इलाममा किवी खेती फस्टउदै, बार्षिक पाँच करोड बढिको कारोबार

हाम्रो दमक

इलाम | मौसम अनुकुल हुँदा यो वर्ष इलाम जिल्लामा किवी खेती फस्टाएको छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा गरिएको किवी खेतीको उत्पादन २८ प्रतिशतले बढ्ने कृषि ज्ञान केन्द् (साबिक जिल्ला कृषि विकास कार्यालय) इलामले जानकारी दिएको छ ।

इलामको सुलुबुड, साँखेजुङ, जमुना, माइमझुवा, माबु, माइपोखरी, बरबोटे, चमैता, शान्तिडाँडा, बाँझोका किसानले पर्याप्त मात्रामा किवी खेती गरेका छन् । केही वर्ष अघि मात्र शुरु भएको किवी खेती इलामका ३५ स्थानमा विस्तार भइसकेको र सो खेतीमा ४ सय किसान संलग्न भइसकेका छन् । किवी खेतीबाट बार्षिक पाँच करोड बढिको कारोबार हुने गरेको छ ।

अर्गानिक रुपमा कीवी खेती गर्दा बजारको समस्या नहुने भएकाले इलाममा किवीमा किसानको आकर्षण बढेको हो । एक बोटमा करिव दुइ सय किलो सम्म उत्पादन हुने किवी मकै बारीमा, चिया बारीमा र अलैचीका बोट माथि थाँग्रा लगाएर रोप्ने गरीएको छ ।

समुद्र सतहदेखि ८ सय मिटर र तीन हजार मिटर उचाइको क्षेत्रमा किवी फल खेती गर्न सकिने हुदा आय आर्जन बृद्धिका लागि महत्वपुर्ण हुने हुन्छ । किवी फलमा १२ किसिमको फलफूलको स्वाद र १७ किसिमको प्रोटिन, भिटामिन र खनिज तत्वहरु पाइन्छ । यो फलबाट जुस, जाम, जेली र वाइन समेत बन्ने भएकाले घरेलु उत्पादनमा समेत यसलाई प्रयोग गर्न सकिने किसानहरुको भनाइ छ ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कृषि/किसान बाट अन्य

बोलो चौकमा खेल समाग्री वितरण तथा सामुहिक मेहन्दी

झापा | झापाको शिबसताक्षी–४ बोलोचौक बजारमा शनिबार बोलोचौक विकास समितिले स्थानीय बालबालिकाहरुलाई खेल सामाग्री बितरण गरेको छ । समितिले सो अवसरमा साउने पर्वमा चेलिबेटीहरुलाई हरियो–पहेलो रङ्गको चुरा र मेहेन्दी लागाउने कार्यक्रम पनि सम्पन्न गरेको बोलोचौक...

झापाका खेत खेतमा टयाक्टर, देखिनै छोडे हल गोरु ! नेपालको कृषि क्षेत्र यता न उता

दमक | केहि वर्ष अघिसम्म पनि झापाका प्राय सवै किसानका घरमा हल गोरुलाई अनिवार्य मान्निथियो । जिल्लाका प्रत्येक किसानले आफनो जग्गाको अनुपातमा हल गोरु पाल्ने चलन रहेको थियो । थोरै खेती हुने किसानका घर...

अनेरास्ववियूले ग¥यो क्याम्पसमा वृक्षारोपण

गौरादह,४ साउन । झापाको गौरादह कृषि क्याम्पसमा अनेरास्ववियूले आज वृहत वृक्षारोपणको आयोजना गरेको छ । अनेरास्ववियूले आफनो प्रथम वर्ष पूरा गरि दोश्रो वर्ष प्रवेशको गरेको अवसरमा वृक्षारोपण गरिएको हो । संविधान सभाका सभासद दिपक...

झापामा २२ प्रतिशत मात्र धान रोपाई

दमक,१९ असार । धान उत्पादनका लागि उर्वर मानिएको झापा जिल्लामा असारको तेस्रो साता वित्न लाग्दा २२ प्रतिशत मात्र धान रोपाई भएको छ । जिल्लाको खेतीयोग्य ९८ हजार ७ सय १६ हेक्टर जमिन मध्ये करिब...

दमकमा पनि धान दिवस

जीवन चुडाल दमक | वर्षायाममा किसानहरुले लगाउने धानबाली असार १५ गते कृषिमा आबद्ध संस्थाहरुले धान दिवस मनाई रोपाईं शुरुवात गरेका छन् । वर्षात शुरु भएसँगै किसानहरुले आफ्नो तरिकाले धान रोपाईं गरेपनि कृर्षि सहकारी संस्थाहरुले धान...

सप्तश्रीका विद्यार्थीहरुले धान रोपे

दमक,१५ असार । १६ औं राष्ट्रिय धान दिवसका अवसर पारेर दमक ९स्थित सप्तश्री एकाडेमीका विद्यार्थीहरुले धान रोपेका छन् । एकाडेमी मा अध्ययनरत साना साना बालबालिकाहरुले दिवसका क्रममा धान रोपाई गरेका हुन् । एकाडेमीका अध्यक्ष अनिल...

राष्ट्रिय धान दिवसमा बुद्धशान्ति गाउँपालिका अध्यक्षले धान रोपे

बुधबारे, असार १५ । झापाको बुद्धशान्ति गाउँपालिकामा पनि राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । दही चिउरा खाने दिन अर्थात् असार १५ गते न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति ३ ले आयोजना गरेको...

बुद्धशान्तिमा सुपारी खेती प्रवर्धन कार्यक्रम सम्पन्न

शान्तिनगर । झापाको बुद्धशान्ति गाँउपालिका ४ मा एक दिने सुवारी खेती प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ । श्री पाथीभरा मिश्रीत कृषक समुह बुद्धशान्ति ४ को आयोजना तथा वाडा कार्यलयको संयोजनमा भएको उक्त कार्यक्रममा स्थानिय क्षेत्रका...

झापाको बिर्तामोडमा कटहर फेष्टिवल हुदै

जीवन चुडाल विर्तामोड । झापाको बिर्तामोड नगरपालिका २ मा रुख कटहर फेष्टिवल हुने भएको छ। गत जेठ ४ गते देखी एक हप्ता लिची फेष्टिवल गराएर एक किसिमको फरक पन दिन सफल भएको श्रीजय ड्रिम ल्याण्ड पार्कले...

७ जना कृषकलाई नगदसहित सम्मान

बुधबारे ,५ असार । झापाको बुद्धशान्ति वडा नम्बर ४ ले बिहिबार ७ जना उत्कृष्ट कृषकलाई जनही १० हजारका दरले प्रोत्साहन रकम सहित सम्मान गरेको छ ।वडाको बजेटबाट ७ जना उत्कृष्ठ कृषकलाई सम्मान गरिएको वडाध्यक्ष...