अटिजम र रक्तदानबारे सचेतना फैलाउँदै साइकल यात्रा

हाम्रो दमक

तेह्रथुम, १९ कात्तिक । प्रदेश १ र २ का पर्यटकीय गन्तव्य र सम्भावनाहरुको अध्ययन गरी प्रचार प्रसार गर्ने मुख्य उद्देश्य सहित पोखराका एक युवा साइकल यात्राका क्रममा तेह्रथुम पुग्नुभएको छ । उदयपुरबाट यात्रा सुरु गरेको २० औँ दिनमा साइकल यात्री दिवस गुरूङ तेह्रथुमको म्याङलुङ आइपुग्नुभएको हो ।

ताप्लेजुङमा रहेको तिर्थस्थल पाथीभरा पुगेर, पाँचथर हुदै तेह्रथुमको आठराई भएर म्याङलुङ आइपुगेको गुरुङले बताउनुभयो । दिगो विकासका लागि साइकल अभियान, “देश घुमौं, देश बुझौं” भन्ने मुल नाराका साथ असोज २८ गते देखि ‘नेपाल साइकल यात्रा’ नामाकरण गरेर हिडेको साइकल यात्री गुरुङले बताउनुभयो । आफुले यात्राका क्रममा अटिजम र रक्तदानका बारेमा प्रचार गर्ने कार्य समेत गरिरहेको उहाँको भनाई छ ।

४० दिने साइकल यात्रामा प्रदेश–१ का १४ जिल्लाका साथै २ नम्बर प्रदेश सहितका तराईका सबै जिल्ला पुग्ने उहाँको लक्ष्य रहेको छ । गुरुङ वि.स. २०७२ को भुकम्पपछि भारतले गरेको अघोषित नाकाबन्दीले निम्त्याएको इन्धन संकट पछि साइकल चलाउन प्ररित हुनुभएको थियो ।

पर्यटन वर्ष २०२० को प्रर्बद्धन, स्वास्थ्य तथा वातावरण र पर्यटनका लागि साइकलको महत्व दर्शाउने, अटिजम सम्बन्धी जनचेता, रक्तदानको महत्व दर्शाउनका साथै जैविक विविधतालाई सरक्षणमा जोड दिने उद्देश्य रहेको गुरूङले बताउनुभयो । यात्रामा १ लाख रुपैँया खर्च लाग्ने र खर्चको व्यवस्थापन आफै गरेको गुरुङले बताउनुभयो ।

सोम, कार्तिक १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

आदर्श नमूना सामुदायिक वनको २३ औं साधारण सभा सम्पन्न

बुद्धशान्ति । आदर्श नमूना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति २ र ३ को २३ औं बार्षिक साधारण सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाको सभापति समितिका अध्यक्ष तिलनारायण रिजाल थिए भने प्रमुख अतिथि...

अग्रज पत्रकार भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत

अग्रज पत्रकार तथा बरिष्ठ संञ्चारकर्मी चन्द्र भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत भएका छन् । भारतको सिलगढीमा “सिलगढी नन्दी तिवारी स्मृति प्रतिष्ठान” द्धारा आयोजित “नन्दी तिवारी स्मृति पुरस्काकार अलङकरण समारोहमा भण्डारी आइतबार सम्मानित हुनु...

युवाहरुको सामुहिक लगानीमा बर्गर हाउस खोल्ने तयारीमा कुसुम

पुर्वी पहाडी जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिकाका कुसुम तुम्बा यतिबेला युवाहरुको सामुहिक लगानीमा पुर्वको प्रमुख शहर इटहरीमा बरगर हाउस संचालनको तयारीमा संघर्षरत छन । युवाहरूलाई रोजगारी दिलाउने उदेश्यका निम्ति युवाहरूको निजि लगानीमा सो बर्गर हाउस संचालनको...

पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने धारागोला महोत्सवको तयारी तीव्र

शान्तिनगर। बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा सात दिवसीय धारागोला भ्यूटावर जरेवर तथा बुद्धशान्ति महोत्सवको तयारी तीव्र पारिएको छ । यही पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक समितिका अध्यक्ष चक्र सेर्माले...

थोप्लेविरानको अध्यक्षमा कृष्ण कोइराला निर्वाचित

धुलावारी । थोप्लेविरान सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनका कृष्ण कोइराला निर्वाचित भएका छन् । वनको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धनका प्रत्यासी श्याम पाठकलाई १ सय ३८ को फराकिलो मतान्तरले पछि पार्दै आगामी ३ वर्षका...

प्रदेश एककै नमुना बौद्ध गुम्बाको निर्माण कार्य धमाधम

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एककै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा)...

पर्यटनको विकास गर्न सके बुद्धशान्ति संवृद्ध बन्छ

बुद्धशान्ति । तीन तहको राज्य संरचना तय भएपछि कुन स्थानीय निकायमा कस्तो संम्भावना छ ? भनेर त्यसको खोजी गरी संम्भावनालाई यथार्थमा बदलेर संवृद्धशाली स्थानीय निकायमा परिणत गर्न विभिन्न स्थानीय तहका जनप्रतिनिधि कम्मर कसेर लागेका...

पिननिक जानेका लागि उत्कृष्ट गन्तव्य-गोकुलम रिसोर्ट

बिर्तामोड । यो समय पिकनिकको समय हो । पिकनिक जानका लागि तपाई कुनै उपयुक्त ठाउँको खोजीमा हुनुहुन्छ ? यदि त्यसो हो भने एउटा उत्कृष्ट गन्तव्य इटहरी नजिकको गोकुलम रिसोर्ट पनि बन्न सक्छ । जाडो मौसम सुरु...

मजदुर संगठनहरुको तालाबन्दी सम्बन्धमा वार्ता गर्न टानले बनायो वार्ता समिति

काठमाडौँ । ट्रेकिंङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले सचिवालयमामा पर्यटन मजदुर संगठनहरुले गरेको तालाबन्दी सम्बन्धमा आफ्नो धारणा सार्बजनिक गरेको छ। सचिवालयमामा नेकपाको जिफन्ट सम्बद्द युनिकार्भ तथा अखिल नेपाल पर्यटन श्रमिक संघ र कांग्रेस निकट नेपाल...

नेपाली सेनाले खुलायो यत्रो संख्यामा भर्ना

काठमाडौँ। नेपाली सेनाले बिभिन्न पदमा भर्ना खुलाएको छ। कल्याणकारी योजना निर्देशनालय , जंगी अड्डाले बिशेषगरी स्वास्थ्य क्षेत्रमा आवश्यक बिभिन्न पदमा जनशक्ति भर्नाका लागि आबेदन खुला गरेको हो हेर्नुहोस बिज्ञापन : ...