प्रदेश नं १ मा १४ औलो रोगी

प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ ।

हाम्रो दमक

दमक  ।  झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ ।

उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै दमक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा विपीनकुमार पाण्डेले मेचीनगर र झापा गाँउपालिकामा यस वर्ष सात जनामा औलोको संक्रमण भेटिएको उल्लेख गर्नुभयो । संक्रमितमध्ये दुईजना रोजगारीका लागि भारतबाट आएका थिए । उहाँका अनुसार झापामा सातसहित मोरङमा तीन, सुनसरीमा दुई र इलाममा दुई संक्रमित छन् । यी जिल्लामध्ये सबैभन्दा धेरै झापामा देखिएको डा पाण्डेले बताउनुभयो ।

औलोबाट भारतीय सीमावर्ती क्षेत्रका १३ जिल्ला अतिप्रभावित, ३३ जिल्ला प्रभावितको अवस्था रहेको कार्यपत्रममा जनाइएको थियो । नेपालबाट औलो उन्मूलन भइसके पनि पछिल्लो समय फाट्टफुट्ट औलोको संक्रमण भेटिन थालिएपछि स्थानीय तहले समेत त्यसविरुद्ध जनचेतनामूलक कार्यक्रम शुरु गरेकोे दमक नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनुभयो ।

अन्तरक्रियामा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलगायतले औलो सार्ने लामखुट्टेलाई निर्मूल गर्न सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नगरपालिकामा भएको अन्तरक्रियामा वडाध्यक्षहरूले औलो रोग नियन्त्रण गर्न सरसफाइ एक मात्र उपाय भएको औँल्याएका थिए ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

झापा प्याब्सनको अध्यक्षमा उप्रेती

दमक,२७ मंसिर । निजी तथा आवशिय विद्यालय अर्गानाइजेसन नेपाल, झपा (प्याव्सन) को अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बुधवार सम्पन्न १२ औ अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागी उप्रेती निर्वाचित भएका हुन् । अध्यक्ष...

बुद्धशान्तिमा २ सय बढीको आँखा जाँच

बुधबारे । झापाको बुद्धशान्तिमा बुधबार एकदिने निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आयोजना, मेची नेत्रालयको प्राविधिक सहयोग तथा एनआईसी एसिया बैंक बुधबारे शाखाको विक्तिय सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा...

सुरु गर्यो आदर्शले “विद्यालय बचाउ” अभियान

बासुदेव न्यौपाने झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका वडा नं. ६ सन्तपुरमा वि.स. २०४५ सालमा स्थापना भई सञ्चालनमा रहेको विद्यालयले आदर्श प्रा. वि. वि.स. २०६०/६२ सालसम्म शान्तिनगरकै उत्कृष्ट विद्यालयमा गणना हुने उक्त विद्यालय बिस्तारै ओरालो लाग्दै जाँदा...

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत समस्या : मन्त्री कार्की

दमक,२२ मंसिर । प्रदेश नं. १ का संघिय मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत समस्या रहेको बताएका छन् । झापाको दमकमा आज संस्थागत विद्यालय शिक्षक यूनियन (इष्टु)को चौथो जिल्ला अधिबेशनको...

जापानिज नायिका नोरिकाको टोलीद्धारा गणेश माविलाई सुविधा सम्पन्न भवन हस्तान्तरण

शान्तिनगर । बुद्धशान्ति ४ मा रहेको गणेश माविलाई सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ । विद्यालयको प्राङ्गणमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई पाँच कोठे पक्कि भवन हस्तान्तरण गरिएको हो । धनश्याम स्मृति प्रतिष्ठान भद्रपुरको...

पूर्व विधार्थिद्धारा ल्यापटप र विपन्न विधार्थिलाई स्वेटर प्रदान

दुहागढी । झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयलाई पूर्व विधार्थिले ल्यापटप र विपन्न विधार्थिहरुलाई स्वेटर प्रदान गरेका छन् । शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमका विच सिंगापुर निवासी पूर्व विधार्थि कृष्ण कडरीयाले विद्यालयलाई एक थान...

एड्सबाट छ संक्रमित, दुईको मृत्यु

पाँचथर, १५ मङ्सिर । यहाँ एचआइभी एड्सबाट छ जना संक्रमित भएको र दुई जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले एड्स दिवसको अवसर पारेर सो तथ्याङ्क सार्वजनिक गरेको हो । एचआइभी...

एड्भान्स हस्पिटलमा पनि स्वास्थ्य विमा

दमक,१४ मंसिर । झापाको दमकस्थित एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलले स्वास्थ्य विमा कार्यक्रम शुरु गरेको छ । सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी वनाउन एड्भान्स हस्पिटलले पनि सेवा विस्तार गरेको जनाएको हो । शुक्रवार हस्पिटल सञ्चालकले...

आर्थिक अभावमा बालकको उपचारमा समस्या

बिर्तामोड,१३ मंसिर । झापा, बिर्तामोड नगरपालिका ४ का १० बर्षिय मन्दिप धिमालको उपचारमा समस्या भएको छ । स्थानीय उर्वसी चौक पश्चिम बस्दै आएका धिमाल गत कार्तिक १९ गते आफु बसेको डेराघरको २ तलेघरबाट खस्दा...

पुस्तकालयलाई २०० पुस्तक प्रदान

दुर्गापुर, मंसीर १३। बिर्तामोडस्थित वीरता जेसीजले झापाको कनकाई नगरपालिका–७ स्थित भृकुटी माविको पुस्तकालयका लागि दुई सय थान पुस्तक प्रदान गरेको छ । सोही विद्यालयमा बिहीबार आयोजित कार्यक्रमका बीच वीरता जेसीजका अध्यक्ष एकराज गिरी र कार्यक्रम...