सढ्सट्टी बर्ष बित्यो, जग्गा पाएर पनि प्रजातन्त्रका सेनानीहरु अझै जग्गा धनि बन्नसकेनन्

हाम्रो दमक

२००७ सालमा जहाननिय राणाहरुको बिरुद्ध प्रजातन्त्र प्राप्तिको लडाइमा बिना पारिश्रमिक लडेका प्रजातन्त्रका सेनानीहरु अझै जग्गा धनि बन्नसकेका छैनन । उनिहरुको सम्मान स्वरुप तत्कालिन राजा त्रिभुवनबाट लालमोहर लगाइ बकस भएको करिब ७ सय ५० बिगाहा जमिन सढ्सट्टी बर्ष बित्न लाग्दा पनि राजनितिक पिडित जग्गाको मालिक हुन नसकेका हुन ।

चौदण्डीगढी नगरपालिका ३ र ४ वडामा पर्ने बसाहामा राणा शासनको बिरुद्ध प्रजातान्त्रिक आन्दोलनका पक्षमा लडेका माझकिरातका प्रजातन्त्रका सेनानीहरु, नारदमुनि थुलुङ, रामप्रसाद राई, गुमानसिंह राई, कुमारसिंह राई, आदिभक्त ओझा लगायत ५८ जना मुक्तिसेना का योध्दालाइ ४/४ बिगाको दरले राजा त्रिभुवनको हुकुम प्रमाङ्गीबाट बकस भएको थियो । अहिले ७ हजार भन्दा बढि घर परिवार बसोबास रहेको बसाहामा २०२५ सालमा हनुमान नगर बन डिभिजन र जनकपुर सर्कलले जोताहा पुर्जि बितरण गरेको थियो ।

२०३३ सालमा राष्ट्रिय पुनर्बास कम्पनि कार्यालयले केही मोहिलाइ २ बिगाको दरले दश बर्ष सम्म बेचबिखन, दान दातब्य, हक हस्तान्तरण गर्न नपाउने गरि जग्गा धनी दर्ता प्रमाणपुर्जा बितरण गरेको थियो । अब्यबस्थित बसोबास भनि २०५१ मा गठित सुकुम्बासी समस्या समाधान आयोगले २ हजार घरपरिवारलाइ जग्गाको निस्सा बितरण गरे पछि अहिले सम्म मोहिलाइ जमिनको मालिक बनाउन कुनै कार्यबाहि नभएको स्थानियहरु बताउछन ।

प्रजातान्त्रिक योध्दाहरुको कदर र सम्मान गर्दै राज्यबाट प्राप्त भएको जमिनको लाल पुर्जा नपाउदा एकातिर स्थानीय तहले पाउने कर प्राप्त गर्न सकेको छैन भने मोहिले जमिन अन्य प्रयोजनमा उपोग गर्न बाट बन्चित छन ।

संबिधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२ को उपधारा २, धारा २२६ को उपधारा १ संग अनुसुचि ८ सम्बन्धित क्रम संख्या १४ मा स्थानिय तहले जग्गा धनी पुर्जा बितरण गर्न सक्ने ब्यबस्था गरेको छ ।

आइत, कार्तिक १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

ताप्लेजुङ्ग २७ मंसिर । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै वहिनीलाई बलात्कार गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । नगरपालिका वडा नं १ निवासी १९ वर्षिय बालकले आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।...

बालगृहका बालबालिकालाई न्यानो कपडा

उर्लाबारी, २७ मंसिर ।     झापाको दमकस्थित सुन्दर समाज नेपालले आज मोरङको उर्लाबारी–७ मा रहेको नमुना बाल गृहका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संस्थाकी कोषाध्यक्ष झरना लक्समको जन्म दिनको अवसर पारेर संस्थाले...

चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण

दमक,२७ मंसिर । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट विहिबार खटिएको अनुगमन टोलीले दमकमा मोटरसाइकल चालकलाई प्रशिक्षण दिएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईं तथा ट्राफिक प्रहरी कार्यालय दमकका कार्यालय प्रमुख दधिराम...

मोटरसाइकलमा जुध्दा एक जनाको मृत्यु

केर्खा,२७ मंसिर । झापाको कमल गाँउपालिकास्थित केर्खा सडकखण्डमा विहिबार एकआपसमा मोटरसाइकल जुध्दा एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का...

झापा प्याब्सनको अध्यक्षमा उप्रेती

दमक,२७ मंसिर । निजी तथा आवशिय विद्यालय अर्गानाइजेसन नेपाल, झपा (प्याव्सन) को अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बुधवार सम्पन्न १२ औ अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागी उप्रेती निर्वाचित भएका हुन् । अध्यक्ष...

मेचीनगर खुला दिसामुक्त नगर घोषणा

काँकरभिट्टा,२७ मंसिर । जनसङ्ख्या तथा भौगोलिक दृष्टिकोणले झापाका अन्य स्थानीय तहभन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका बिहीबारदेखि खुला दिसामुक्त नगर घोषणा भएको छ । नगरपालिकाले ६ नम्बर वडा कार्यालय परिसरमा आयोजना गरेको खुला दिसामुक्त घोषणा सभामा...

विप्लवका जिल्ला सदस्य माझी पक्राउ

दमक,२६ मंसिर । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाका जिल्ला सदस्य चमनलाल माझीलाई गिरफ्तार गरेको छ । झापा गाउँपालिका स्थायी घर भएका माझीलाई पार्टी कामका सिलसिलामा रहेको बखत आज बुधबार दिउँसो आफ्नै गाउँबाट...

शिवानीलाई मिस ताजपुरियाको उपाधि

गौरादह ,२६ मंसिर । झापाको गौरादहमा सञ्चालित मिस ताजपुरिया–२०७५ प्रतियोगिताको उपाधि शिवानी ताजपुरियाले जितेकी छिन् । ३२ जना प्रतियोगिहरुलाई उछिन्दै उनले पहिलो मिस ताजपुरियाको उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद,ट्रफिसहित आर्कषक उपहार प्राप्त...

बुद्धशान्तिमा २ सय बढीको आँखा जाँच

बुधबारे । झापाको बुद्धशान्तिमा बुधबार एकदिने निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आयोजना, मेची नेत्रालयको प्राविधिक सहयोग तथा एनआईसी एसिया बैंक बुधबारे शाखाको विक्तिय सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा...

तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न

बिर्तामोड । पंचकन्या महिला बहुउद्येश्यीय सहकारी संस्था बिर्तामोड ३ को आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा तीन/तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न भएको छ । सिलाईकटाई तालिममा १० जना र ब्यूटिसियन तालिममा १२ जनाको सहभागिता...