तिहारका लागि भारत र चीनबाट ६० करोडको झिलिमली बत्ती आयात

थुप्रै होलसेलरहरुले तिहारका लागि यत्तिको बत्ती झिकाएका हुन् ।

हाम्रो दमक

काठमाडौं । उज्यलो पर्व तिहारमा झिलिमिली बिजुली बत्ती जोडने प्रचलन पुरानै हो । शहरमा मात्रै होइन, गाउँघरमा पनि तिहारमा झिलिमिली बत्ती जोड्ने प्रचलन सामान्य बनेको छ । त्यसैले विभिन्न किसिमका रंगीबिरंगी बत्तीको बिक्री वितरण तिहार नजिकिएसँगै उच्च छ ।

झिलिमिली बत्तीकै लागि तिहारमा मात्र नेपालबाट कति रकम बाहिरन्छ त ? नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलका अनुसार तिहारमा यो वर्ष ५० देखि ६० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको छ ।

अहिले तिहारका लागि बजारमा यस्ता बत्तीको कारोबार सुरु भइसकेको छ । इलेक्टि्रक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने क्रम सुरु भएको छ । सडकपेटीमै पनि यो बत्ती बेच्नेहरु भेटिन्छन् ।

महासंघका अध्यक्ष खरेलका अनुसार यसवर्ष तिहारका लागि झण्डै ६० करोड रुपैयाँ भन्दा बढीको बत्ती विदेशबाट आयात भएको छ । थुप्रै होलसेलरहरुले तिहारका लागि यत्तिको बत्ती झिकाएका हुन् ।

‘झिलिमिली बत्ती तिहारको समयमा मात्रै बिक्री हुन्छ । अन्य समयमा त यसको बिक्री हुँदैन नै भन्दा हुन्छ,’ खरेलले भने, ‘व्यावसायीले यो वर्ष झण्डै ५० देखि ६० करोड रुपैयासम्मको झिलिमिली बत्ती झिकाएका छन् ।’

यी बत्ती डेढ अर्ब रुपैयाँ बराबरमा कारोबार हुन्छ । यसमा उपभोक्ताले बिजुलीको महशुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग दोब्बर भन्दा बढी खपत हुन्छ ।

९० प्रतिशत बत्ती चीनबाटै

तिहारका लागि भारत र चीनबाट धेरै बत्ती नेपाल आयात गरिसकिएको छ भने केही आयात हुने क्रममा छन् । यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाटै आयात हुने गरेको छ । तिहारलाई लक्षित गरी व्यावसायीले झण्डै २-३ महिना अघिदेखि नै झिलिमिली बत्ती ल्याउने प्रक्रिया थालेका थिए ।

त्यसअनुरुप नेपालमा पछिल्ला केही दिनमा दैनिक ठूलो परिमाणमा झिलिमिली बत्ती भित्रिरहेका छन् । कस्ता बत्ती आए ? यो समयमा साधारण बल्बको बिक्री पनि दुईगुणाले बढ्ने गरेको व्यावसायी बताउँछन् । ‘घरको सबै ठाउँ उज्यालो राख्नुपर्ने मान्यताका कारण घरका सबै होल्डरमा बत्ती जोड्ने गरिएको छ,’ अध्यक्ष खरेलले भन्छन्, ‘त्यसैकारण साधारण बल्ब पनि यो समयमा अत्याधिक बिक्री हुन्छ ।’ बजारमा यस्ता झिलिमिली बत्तीहरु फरक-फरक मूल्यमा उपलब्ध छन् ।

न्युनतम प्रतिगोटा ५० सयदेखि १२-१५ हजार रुपैयाँसम्म पर्ने बत्तीहरु तिहारका लागि आयात हुन्छ । प्रायः बल्ने-निभ्ने गुण हुने भएकाले यस्ता बत्तीमा उपभोक्ताले घर, बगैँचा, कार्यालय, बिजनेश मल लगायतको सजावट गर्न यसको अत्याधिक प्रयोग गर्छन् ।

पछिल्लो समयमा विभिन्न मूल्यका क्लब तथा रोटर लाइटहरु पनि तिहारमा लागि प्रयोग हुन थालेका छन् । यस्तै देवी देवताका फोटोमा जोडिएको बत्तीको बिक्री पनि यो समयमा धेरै हुन्छ ।

यसैकारण वर्षैपच्छे तिहारमा यस्ता बत्तीको माग बढिरहेको छ । लोडसेडिङको समयमा समाधान भएकाले पछिल्ला वर्षहरुमा तिहारमा यस्ता बत्तीको माग दोब्बर भएको व्यावसायी बताउँछन् ।

तर, धेरैले एक वर्ष किनेपछि अरु वर्षमा पनि प्रयोग गर्न मिल्ने भएकाले ठूलो मात्रामा अब माग नबढ्ने दावी अध्यक्ष खरेलको छ ।

-अनलाइनखबर

आइत, कार्तिक १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

बिकास बजेट हचुवाका भरमा खर्च नगरौ– नेता सिंह

नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बिनियोजन हुने बजेटको विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ । सोमबार काठमाडौको घट्टेकुलोमा निर्माण हुन लागेको बीर गणेशमान...

टोखामा प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । चोरीको घटनामा संलग्न रहेका अभियुक्त काले भनिने विष्णु तामाङलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अभियुक्तले प्रतिकार गरेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ...

जेठ १० बाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदै

तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जेठ १० गतेबाट २५ गतेसम्म प्रतियोगिता हुने...

देशभरको मौसम बिग्रियो, सतर्क रहन आग्रह

काठमाडौं | देशभरको मौसम सामान्यतया बदली भएको छ । माैसमा अचानक बदली भएकाे हाे । मेघ गर्जनसहित पानी पर्ने खालको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान...

नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा: चित्रबहादुर

काठमाडौं | राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले...

बुद्धशान्तिमा नेवि संघको राँके जुलुस

बुद्धशान्ति ।  वर्तमान केपी ओलीको सरकारलाई अधिनाकतावादी सरकारको संज्ञा दिँदै २ तिहाइको दम्भमा राज्यको हित विपरित कार्य गरेको भन्दै यसको विरोधमा नेपाल विद्यार्थीसंघ बुद्धशान्तिले बुधबार बेलुका राँके जुलुस निकालेको छ । बुधबारे बजार बिच चोकबाट...

कांग्रेसका अवरोधका बीच, बहुमतका साथ चिकित्सा शिक्षा विधेयक पास

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री...

सरकारले कागजको मात्र पानी जहाज चल्छ भनेर ब्यंग्य गर्नेहरुलाई साँच्चिकैको पानी जहाज चलाए देखाउने

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारले नेपालमै पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सूचना तथा सञ्‍चार मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्‍चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले...

पत्रकार बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान

धुलाबारी । पत्रकार देबु बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजको जनकपुरमा सम्पन्न ४५ औँ राष्ट्रिय अधिवेशनमा बानियाँलाई नेपाल जेसीज वर्ष २०१८ मा उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको हो ।...

त्रिचन्द्र क्याम्पसमा आगलागी ! यस्तो छ क्षतिको अवस्था

काठमाडौं। घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले...