मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट 

हाम्रो दमक

बिर्तामोड । झापा मिडिया हाउस प्रा.लि. को आयोजनामा हुन गईरहेको मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट भएका छन् । झापाको बिर्तामोड स्थित होटल फ्लोरिडामा शनिबार भएको अडिसनमा साबित्रा ताजपुरीया, सेल्भीया धिमाल, रोहिनि माझी, बन्दना राजवंशी, किरन राजवंशी, सविता राजवंशी, सिर्जना राजवंशी, गोमा राजवंशी र आशा राजवंशी छनौट भएको आयोजकका म्यानेजिङ डाईरेक्टर अभय राजवंशीले जानकारी दिनुभयो ।

अडिसनमा डाक्टर ममता घिरैया राजवंशी, बिर्तामोडका व्यबसायी तथा फिटनेस ट्रेनर हरी धिमाल, राजवंशी समाज विकास समिति झापाका पुर्व अध्यक्ष टोम राजवंशी, अरुणोदय ईङ्ग्लीस बोर्डिङ स्कुलका प्रिन्सिपल अरुन राजवंशी, कलाकार बिष्णु कार्की, कोचिला शिक्षक फ्रन्टका अध्यक्ष कुबेर राजवंशीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको सिईओ योगेस राजवंशीले बताउनुभयो ।

कोच समुदायका युवतीहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको र विभिन्न अडिसनबाट छनौट भएका प्रतियोगीहरुलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने र उनीहरुबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गराइने झापा मिडिया हाउसका ईभेन्ट म्यानेजर दिपेस राजवंशीले बताउनुभयो ।

कार्यक्रममा कार्यक्रममा झापा मिडिया हाउसकी मिडिया कोअर्डिनेर शुष्मा राजवंशी, कोचिला महिला फ्रन्टकी अध्यक्ष सनम राजवंशी, कोचिला महिला फ्रन्ट बिर्तामोड नगर समिती अध्यक्ष सर्मिला राजगवंशी, मेकअप कोअर्डीनेटर नविना राजवंशी, सुकमती राजवंशी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थितलाई झापा मिडिया हाउसका म्यानेजिङ डाईरेक्टर अभय राजवंशीले स्वागत गर्नुभएको थियो ।

यस अघि भारत मेघालयको पहिलो अडिसनबाट १० जना छनौट भएका छन् । शानिबार सम्पन्न झापा अडिसन पछि अब भारतको बंगाल, आसाम र बिहार संगै बंग्लादेश अनि नेपालको बिराटनगर, काठमाण्डौ लगायतका स्थानमा अडिसन हुनेछ ।

सोम, कार्तिक १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

धरानका राहुल अग्रवाल भए फेस अफ मारवाडी

धरान ,५ साउन । मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा धरानका राहुल अग्रवाल विजेता भएका छन् भने मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल भएकी छिन् । शनिबार राधानीमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा...

मितिनीलाई तीजमा नचाउँदैछिन् गायिका इन्दिराले

काठमाडौं ,४ साउन । नेपाली सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईले ‘नाचौँ मितिनी’ गीत सार्वजनिक गरेकी छिन्। तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो। वरिष्ठ...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...

युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा...

आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाण्डौ, १८ असार । अन्ततस् भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज...

भारतको चर्चित फिल्म आइफा अवार्ड २०१९ काठमाडौंमा हुने

काठमाडौं । नेपाल सरकारले भारतको चर्चित इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ काठमाडौंमा गर्न अनुमति दिएको छ । काठमाडौं महानगरपालिका सह–आयोजक हुनेगरी नेपाल पर्यटन बोर्डको संयोजनमा उक्त अवार्ड काठमाडौंमा गरिन लागिएको हो । उक्त अवार्डमा...

झापाली चेली टिकाको म्युजिक भिडियो सार्वजनिक

दमक,१३ असार ।   झापाली चेली साहित्यकार टिका भट्टराई नेपालको रचना तथा निर्माणमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ सार्वजनिक भएको छ ।झापा ,सुरुङ्गा निवासी भट्टराई साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी छन् ।उनले...

गायक राजको ‘बुझिदेउ ’सार्वजनिक

झिलझिले,११ असार । झापा शिबसताक्षी ७ स्थित फाक्तेपका गायक राज लिम्बुले आफ्नो डेब्यु गीत ‘बुझिदेउ ’ म्यूजिक भिडीयो वजारमा ल्याएका छन् ।यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति समर्पित रहदै गायक लिम्बुले तेस्रो लिङ्गीको भावनालाई...

देशले हारेको युद्ध

लेख्न त मलाई पनि मन थियो देशको बारेमा कविता कि इतिहासमा कहिल्यै पराजित नभएको देश सगरमाथाको देश , बुद्धको देश अहिंसाको देश , मन्दिरै मन्दिरको देश जब म कविता लेख्न बस्छु, आँखै अगाडि निर्मला पन्त उभिन्छिन् च्याप्प मेरो नाडी समाएर भन्छिन्...