विपी प्रतिष्ठानमा मौषमी बिरामीको चाप बढयो

हाम्रो दमक

सुनसरी | मौसम परिवर्तन भएसंगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढेको छ । चाप बढेकै कारण अहिले प्रतिष्ठानमा विरामीले सहज रुपमा उपचार गर्न समस्या हुनेगरेको छ ।

यो मौसममा पानीमा दुषित पदार्थ बढी हुने, ६० प्रतिशत विरामी चिसोकै कारण हुने गरेको पाइएको छ । प्रतिष्ठानमा निमोनिया, भाइरलका बिरामी बढी आउने गरेका छन् । ज्वरो अत्याधिक आउने, टाउको दुख्ने, शरीर दुख्ने, शरीरका जोड्नी दुख्ने, रिंग्टा लाग्ने, वान्ता हुने समस्या लिएर बिरामी उपचारमा आउने गरेको प्रतिष्ठानका चिकित्सकहरु बताउछन् ।

यो मौसममा घाटी खस खस गर्ने र खोकी ज्यादा लाग्ने लगायतका समस्या पनि बढी हुने गरेको चिकित्सकहरु भनाई रहेको छ । गर्मी सकिएर जाडोको मौसम आएसंगै विशेष गरेर बालबालिकाको र बृद्धबृद्धाको चाप यो अस्पतालमा चाप बढि रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रमेन्दप्रसाद गुप्ताले बताए । चिसोकै कारण विगतको तुलनामा अहिले बच्चा वार्डमा धेरै बालबालिकाहरु निमोनिया, भाइरल ज्वरोका कारण आउने गरेको प्रतिष्ठाका बाल रोग विशेषज्ञ डा. अरुणकुमारको भनाई छ ।

यो समयमा बच्चाको स्याहार सुहारमा विशेष ध्यान दिनुपर्ने उहाको भनाई छ । विगतमा दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा प्रतिष्ठानमा उपचारका लागि आउने विरामीको संख्या बढेर अहिले दैनिक ३ हजारसम्म पुुगेको तथ्यांक छ । यसमा पनि ७० प्रतिशत विरामी बालबािलका र बृद्धबृद्धा हुने गरेको प्रतिष्ठानले जनाएको छ । बिरामीको अत्याधीक चापका कारण उपचार पाउन समस्या भएको सोलुखुम्बुबाट उपचारकालागि आउनु भएको डिल्ली राउतले गुनासो गरे ।

यो मौसममा लामखुट्टेको संक्रमणबाट लाग्ने रोगको समेत उच्च जोखिम भएकै कारण यसबाट बच्न सावधानी अपनाउनुपर्ने चिकित्सकहरु बताउछन् । गर्मीबाट जाडो प्रवेश गर्ने होस वा जाडोबाट गर्मी प्रवेश गर्ने समय होस् यो मौसममा भाइरल फाइवरका विरामीहरु बढ्ने गरेका छन् । यो मौसममा विशेष गरेर निमोनिया, रुघा खोकी, स्वास्सप्रश्वासको समस्या बढी हुने गरेको चिकित्सकहरु बताउछन् । यसबाट बच्च सावधानीबाहेक अर्को विकल्प नभएको उनीहरुको भनाई छ ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

गौरादहमा प्रदेशस्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुदै

गौरादह,११ जेठ। खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण उद्देश्य हासिल गर्ने लक्ष्य लिएको झापाको गौरादह नगरपालिकाले विभिन्न यस आर्थिक वर्षका लागी विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत हप्ता मात्र सम्पन्न भएको मेयरकप भलिवल...

कमल ५ मा अव्यवस्थित बसोवास समस्या समाधान समिति

दमक ,११ जेठ । वर्षोदेखि बसोवास गरिआएका झापा, कमल गाँउपालिका ५ स्थित गजुरमुखी टोलका बासिन्दाहरुले आफनो जग्गा भूमाफियाले हड्प्न लागेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । शुक्रवार त्यहाँ भएको वृहत भेलाले इन्द्रकुमार राईको संयोजकत्वमा...

प्रसाईको ‘जीवन यात्रा ’कृति लोकापर्ण

दमक,१० जेठ । झापा, दमकका सामाजिक तथा शैक्षिक व्यक्तित्व कोमलराज प्रसाईले ‘जीवन यात्रा ’ नामक कृति निकालेका छन् । दमकमा शुक्रवार एक कार्यक्रमका बीच कृतिको अग्रज साहित्यकार डाक्टर तुलसी भटट्राईले लोकापर्ण गरे । त्यस...

जेम्सको इन्ट्रयाक टोली डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुदै

दमक,१० जेठ । भोलि शनिवारदेखि चितवनको सौराहामा हुने इन्ट्रयाक क्लवहरुको तीनदिने छैठौं डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुन दमकको झापा मोडल अंग्रेजी वोर्डिङ स्कुलका एक टोली आज त्यस तर्फ प्रस्थान गरेको छ । विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठसहितको...

दमक आसपास १० हजार सवारी कारवाहीमा

दमक,१० जेठ । ट्राफिक प्रहरी कार्यालय दमकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ट्राफिक सवारी नियम उलङघन गर्ने ९ हजार वढी सवारी साधनहरुलाई कारवाही गरि रु ६४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका...

कमलको बाँसवारी स्कुलमा जुरेस

कमल ,१० जेठ । झापाको कमल गाँउपालिका वडा नम्बर १ स्थित बाँसवारी माध्यमिक विद्यालयमा रेडक्रस गठन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर  उपशाखाको अगुवाईमा शुक्रवार जुनियर रेडक्रस सर्कल (जुरेस ) गठन गरिएको उपशाखा...

रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको...

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...