कर्णाली प्रदेशको चियापानमा स्पेसल मार्सी चामलको खिर !

हाम्रो दमक

जुम्ला , १७ कार्तिक । कर्णाली प्रदेश सरकारले शुक्रवार बेलुका शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रमलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अनौपचारिक सम्बोधन गर्दै यसले भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन् ।

बेलाबखतमा गरिने भेटघाट र यस्ता चियापान कार्यक्रले सम्पूर्ण नागरिकसँगको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउन सघाउने साहिले बताए ।

कार्यक्रममा सामान्य खाजाको व्यवस्था गरेको र खानका लागि भन्दा पनि सबैको भावनात्मक सम्बन्ध जोड्नको लागि कार्यक्रम आयोजना गरेको साहिले बताएका छन् । समय समयमा हुने यस्ता चियापान कार्यक्रमले सम्बन्धलाई बलियो बनाउने उहाँको धारणा रहेको छ ।

सम्पूर्ण प्रदेशवासीले साथ सहयोग गरेमात्र समृद्धि र बिकास छिट्टै हुने साहिले कार्यक्रमा बताए। प्रदेशको भौगोलिक विकटता र अप्ठ्यारा भए पनि प्रदेशको विकासमा सरकारले कुनै कमी नगर्ने उनले दावी गरे ।

त्यस्तै कार्यक्रमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अहिले प्रदेशको विकास र समृद्धिका लागि सबै एक भएको बताएका छन् । विभिन्न पार्टीबाट निर्वाचित भएर आए पनि प्रदेश सरकारमा सबै एउटै भूमिकामा रहेको बताए ।

चियापान कार्यक्रममा सहभागीलाई कर्णाली प्रदेशमा उत्पादित तथा पछिल्लो समयमा निकै चर्चा पाएको मार्सी चामलको खिर खुवाइएको थियो । मार्सी चामलको आफ्नो छुट्टै पहिचान रहेको छ ।

मुख्यमन्त्री शाहीले आयोजना गरेको चियापान कार्यक्रममा मार्सी चामलको खिरले सबैको ध्यान तानेको थियो । चियापान कार्यक्रमा खानाका परिकारहरुमा मार्सी चामलको खिर, पुरी, रोटी, तरकारी, अचारको व्यवस्था रहेको थियो ।

कार्यक्रममा पाँच सय भन्दा बढीलाई निम्ता गरिएको थियो । निम्तालाई स्वीकार्दै प्रतिनिधिसभाका सदस्य, प्रदेश सरकारका पदाधिकारी, प्रदेश सांसद, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारी, विभिन्न राजनीतिक दल, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगाएतले कार्यक्रमा सहभागिता जनाएका थिए ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

कमलमा कांग्रेसको बनभोजसहित कार्यकर्ता भेटघाट

कमल, २८ माघ । झापाको कमल गाउँपालिका ३ स्थित बाल्मिकी पर्यटन क्षेत्रमा नेपाली कांग्रेस कमल गाउँ समितिको आयोजनामा सोमबार वनभोजसहितको बृहत कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । साविक लखनपुर र तोपगाछी गाविसको समायोजनपछि बनेको कांग्रेसको...

पत्रकारलाई भिडियो खिच्न रोक

भद्रपुर,२२ माघ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आफ्नो कार्यकक्षभित्र टेलिभिजन पत्रकारलाई भिडियो खिच्न रोक लगाएका छन् । सोमबार नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदा समाचारका लागि भिडियो खिच्न गएका टेलिभिजनकर्मीलाई ज्ञापनपत्र...

चन्द्रगढीमा कांग्रेसको विरोध सभा

भद्रपुर,२१ माघ । सरकारका गतिविधिहरुप्रति तिव्र असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर जिल्ला सदरमुकाम केन्द्रीत प्रदर्शन गरेको छ । कांग्रेसका केन्द्रीय नेताहरुको प्रमुख उपस्थितीमा जिल्ला सदरमुकामहरुमा प्रदर्शन र विरोध सभा गर्दै सम्बन्धित...

प्रदेशको तेश्रो हिउदे अधिबेशन शुरु,सडकमा धर्ना

विराटनगर,२० माघ । प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठक प्रारभ्म भएको हो । प्रदेश सभाको...

बुद्धशान्तिमा नेवि संघको राँके जुलुस

बुद्धशान्ति ।  वर्तमान केपी ओलीको सरकारलाई अधिनाकतावादी सरकारको संज्ञा दिँदै २ तिहाइको दम्भमा राज्यको हित विपरित कार्य गरेको भन्दै यसको विरोधमा नेपाल विद्यार्थीसंघ बुद्धशान्तिले बुधबार बेलुका राँके जुलुस निकालेको छ । बुधबारे बजार बिच चोकबाट...

झापामा नेविसंघको मसाल जुलुश

दमक,१६ माघ ।झापाको दमकमा बुधबार साँझ नेपाल विद्यार्थी संघले सरकारका विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ ।  चिकित्सा शिक्षा विधेयक ल्याएको विरोधमा देशव्यापी आन्दोलनमा रहेको नेविसंघले झापामा भने प्रधानमन्त्री केपी शर्मा ओली आउने सन्मुखमा जुलुश निकालेर...

लिम्बुवानले सरकार विरुद्ध आन्दोलन गर्ने

ताप्लेजुङ्ग,१३ माघ । संघीय लिम्बुवान मञ्च नेपालले पहिचानको पक्षमा चैत्र २० गतेदेखि सरकार विरुद्ध आन्दोलन गर्ने भएको छ ।  लिम्बुवानसहितको ११ प्रान्तको माग गर्दै आएको उक्त पार्टीले प्रदेश १ को नाम लिम्बुवान राख्नुपर्ने माग...

चिकित्सा शिक्षा विधेयकको विरोधमा नेविसंघ

  दमक,१२ माघ । चिकित्सा शिक्षा विधेयक जर्वजस्ती पास गराएको भन्दै आन्दोलित नेपाल विद्यार्थी संघले भोलि आइतबार झापामा विरोध कार्यक्रम गर्ने भएको छ । संघले जिल्लाका १६ वटै स्थानीय तहमा पारित विधेयकको विरोधमा एकैसाथ विहान...

चिकित्सा विधेयक संसदबाट पास भए कांग्रेसले आकस्मिक पत्रकारसम्मेलन गर्ने

काठमाडौँ । राष्ट्रिय चिकित्सा विधेयक संसदबाट पास भए पछि कांग्रेसले आकस्मिक पत्रकारसम्मेलन गर्ने भएको छ । आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्न आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । अनसनरत...

हामी चुप बस्दैनौँ अब सदन र सडक दुवैमा उत्रिन्छौँ: देउवा

काठमाडौं । विरोधको बाबजुत चिकित्सा शिक्षा विधेयक पास भए पछि प्रमुख प्रतिपक्षी दल थप आक्रामक बनेको छ । आफ्ना नाराबाजीका बीच बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख प्रतिपक्षि नेपाली कांग्रेस सरकार र सभामुखप्रति आक्रमक...