माण नै अनधिकृत रुपमा भएको छ, राष्ट्रिय जंगल तथा चरन क्षेत्रलाई कब्जा गरेर बनाईएको छ, हामी त्यस क्षेत्रका मानिसहरुले कालिञ्चोक भगवतीमाईको सभ्यता, ईतिहासलाई जोगाएर राखेका थियौं, सत्ता र शक्तिको आडमा राष्ट्रिय जंगल, सम्पदा र चरन क्षेत्रहरु मासिने काम भैरहेकाछन्, हाम्रो संघर्ष कुनै व्यक्तिका बिरोधमा होईन।’

कुनै परिवारको बिरोधमा नभएर आफूहरुको समर्थन ईतिहासलाई जोगाउन भएको उनको भनाई छ । उनले भने,‘हाम्रो समर्थन कालिञ्चोकमाईको गरिमालाई जीवन्त बनाईराख्न हो, मन्दिरको प्राकृतिक रुप र आकारलाई बचाईराख्न हो, मन्दिरमा लाग्ने मेलाहरुमा आन्तरिक तथा बाह्य भक्तजनहरुले परम्परागत रुपमा धर्मकर्म र आवतजावत गर्न पाउनुपर्छ, प्राकृति रुपमा बनेका बाटोहरु यथावत रहनुपर्छ, व्यक्तिगत लाभ र सम्पति कमाउनको लागि कसैलेपनि राष्ट्रिय सम्पति कब्जा गर्नुहुँदैन ।’

केवुलकार निर्माण पक्षले इआए गर्दा सो क्षेत्र राष्ट्रिय जंगल तथा चरन क्षेत्र र नेपाल सरकारले २० वर्षको लागि गौरीशंकर संरक्षण क्षेत्रलाई लिजमा दिएको क्षेत्र रहेको उनको भनाई छ ।

‘गौरीशंकर संरक्षण क्षेत्रले केवुलकार निर्माण पक्षलाई ५० वर्षको लागि लिजमा दिन कानूनले मिल्दैन’–उनले भने,‘दोस्रो पटक कपोकल्पित रुपमा नक्कली गुठी निर्माण गरि भूमि सुधार मन्त्रालयस्तरीय निर्णयबाट उक्त क्षेत्र कालिञ्चोक, त्रिपूरा सुन्दरी र भीमेश्वर गुठीको नामाकरण गरेको पाईन्छ, त्यो सरासर कानूनविपरित, बिना अध्ययन, बिना आधार कुनै व्यक्तिको प्रलोभनमा परेर सत्ता र शक्तिको दुरुपयोग भएको छ ।’

सत्ता र शक्तिको आडमा यस्तो गलत काम भैरहेको आरोप लगाउँदे आफूहरुले यसको खरो बिरोध गर्ने उनले चेतावनी दिए । उनले भने,‘हामीले कानूनी आधारमा यसको समाधान खोजेका छौं, यदि हाम्रो आवाज सुुनुवाई भएन भने हाम्रो आन्दोलनले बिकराल रुप लिनेछ, त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्नेछ ।’

कार्यक्रममा समितिका सदस्यहरु रुवेन पाख्रिन, महेश भुजेल, सविन खड्गी, सचिन खड्गी, मंगल तामाङ, प्रकाश तामाङ, मनोज लामालगायतले कालिञ्चोक केबुलकारको निर्माण अवैधानिक रहेकोले कुनैपनि हालतमा खारेजी हुनुपर्ने माग गरेका छन् ।

सोम, कार्तिक १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

४० प्रतिशतले घट्यो नेपाल वायुसेवाको अन्तर्राष्ट्रिय उडान ! सिट खालीनै उड्छ वाइडबडी

काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमको अकुपेन्सी दर ४० प्रतिशतसम्मले घटेको छ। चालू वर्षको साउनको तुलनामा भदौमा निगमको अन्तर्राष्ट्रिय उडानतर्फको अकुपेन्सी दरमा उल्लेख्य गिरावट आएको हो।साउनको तुलनामा भदौमा काठमाडौं-दोहा उडानमा एयरबस ३३० को...

एयर बसको नयाँ मोडल ए२२० पहिलो पटक नेपालको बिमानस्थलमा अवतरण !

काठमाडौं २८ कार्तिक। एयर बसको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट, द ए२२० ले बिश्व भ्रमणको क्रममा नेपालमा पहिलो पटक ल्याण्डिङ्ग गरेको छ । सानो एकल–आएल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०–३०० एयरबाल्टिकलाई त्रिभुवन...

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर ४गते मङ्गलबारदेखि ८ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र...

मन्त्रीस्तरीय वार्तामा पर्यटन प्रवद्र्धनबारे नेपाल -चीनबिच यस्तो छलफल

काठमाडौँ। मंगलबार भएको नेपाल र चीन मन्त्रीस्तरीय वार्तामा नेपालको पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको छ। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएका दुई देशबीच भएका पर्यटन प्रवद्र्धनसम्बन्धी सम्झौता कार्यान्वयनको सन्दर्भमा छलफल भएको थियो। प्रधानमन्त्रीको...

अटिजम र रक्तदानबारे सचेतना फैलाउँदै साइकल यात्रा

तेह्रथुम, १९ कात्तिक । प्रदेश १ र २ का पर्यटकीय गन्तव्य र सम्भावनाहरुको अध्ययन गरी प्रचार प्रसार गर्ने मुख्य उद्देश्य सहित पोखराका एक युवा साइकल यात्राका क्रममा तेह्रथुम पुग्नुभएको छ । उदयपुरबाट यात्रा सुरु...

सुरज वैद्यलार्इ भ्रमण बर्षको संयोजक बनाईएकोमा पर्यटन व्यवसायी असन्तुष्ट

काठमाडौँ । सरकारले ‘नेपाल भ्रमण बर्ष २०२०’ को राष्ट्रिय संयोजकमा व्यवसायी सुरज वैद्यलार्इ नियुक्ती गरेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट वैद्यलार्इ राष्ट्रिय संयोजकमा नियुक्त गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका...

थाइल्यान्डमा हप्ताको २८ उडान भर्दै नेपाल एयरलाइन्स

काठमाडौँ । नेपाल र थाइल्यान्डबीचको दुईपक्षीय हवाई सम्झौता पुनरावलोकन भएको छ । सन् १९७१ मा पहिलोपटक भएको हवाई सम्झौतामा बिहीबार पुनरावलोकन भएको हो । थाइ नागरिक उड्डयनका महानिर्देशक चुला सुकमानेप र नेपालको तर्फबाट संस्कृति पर्यटन...

सरकारले २० लाख पर्यटक भित्र्याउन छनोट गर्यो एक सय नयाँ गन्तव्य

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ। सरकारले यसबर्षको बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। मन्त्रालयले...

अब जापान जान चाहानेलाई खुशीको खबर, अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौं । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन्। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था...

मंसिरपछि खुल्दै लोकसेवा आयोगको विज्ञापन

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारलाई सहज होस् भनेर लोकसेवा आयोगले विज्ञापन खुलाउन दुई महिना ढिला गरेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षातकारमा उनले इतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयका...