कांग्रेस-कम्युनिस्ट मिलेको प्रचण्डको खुलाशा !

हाम्रो दमक

काठमाडौं। नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार पार्टी मुख्यालय सानेपामा आयोजना भएको चियापानमा नेपाली कांग्रेसका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो । चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरेका थिए ।

चियापान कार्यक्रमको उपस्थिति हेर्दा लाग्थ्यो सिंगो देशको प्रतिनिधित्वि थियो । चियापानमा आएका शीर्ष नेताहरुले छोटो-छोटो प्रतिक्रिया दिए। तर, कांग्रेस नेताहरुको भन्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुका भाषण सञ्चारमाध्यममा हावी भए ।

चियापानमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ पुगेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा, नेता लक्ष्मणलाल कर्ण, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबरा, राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाशचन्द्र लोहनी, मन्त्रीहरु, नेपालका लागि भारतीय राजदूत पनि चियापानमा पुगेका थिए।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ : मन्त्री कार्की

 गौरादह,१ माघ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ रहेको बताएका छन् । आज झापाको गौरादहमा पत्रकार भेटघाटमा मन्त्री कार्कीले प्रदेश सरकारले प्रदेश...

जेसीजको अगुवाईमा राष्ट्रिय दिवस मनाइयो

बिर्तामोड, पुस २७। विभिन्न साना राज्यहरुको एकीकरणबाट नेपाल राष्ट्र निर्माण भएको स्मरणमा शुक्रबार झापाको बिर्तामोडमा फरकरुपमा राष्ट्रिय दिवस मनाइयो । पछिल्लो पुस्तासहित आम नागरिकमा राष्ट्रभक्तिको भाव जागृत गराउन गणतन्त्र स्थापनापछि पहिलोपटक सामाजिक संस्थाले सार्वजनिक रुपमा...

नेबिसंघको मोरङ सभापतिमा जैसवालको दावी

 उर्लाबारी, २३ पुस ।  नेपाल बिद्यार्थी संघ मोरङको जिल्ला सभापतिका लागि सुजित जैसवालले आफनो उम्मेद्वारी घोषणा गरेका छन् । संघको जिल्ला सदस्य तथा उर्लाबारी बहुमुखी क्याम्पसका नेबिसंघ सभापति समेत रहेका जैसवालले आज बिहान पत्रकार सम्मेलनको...

कांग्रेस प्रवक्ता शर्माको दौडाहा : चुनावी झल्को

दमक, २० पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा शुक्रवार एकैदिन दमक ,कमल , गौरादह र गौरीगञ्जका आधा दर्जन बढी कार्यक्रमहरुमा सहभागी भएका छन् । विहान ९ वजेदेखि शुरु उनको जिल्ला दौडाहा साँझसम्म चलेको...

‘ सशस्त्र विद्रोहको तयारीमा छौ’

दमक ,१९ पुस। पुनर्गठित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले माक्र्सवाद, लेनिनवाद र माओवादको सिद्धान्त मान्ने पार्टीहरु वीच एकताको प्रकृया अघि बढ्ने बताएका छन् । किराँतीले तत्कालिन नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेका प्रचण्डको नेतृत्वमा...

वर्तमान सरकार कम्यूनिष्टको होइन् : पूर्वमन्त्री यादव

दमक,१८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री महेन्द्र यादवले वर्तमान सरकार कम्यूनिष्टको सरकार नभएको बताएका छन् । लोकतन्त्रमा कम्यूनिष्ट हुदै नहुने जिकीर गर्दे उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कम्यूनिष्ट...

दुव्यवहारको घटना प्रति गाउँपालिकाको आपत्ति

गौरीगंज १४, पुस । तीन दिन अघि गौरीगञ्ज गाउँपालिका वार्ड नं ३ का वडाध्यक्ष मखना महतोलाई दुव्र्यवहार गरेको घटना प्रति भत्र्सना गर्दे गाँउँपालिकाले आपत्ति जनाएको छ ।   गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष महतोलाई गालीगलौज...

तरुण दलले मेलमिलाप दिवस मनाउने

दमक,१४ पुस । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले यहि ४३ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तीनदिन सम्म बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ । सो अवसरमा गाउँ समाज, पार्टी र सिङो राष्ट्रवीच भावनात्मक एकता,...

नेविसंघ झापामा दुई प्यानल

झापा, १३ पुस । नेपाल विद्यार्थी संघ झापा औपचारिक रुपमा विभाजित भएको छ । झापाको विर्तामोडमा विहीबार सम्पन्न संघको १२ औ अधिवेशनले समानान्तर दुई वटा जिल्ला समिति गठन गरेपछि संघ विभाजित भएको हो । संघको...

साम्सोहाङलाई विनाशर्त रिहा गर्न आग्रह

बिर्तामोड । संघीय लिम्बुवान मञ्च नेपाल झापाले मेचीनगर नगर अध्यक्ष हंसबहादुर साम्सोहाङलाई विनाशर्त रिहा गर्न आग्रह गरेको गरेको छ । गत पौष ५ गते विना कारण प्रशासनले पक्राउ गरेको आरोप लगाउँदै निर्दाेष साम्सोहाङलाई विना शर्त...