सिनेमा कहिल्यै नहेरेकी कमलाको संयोगले जुरेको सिने यात्रा

पश्चिमी समाजको ग्रामीण परिवेश, जहाँ छोरी मान्छेले फिल्म खेल्नु मर्यादा नाघ्नु हो।

हाम्रो दमक

काठमाडौँ । कात्तिक १६ देखि रेखा थापा निर्देशित फिल्म ‘मालिका’ विभिन्न हलमा प्रदर्शन भइरहेको छ।

फिल्मकी नायिका हुन्, जाजरकोटकी कमला । जाजरकोटको दुर्गम क्षेत्र कालेगाँउमा हुर्किएकी कमला वली अहिले चर्चामा छिन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा मञ्जु टेलरले लेखेकी छन्।

फिल्ममा अभिनय गर्नु त परै जाओस् फिल्म नै के हो भन्ने कुरामा समेत अनभिज्ञ थिइन्, कमला। दुःख कष्टका कथाहरू मात्र बोकेको कर्णाली प्रदेशको जाजरकोटका युवतीका लागि कुनै फिल्ममा अभिनय गर्नु अकल्पनीय कुरा जस्तै मानिन्छ। त्यसो त पश्चिमी समाजको ग्रामीण परिवेश, जहाँ छोरी मान्छेले फिल्म खेल्नु मर्यादा नाघ्नु हो।

कमला फिल्मसँग जोडिन पुगेको संयोग अनौठो र अकल्पनीय छ । रियल जीवनमा जाजरकोटको उकाली–ओराली गरिरहेकी कमलाको भेट गएको वैशाख १३ गते रिल जीवनमा विभिन्न भूमिकाबाट दर्शकको मन जितेकी अभिनेत्री रेखा थापासँग भयो।

रेखा थापासँग भेट हुनुअघि उनको भेट नरबहादुर कार्कीसँग भएको थियो । जो मालिका फिल्मका कार्यकारी निर्माता हुन् । उनी फिल्मको लागि क्यारेक्टर खोज्दै जाजरकोट पुगेका थिए।

ननएक्टरमा एक्टर खोजिरहेका नरबहादुरले उनलाई गाँउमा साथीहरूसँग बसिरहेका वेला त्यहाँको प्रहरी चौकीमा भेटेका थिए। कमला गाँउकै झै–झगडा मामलामा प्रहरी चौकी गएकी थिइन्।

बाटोमा भिडभाड देखेपछि नरबहादुर ‘के भएछ’ भनेर बुझ्नका लागि त्यहाँ गएका थिए । भिडमा नबोली शान्त भएर बसिरहेकी कमलाको अनुहारमा भने आक्रोश स्पष्ट देखिन्थ्यो।

नरबहादुरले झगडा शान्त भइसकेपछि कमलालाई सीधै ‘फिल्म खेल्छौ?’ भनेर सोधे । फिल्म भनेको के हो भन्ने थाहा नपाएकी कमलाले नरबहादुरको प्रश्न नै राम्ररी बुझिनन् । बरु नचिनेको मान्छेसँग बोल्नुहुँदैन भन्ने कुरा मनमा आयो।

कमलाका लागि आफ्नो भाग्यमा फिल्म खेल्ने जोग परेको छ भन्ने देख्नु कल्पनाबाहिरको कुरा थियो । तर, जीवनमा नसोचेको हुन्छ । फिल्मसमेत कहिल्यै नहेरेकी कमला आफैँ नायिकाका रूपमा फिल्म खेल्न पुगिन्।

नरबहादुरले जसरी कमलालाई फिल्म खेल्छौ भनेर सीधै सोधे, उसैगरी कमलाले पनि सीधै खेल्दिन भनेर अस्वीकार गरिदिइन्। तर, नरबहादुर मालिकाको क्यारेक्टरमा कमला ‘फिट’ हुने निचोडमा पुगिसकेका थिए।

त्यही भएर त उनले कमलालाई चलचित्रमा खेलाउन, उनका बुबा–आमा मात्र होइन, हजुरबुबालाई समेत सम्झाई–बुझाई गर्नुपर्‍यो।

त्यसै पनि कमलाको एकदम कम बोल्ने स्वभाव थियो । धेरै कुरा थाहा नै थिएन । कम बोल्ने कमलाको विश्वास जित्न निकै कसरत गर्नुपरेको निर्माता–अभिनेत्री रेखा थापा बताउँछिन्। फिल्म सुटिङको पहिलो दिन नयाँ बसपार्कमा बेहुलीको भेषमा क्यामेरा तेस्र्याउँदा डर, अचम्म लागेको सुनाउँदै कमला भन्छिन्, ‘दुई–चार दिन काम गरेपछि मात्र सहज महसुस गर्न थालेँ।’

पहिलो सुट उनको नयाँ बसपार्कमा भएको थियो । बेहुलीको भूमिका गर्नुपर्दा अनुहार रातो पिरो भएको र लाजसमेत लागेको उनी सुनाउँछिन्। काठमाडौं देखि जाजरकोटसम्मै सुट भएको मालिकामा कमलाले करिब एक महिना काम गरिन् । काठमाडौं आएर फिल्मको विषयवस्तुबारे थाहा पाउँदा उनले बल्ल धेरै कुरा थाहा पाइन्।

उनी भन्छिन्, ‘सुटिङ सकेपछि केही कुराको बारेमा थाहा पाएँ । कर्णाली प्रदेश विकट छ, यहाँ चेतना र शिक्षाको कमी छ । यही कारण यहाँ बालविवाह हुन्छ । महिलाको अवस्था सबैभन्दा नाजुक छ, आदि–इत्यादि।’

रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘मालिका’की मुख्य पात्र कमला वली मालिकामार्फत रिलको संसारमा मात्र छिरेकी छैनन्, दर्शकको मन जित्ने दाउमा समेत छिन्।

फिल्ममा कमला मात्र होइन, कमलाजस्तै अन्य पात्रलाई समेत सहभागी गराइएको छ । फिल्ममा बालवधुको रूपमा देखिने शर्मिला रावल पनि जाजरकोटकै हुन् । उनी पनि कमलाजस्तै अभिनय र फिल्मबारे अनभिज्ञ थिइन्।

भन्छिन्, ‘मालिकामा काम गर्ने अवसरले धेरै कुरा सिक्ने मौका मिल्यो।’ कमलालाई फिल्ममा खेल्नुभन्दा पनि आफूलाई केही कुरा सिक्न पाएकोमा बढी खुसी लागेको छ।

भन्छिन्, ‘फिल्म खेलिसकेपछि बालविवाह र यसले पार्ने नकारात्मक असरका बारेमा धेरै जानकारी पाएको छु । अभिनयमा मात्र नभएर अब गाँउघरमै गएर बालविवाहविरुद्ध लाग्नेछु।’

सोम, कार्तिक १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पत्रपत्रिकाबाट बाट अन्य

प्रधानन्यायाधीशमा फेरि यसअघि अस्वीकृत दीपकराज जोशी सिफारिस !

काठमाडाैं | संसदीय सुनुवाइ समितिले यसअघि अस्वीकृत गरेका दीपकराज जोशीको नाम न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा सिफारिस गरेको छ । न्यायपरिषद्ले जोशीसँगै न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पनि सिफारिस गरेको हो । ‘प्रधानन्यायाधीशका लागि स्थायी न्यायाधीश भई...

नयाँ सम्झौताकाे १ महिनामै मलेसियाले भन्यो- ‘कामदार पुरानै संयन्त्रबाट!’

काठमाडाैँ । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले...

अझै खुलेन लाइसेन्सको अनलाइन आवेदन

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको...

प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा !

काठमाडौं, ९ मंसिर । नेपाली सेनाको रथी बढुवामा फेरि राजनीतिले चरम रुप लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सेनामा तेस्रो बरियतामा रहेका उपरथीले रक्षा मन्त्रालयमा उजुरी गरेका छन् । बढूवा रोकेर अवकाश दिन लागेको...

नेपाल प्रहरीको पनि समायोजन गर्ने यस्तो तयारी

काठमाडौँ। सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ...

पुर्वराजाका अतिगोप्य ९ वटा कक्ष सर्वसाधारणका लागि खुल्दै !

काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालय अन्र्तगत गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो...

मन्त्रिपरिषद्का निर्णय गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप सचेत गराएका हुन्...

गुटगत स्वार्थका कारण विघटनको संघारमा नेविसंघ

काठमाडौं । माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकुल बनाउन सक्रिय रहँदा संघको...

अब शिक्षकको न्यूनतम योग्यता स्नातक र स्नातकोत्तर

काठमाडौं  ।  सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था...

धर्म परिबर्तन गराउने दुई जापानी महिलालाई देश निकाला

काठमाडौं । गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब...