अहिलेको  सरकारले जनअपेक्षा अनुसारका काम गर्न सकेन : कमल थापा

बेरोजगारका समस्या हटाउने, गरीबी निवारण गर्ने जस्ता कार्यमा सरकार पूर्णरुपले असफल भएको उहाँको भनाइ छ ।

हाम्रो दमक

ताप्लेजुङ  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताउनुभएको छ ।

पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आउनुभएका अध्यक्ष थापाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयोे ।

देशको अर्थतन्त्रलाई सुदृढ तुल्याउने, बेरोजगारका समस्या हटाउने, गरीबी निवारण गर्ने जस्ता कार्यमा सरकार पूर्णरुपले असफल भएको उहाँको भनाइ छ ।

शान्ति स्थायित्व कायम गर्न र मुलुकको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्नका लागि नीतिगत त्रुटिलाई समेत सच्याउन आवश्यक भएकोमा उहाँको जोड छ ।

मुलुकमा हाल देखा परिरहेको बिखण्डनको चुनौती सर्वसत्तावादलाई सामना गर्नसक्ने शक्ति निर्माणका लागि समान विचारधारा भएका अन्य राजनीतिक पार्टीबीचमा एकताको तयारी भइरहेको समेत उहाँले बताउनुभयो ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

विप्लवका जिल्ला सदस्य माझी पक्राउ

दमक,२६ मंसिर । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाका जिल्ला सदस्य चमनलाल माझीलाई गिरफ्तार गरेको छ । झापा गाउँपालिका स्थायी घर भएका माझीलाई पार्टी कामका सिलसिलामा रहेको बखत आज बुधबार दिउँसो आफ्नै गाउँबाट...

पुष ११ मा नेविसंघ झापाको अधिवेशन

 बिर्तामोड ,२५ मंसिर । नेपाल बिद्यार्थी संघ झापाको १३ औं जिल्ला अधिवेशन आगामी पुष ११ गते हुने भएको छ । नेविसंघ झापाका सभापति रोशन विष्टको अध्यक्षतामा हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी पुष ११...

कांग्रेस क्षेत्रीय कार्यालय आफनै भवनमा सरयो

दमक,२४ मंसिर । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आफनै नवनिर्मित भवनमा सरेको छ । पार्टीको क्षेत्रीय कार्यालय भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए । दमक ५ स्थित कांग्रेस नगर...

बहुमतको दम्भबाट गरिएको निर्णयप्रति कांग्रेसको आपत्ति

गौंरीगञ्ज,२१ मंसिर । झापाको गौरादह नगरपालिकामा त्तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन ऐन र कानुनलाई मिचेको भन्दै नेपाली कांग्रेस गौरीगञ्ज गाउँपालिकाले आपत्ति जनाएको छ । कांग्रेस गौरीगञ्ज वार्ड नं १ का सभापति दिनेश्वर...

निर्मला पन्तको न्यायको माग गर्देे प्रदर्शन

इलाम ,१६ मंसिर । कञ्चनपुरकी निर्मला पन्तको हत्याराको कारवाहीको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इलाममा आइतबार जनप्रदर्शन गरेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको ४ महिना वितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन...

तीन शीर्ष नेतालाई पूर्व जनसेनाको ज्ञापन

दमक,१५ मंसिर। दश बर्षे माओवादी सशस्त्र युद्ध लडेका पूर्व जनसेनाले आफ्ना १३ बुँदे माग समेटिएको ज्ञापन पत्र तीन पार्टीका शीर्ष नेतालाई बुझाएका छन् । नेपाली कांग्रेस , नयाँ शक्ति पार्टी नेपाल र विप्लव नेतृत्वको...

दमकल किन्न युवाहरुद्धारा चन्दा संकलन

झिलझिले ,१४ मंसिर । झापाको शिवसताक्षी नगरपालिकालाई दमकल किन्न दबाव सृजना गर्ने उद्देश्यले स्थानीय युवाहरुले एक रुपैया चन्दा अभियान सञ्चालन गरि संकलित रकम नगरपालिकालाई बुझाएका छन् । नेपाली कांग्रेस निकट तरुण दलको अगुवाईमा नगरपालिकालाई दमकल...

नेविसंघको महाधिवेशन पुस २८, २९ र ३० मा हुने

झापा ,११ मंसीर । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आउदो पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले मिति तय गरेको हो। बैठकपछि...

सरकार दुई तिहाइको दम्भले अराजक : महामन्त्री कोइराला

दमक,१०मंसीर। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंसाक कोइरालाले वर्तमान सरकार दुई तिहाइको दम्भले अराजक भएको टिप्पणी गरेका छन् । सरकारको चौतर्फी अराजक शैलीले गर्दा देशमा दण्डहिनता बढ्ेको उनको जिकीर छ । दमकस्थित रोयल मुगा होटलमा आज...

सरकारलाई सच्चाउन काँग्रेसले आन्दोलन गर्ने

दमक,१०मंसीर । नेपाली कांग्रेसका नेताहरुले बर्तमान सरकार नसच्चिएर आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारमा जानका लागि होइन्, सरकारलाई जनादेश अनुसार अगाडी बढ्नका लागि आन्दोलन गर्ने नेताहरुको भनाई छ । नेपाल प्रेस युनियनले सोमबार दमकस्थित...