मिडिया कपको उपाधि रेडियो सनराइजलाई ।

हाम्रो दमक

बिर्तामोड । विवेचना दैनिकले आयोजना गरेको दोस्रो झापा मिडिया कपको उपाधि बिर्तामोडको रेडियो सनराइजले उचालेको छ । शनिश्चरेको ग्रासरुट फुटबल मैदानमा आयोजित तीन दिने फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा रेडियो सनराइजले जनसंसद दैनिक र लोकतन्त्र पोष्टको संयुक्त टिमलाई सडन डेथमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित समयमा गोल रहित बराबरी भएपछि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा पनि २–२ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा ५–४ गोलअन्तरबाट सनराइज भाग्यमानी सावित भयो । उसले नगद ३१ हजार रुपैयाँ र ट्रफी पायो ।

यता उपविजेता जनसंसद् र लोकतन्त्र पोष्टको टिमले नगद १५ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाउनु पर्यो । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल खेलका विजेता टिमलाई अर्जुनधारा १० का वडा अध्यक्ष बलदेव गोम्देन र ११ का अध्यक्ष भैरव खड्काले संयुक्तरुपमा नगदसहित ट्रफी प्रदान गरे ।

उपविजेता टिमलाई एक्सल डेभलपमेन्ट बैंका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेलले नगद र ट्रफी प्रदान गरे । फाइनल खेलको म्यान अफ दी म्याच सनराइजका कप्तान प्रकाश बानियाँलाई खेल संयोजक रमेश समदर्शी राईले नगद एक हजार रुपैयाँसहित ट्रफी प्रदान गरे ।

प्रतियोगितामा फेयर टिम नेशनल मिडिया ग्रुप घोषित हुँदै नगद ५ हजार र ट्रफी पाउन सफल भयो भने म्यान अफ दी टुर्नामेन्ट जनसंसद् र लोकतन्त्रका खेलाडी सुमन विक घोषित हुँदै एक थान एन्ड्रोइड मोबाइल पाउन सफल भए । उनलाई रुप मोबाइल घरका सञ्चालक खगेन्द्र नेपालले मोबाइल र ट्रफी प्रदान गरे ।

त्यस्तै, सनराइजकी सुष्मा राजवंशी बेस्ट कोच, बेस्ट गोलकिपर सविन खवास घोषित हुँदै नगद १५ सयसँगै ट्रफी पाए भने नेशनल मिडिया ग्रुपका इन्द्रजित मुखियाले बेस्ट मिडफिल्ड सुरक्षित गर्दै नगद १५ सयसँगै ट्रफी पाएको उपकप्तान आयुष निरौलाले जानकारी दिए ।

संयुक्त टिमका अरुण राई बेस्ट डिफेन्स, उसकै सचिन सुब्बा बेस्ट फरवार्ड घोषित हुँदै जनही नगद १५ सयसँगै ट्रफी पाउन सफल भएका खेल संयोजक रमेश समदर्शी राईले जानकारी दिए ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

मंसिरमा विवाह गर्ने सोचमा हुनुहुन्छ? यसरी छान्नुहोस् जिवनसाथी

 मंसिर महिना लाग्यो अर्थात विवाहको महिना शुरु भयो । लगनको महिना, नयाँ नाता स्थापित हुने त कती दिलहरु तोडिने समय, कतै हजार खुशी बोकेर आउने त कतै खुशी सारा खुषी खोसेर लिने जे होस्...

दौडको उपाधी जितेन्द्र दनुवारलाई

झापा । कमल गाउँपालीका ३ मा रहेको श्री नम्बर २१ बाहिनी अड्डाले आयोजना गरेको १० किलो मिटर दौडको उपाधी जितेन्द्र दनुवारले जितेका छन । वाक एण्ड रन फष्ट फिटनेस मुल नारा सहित श्री नम्बर २१...

शरणार्थीलाई व्लिसनको सहयोग

दमक,१ मंसीर । कलाकार विह्लन विक्रम राईले दमकको भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । शनिवार शिविरमै पुगेर कलाकार राईले ती नगद सहयोग हस्तान्तरण गरेका छन् । उनले शरणार्थी...

दमकमा करिव १० हजार व्यवसायी करको दायरा बाहिर

दमक,१ मंसीर । झापाको दमकमा करिव १० हजार व्यवसायीहरु करको दायरामा आएका छैनन् । आन्तरिक राजस्व कार्यालय दमकमा करिव ४ हजार व्यवसायीहरु मात्र करको दायरामा आएको तथ्यांकले देखाँउछ । कार्यालयले पर्याप्त नियगमन गर्न नस्कदा...

बुद्धशान्तिमा आगामी सोमबारदेखि प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुँदै

बुद्धशान्ति । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । शनिबार रेडक्रस भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताइएको हो । राष्ट्रिय युवा समाज बुद्धशान्तिको...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

सगुन सांगीतिक साँझ सम्पन्न

लखनपुर,२९ कार्तिक । झापाको कमल गाँउपालिका ५ मंगलवारेमा बुधबार सगुन सांगीतिक साँझको आयोजना गरिएको छ ।सगुन युवा क्लवले बर्सेनी दीपावलीका अवसरमा आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि भव्य रुपले सम्पन्न भएको क्लवका अध्यक्ष देवेन्द्र...

छिन्ताङ्ग हत्या काण्डको सम्झनामा सहिद स्मृती सभा सम्पन्न

धनकुटा । स्मृती सभा छिन्ताङ्ग हत्या काण्डमा मारीएका ब्याक्तिहरुको सम्झनामा धनकुटाको छिन्ताङ्ग आज सहिद स्मृती सभा गरीएको छ । २०३६ सालमा घटेको छिन्ताङ्ग हत्याकाण्डका सहिदहरुको सम्झनामा ४० औ स्मृती सभा गरिएको हो । कार्यक्रममा सहिदको सालिकमा...