क्वालालम्पुर । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ ।
शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् । सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् ।
हाल कामदारको न्युनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा पेनिन्सुलार मलेसियामा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ ।
हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदारसमेत लाभान्वित हुनेछन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
शनि, कार्तिक १७, २०७५ मा प्रकाशित
पत्रपत्रिकाबाट बाट अन्य
प्रधानन्यायाधीशमा फेरि यसअघि अस्वीकृत दीपकराज जोशी सिफारिस !
काठमाडाैं | संसदीय सुनुवाइ समितिले यसअघि अस्वीकृत गरेका दीपकराज जोशीको नाम न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा सिफारिस गरेको छ । न्यायपरिषद्ले जोशीसँगै न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पनि सिफारिस गरेको हो ।
‘प्रधानन्यायाधीशका लागि स्थायी न्यायाधीश भई...
अझै खुलेन लाइसेन्सको अनलाइन आवेदन
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको...
नेपाल प्रहरीको पनि समायोजन गर्ने यस्तो तयारी
काठमाडौँ। सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ ।
अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ...
पुर्वराजाका अतिगोप्य ९ वटा कक्ष सर्वसाधारणका लागि खुल्दै !
काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालय अन्र्तगत गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ ।
लामो...
मन्त्रिपरिषद्का निर्णय गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् ।
गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप सचेत गराएका हुन्...
गुटगत स्वार्थका कारण विघटनको संघारमा नेविसंघ
काठमाडौं । माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकुल बनाउन सक्रिय रहँदा संघको...
अब शिक्षकको न्यूनतम योग्यता स्नातक र स्नातकोत्तर
काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था...