आभाष शाकोसको साधारणसभा सम्पन्न

हाम्रो दमक

कमल,१७ कार्तिक / झापाको कमल गाँउपालिका–५ स्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले शनिवार आफनो दोश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय मंगलमय माध्यमिक विद्यालयको सभाहलमा एक कार्यक्रम गरि सहकारीले आफनो साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष अधिकारी

जिल्ला सहकारी संघका सदस्य प्रेम कोइरालाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष दिनेश अधिकारीले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, वन्दसत्रमा लेखा संयोजक हेमकुमार न्यौपानेले लेखा समितिको तर्फबाट लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन वन्दसत्रलले सुझावसहित पारित गरिएको व्यवस्थापक उमेश शाहले बताए ।
सभामा संस्थाले वर्षभरि उत्कृष्ठ कारोवार गर्ने २८ जना र वालबचत तर्फ ९ जना शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको थियो ।
सभाको उद्घाटनमा प्रमुख अतिथि कोइराला, कमल–५ का वडाध्यक्ष डम्बर निरौला, वडा सहकारी समन्वय समितिका अध्यक्ष बालकृष्ण गौतम, द एभरेष्ट शाकोस दमकका व्यवस्थापक नवराज वाँस्तोलालगायतले सहकारीको महत्वका माथि चर्चा गरेका थिए ।
७ सय ५९ जना शेयर सदस्य रहेको सो सहकारीले चालु आर्थिक बर्षमा ३० लाख रुपैया शेयर पूंजी पुर्याँउने लक्ष्य लिएको उल्लेख छ । गत आर्थिक वर्ष २०७४/०७५ मा शेयर पूंजी १९ लाख ९८ हजार १ सय रहेको थियो । यसैगरि संस्थाले गएको वर्ष निक्षेपतर्फ ५ करोड ६१ लाख ७९ हजार १ सय ५१ ,फिर्तातर्फ ५ करोड ११ लाख ६८ हजार ९ सय ९२ रुपैया कारोवार गरेको थियो । यसैगरि यसवर्ष १ करोड ७१ हजार ३ सय ४१ रुपैया ऋण लगानी गरिने लक्ष्य रहेको संस्थाद्धारा पारित प्रतिवेदनमा उल्लेख छ ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...

रतुवामाई नगरपालिका स्थित वडा नं ७ सिजुवा बजार बाट वडा नं ७ को कादुपाडा जोडने ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । सो सडकको बिहिबार नगर प्रमुख रबिन राई, उप प्रमुख दयन्त देवी चुडालले...

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध,...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा...

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...