अशक्तलाई डाँफे शाकोसद्धारा ह्वील चियर

हाम्रो दमक

दमक,१७ कार्तिक / यहाँस्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाले दुई जना शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई ह्वील चियर दिएको छ । दमक–१० आज संस्थाले एक कार्यक्रम गरि ती ह्वील चियहरु वितरण गरेको हो ।

संस्थाले अपाङ्गता भएकी दमक– १० की ३० बर्षिया उर्र्मिला तिम्सिना र शारीरिक रुपमा अशक्त रहेका ७९ वर्षिय श्रीप्रसाद गौतमलाई ह्वील चियर वितरण गरिएको सहकारीका अध्यक्ष तुलाराम न्यौपानेले बताए । संस्थाको बार्षिक अनुसार समाजिक उत्तरदायित्व अन्र्तगत उनीहरुको दैनिक जीवन सञ्चालनमा सहज होस भन्ने उद्देश्यले ह्वील चियर वितरण गरेको जनाईएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा सो सामाग्री वितरण गरिएको हो । संस्थाले आज नै सो क्षेत्रका सर्वसाधारणहरुसंग चाँडवाड विशेष शुभकामना आदान प्रदान गर्नुका साथै सदस्य शिक्षा कार्यक्रम समेत गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । सो अवसरमा बडा नम्बर १० का वडा अध्यक्ष बोधराज न्यौपाने, आपाङ्ग सहयोग समिति दमकका अध्यक्ष खगेन्द्र भट्टराई, नेकपाका नेता अम्बिका खनाल, दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवीप्रसाद दहाल, दमक १० पूर्व टोल विकास संजालका संयोजक बद्रि खनाल लगायत १२ वटा टोल विकास संस्थाका अध्यक्ष तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । संस्थाका सचिव लिला खनालले संचालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

ताप्लेजुङ्ग २७ मंसिर । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै वहिनीलाई बलात्कार गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । नगरपालिका वडा नं १ निवासी १९ वर्षिय बालकले आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।...

बालगृहका बालबालिकालाई न्यानो कपडा

उर्लाबारी, २७ मंसिर ।     झापाको दमकस्थित सुन्दर समाज नेपालले आज मोरङको उर्लाबारी–७ मा रहेको नमुना बाल गृहका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संस्थाकी कोषाध्यक्ष झरना लक्समको जन्म दिनको अवसर पारेर संस्थाले...

चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण

दमक,२७ मंसिर । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट विहिबार खटिएको अनुगमन टोलीले दमकमा मोटरसाइकल चालकलाई प्रशिक्षण दिएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईं तथा ट्राफिक प्रहरी कार्यालय दमकका कार्यालय प्रमुख दधिराम...

मोटरसाइकलमा जुध्दा एक जनाको मृत्यु

केर्खा,२७ मंसिर । झापाको कमल गाँउपालिकास्थित केर्खा सडकखण्डमा विहिबार एकआपसमा मोटरसाइकल जुध्दा एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का...

झापा प्याब्सनको अध्यक्षमा उप्रेती

दमक,२७ मंसिर । निजी तथा आवशिय विद्यालय अर्गानाइजेसन नेपाल, झपा (प्याव्सन) को अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बुधवार सम्पन्न १२ औ अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागी उप्रेती निर्वाचित भएका हुन् । अध्यक्ष...

मेचीनगर खुला दिसामुक्त नगर घोषणा

काँकरभिट्टा,२७ मंसिर । जनसङ्ख्या तथा भौगोलिक दृष्टिकोणले झापाका अन्य स्थानीय तहभन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका बिहीबारदेखि खुला दिसामुक्त नगर घोषणा भएको छ । नगरपालिकाले ६ नम्बर वडा कार्यालय परिसरमा आयोजना गरेको खुला दिसामुक्त घोषणा सभामा...

विप्लवका जिल्ला सदस्य माझी पक्राउ

दमक,२६ मंसिर । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाका जिल्ला सदस्य चमनलाल माझीलाई गिरफ्तार गरेको छ । झापा गाउँपालिका स्थायी घर भएका माझीलाई पार्टी कामका सिलसिलामा रहेको बखत आज बुधबार दिउँसो आफ्नै गाउँबाट...

शिवानीलाई मिस ताजपुरियाको उपाधि

गौरादह ,२६ मंसिर । झापाको गौरादहमा सञ्चालित मिस ताजपुरिया–२०७५ प्रतियोगिताको उपाधि शिवानी ताजपुरियाले जितेकी छिन् । ३२ जना प्रतियोगिहरुलाई उछिन्दै उनले पहिलो मिस ताजपुरियाको उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद,ट्रफिसहित आर्कषक उपहार प्राप्त...

बुद्धशान्तिमा २ सय बढीको आँखा जाँच

बुधबारे । झापाको बुद्धशान्तिमा बुधबार एकदिने निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आयोजना, मेची नेत्रालयको प्राविधिक सहयोग तथा एनआईसी एसिया बैंक बुधबारे शाखाको विक्तिय सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा...

तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न

बिर्तामोड । पंचकन्या महिला बहुउद्येश्यीय सहकारी संस्था बिर्तामोड ३ को आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा तीन/तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न भएको छ । सिलाईकटाई तालिममा १० जना र ब्यूटिसियन तालिममा १२ जनाको सहभागिता...