सुरज वैद्यलार्इ भ्रमण बर्षको संयोजक बनाईएकोमा पर्यटन व्यवसायी असन्तुष्ट

हाम्रो दमक

काठमाडौँ । सरकारले ‘नेपाल भ्रमण बर्ष २०२०’ को राष्ट्रिय संयोजकमा व्यवसायी सुरज वैद्यलार्इ नियुक्ती गरेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट वैद्यलार्इ राष्ट्रिय संयोजकमा नियुक्त गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष वैद्यलाई ‘नेपाल भ्रमण बर्ष -२०२०’ को राष्ट्रिय संयोजकमा नियुक्त गरेसँगै उनको नियुक्तिलाई लिएर पर्यटन व्यवसायी र पर्यटन क्षेत्रमा बिभिन्न बहस उत्पन्न हुन् थालेका छन। पर्यटन बाहेकको क्षेत्रबाट व्यवसाय गरेका र हाईप्रोफाईल व्यवसायीको छवि बनाएका बैद्यले पर्यटन क्षेत्रलाई कसरि बुझ्न सक्लान र कसरी अगाडी बढाउलान त्यो आगामी दिनमा देखिने नै छ। तर ,अधिकांश व्यवसायीले भने यस क्षेत्रलाई नजिकबाट नियालेका व्यक्ति र विज्ञलाई सरकारले छनोट नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन।

कतिपयले नेपालका पर्यटनलाई नजिकबाट बुझ्ने व्यवासायीलाई बाईपास गरेर पर्यटनको ‘प’ पनि नबुझेकालाई नियुक्ति गर्नु लज्जास्पद भनेका छन । सरकारले राजनीति दलको नजिककालाई यस्तो जिम्मेवारी दिएर ‘महाभूल’ गरेको छ र असफलताको बाटो रोज्यो भन्ने सम्म्मको आरोप सम्बद्ध व्यवासायीले लगाएका छन्।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

४० प्रतिशतले घट्यो नेपाल वायुसेवाको अन्तर्राष्ट्रिय उडान ! सिट खालीनै उड्छ वाइडबडी

काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमको अकुपेन्सी दर ४० प्रतिशतसम्मले घटेको छ। चालू वर्षको साउनको तुलनामा भदौमा निगमको अन्तर्राष्ट्रिय उडानतर्फको अकुपेन्सी दरमा उल्लेख्य गिरावट आएको हो।साउनको तुलनामा भदौमा काठमाडौं-दोहा उडानमा एयरबस ३३० को...

एयर बसको नयाँ मोडल ए२२० पहिलो पटक नेपालको बिमानस्थलमा अवतरण !

काठमाडौं २८ कार्तिक। एयर बसको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट, द ए२२० ले बिश्व भ्रमणको क्रममा नेपालमा पहिलो पटक ल्याण्डिङ्ग गरेको छ । सानो एकल–आएल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०–३०० एयरबाल्टिकलाई त्रिभुवन...

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर ४गते मङ्गलबारदेखि ८ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र...

मन्त्रीस्तरीय वार्तामा पर्यटन प्रवद्र्धनबारे नेपाल -चीनबिच यस्तो छलफल

काठमाडौँ। मंगलबार भएको नेपाल र चीन मन्त्रीस्तरीय वार्तामा नेपालको पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको छ। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएका दुई देशबीच भएका पर्यटन प्रवद्र्धनसम्बन्धी सम्झौता कार्यान्वयनको सन्दर्भमा छलफल भएको थियो। प्रधानमन्त्रीको...

कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको भन्दै खारेजीको माग

काठमाडौं। कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिन अघि परिक्षण गरिएको कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएको छ । सोमबार  समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रुपमा जंगल तथा चरण क्षेत्र कब्जा गरेर दोलखा...

अटिजम र रक्तदानबारे सचेतना फैलाउँदै साइकल यात्रा

तेह्रथुम, १९ कात्तिक । प्रदेश १ र २ का पर्यटकीय गन्तव्य र सम्भावनाहरुको अध्ययन गरी प्रचार प्रसार गर्ने मुख्य उद्देश्य सहित पोखराका एक युवा साइकल यात्राका क्रममा तेह्रथुम पुग्नुभएको छ । उदयपुरबाट यात्रा सुरु...

थाइल्यान्डमा हप्ताको २८ उडान भर्दै नेपाल एयरलाइन्स

काठमाडौँ । नेपाल र थाइल्यान्डबीचको दुईपक्षीय हवाई सम्झौता पुनरावलोकन भएको छ । सन् १९७१ मा पहिलोपटक भएको हवाई सम्झौतामा बिहीबार पुनरावलोकन भएको हो । थाइ नागरिक उड्डयनका महानिर्देशक चुला सुकमानेप र नेपालको तर्फबाट संस्कृति पर्यटन...

सरकारले २० लाख पर्यटक भित्र्याउन छनोट गर्यो एक सय नयाँ गन्तव्य

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ। सरकारले यसबर्षको बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। मन्त्रालयले...

अब जापान जान चाहानेलाई खुशीको खबर, अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौं । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन्। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था...

मंसिरपछि खुल्दै लोकसेवा आयोगको विज्ञापन

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारलाई सहज होस् भनेर लोकसेवा आयोगले विज्ञापन खुलाउन दुई महिना ढिला गरेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षातकारमा उनले इतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयका...