हात्तीको त्रासमा प्रधानमन्त्री र पूर्व सभामुखका मतदाता

–विष्णु पौडेल

दमक,१६ कार्तिक /  झापाको दमक र इलामको चुलाचुली राष्ट्रिय राजनीतिका दुई हस्तीले पटक पटक राष्ट्रिय निर्वाचन जितेको क्षेत्र हो । चुलाचुली इलामको २ नं निर्वाचन क्षेत्रमा पर्छ भने दमक झापाको क्षेत्र नं ५ । झापाले दोश्रो पटक प्रधानमन्त्रीकै रुपमा यहाँबाट निर्वाचित केपी शर्मा ओलीलाई पाएको छ । ओली देशको कार्यकारी प्रधानमन्त्री छन् । चुलाचुलीले चौथो पटक पूर्व सभामुख सुवास नेम्वाङलाई पायो । यी दुई क्षेत्रका सर्वसाधारणका साझा समस्या धेरै छन् ।

यसमध्येको प्रमुख समस्याका रुपमा बर्षौदेखि हात्तीको समस्या छ । यि दुई जिल्लाका वीचमा रतुवा खोला पर्छ । खोला वारीपारी प्रधानमन्त्री र पूर्वसभामुखका मतदाता बस्छन् । विशेष गरि यहाँका सर्वसाधारणको साझा समस्याका रुपमा रहेको हात्तीको समस्या समाधानमा राज्यको उपल्लो निकायको ध्यान जान सकेको छैन् ।
चुलाचुली –४ का भक्तबहादुर बुढाथोकी भन्छन् –‘ यो ठाउँका सर्वसाधारण पहुँचका आधारमा भन्ने हो भने देशकै कार्यकारी र सबैंधानिक निकायमा प्रतिनिधि पठाउने मतदाता हुन् । तर यहाँको साझा समस्यामा देशको ध्यान जान सकेको छैन् ।’ उनले विकास निर्माणसंगै हात्तीको समस्या बर्षोदेखि झेल्दैआएपनि त्यसको समाधानका लागि राज्यले चासो नदिएको बुढाथोकीको भनाई छ । उनी भन्छन् –‘ जंगली हात्तीबाट बर्सेनी जिउधनको असुरक्षा बढ्दै गएपनि राज्यले हात्ती नियन्त्रणमा चासो दिएको छैन् ।’
बुढाथोकी जस्तै इलाम, चुलाचुली गाउँपालिका वडा नं ४ का वडाध्यक्ष कालिदास भट्टराईको गुनासो उस्तै छ । हात्तीले बर्षेनी जनधनमा ठुलो क्षति पुरयाइरहेपनि सरकारको उपल्लो निकायबाट त्यसको नियन्त्रण र रोकथामका लागि पहल हुन नसकेको उनको बुझाई छ । उनले भने ,–‘ चुरे क्षेत्रका हामी चुलाचुलीबासीहरु राज्यको विभेदमा परेका छौ ।’

दमक र चुलाचुली जोड्ने रतुवा खोलाको किनारै किनार दमकबाट चुलाचुली तर्फ जंगली हात्ती दिनदाहाडै लम्किन्छन् । हात्तीकै कारण गत बर्ष चुलाचुलीमा एक जनाले र दमकमा एक जनाले ज्यान गुमाउनु परेको थियो ।

ती स्थानको दिनचर्या हिजोआज पिरलोउस्तै छ । केहि दिनयता जंगली हात्तीका कारण दमकको वडा नं ३ र दमकसंगै जोडिएको चुलाचुली गाउँपालिका वडा नं ४ र ५ का बासिन्दा रातभर त्रासमा परेका छन् । रातैभर हात्तीको उपद्रोका कारण सर्वसाधारणले सुत्न समेत पाएका छैनन् । दुई वटा हात्ती दमकको उत्तरी क्षेत्रमा रहेको हंसेदुम्से सामुदायिक वन तर्फबाट रतुवा खोला तरेर चुलाचुली –४ को शान्ति चौक हुँदै गाउँपसेपछि सर्वसाधारणले त्रासमा रात कटाउनु परिरहेको चुलाचुली –४ का वडाध्यक्ष भट्टराईले गुनासो गरे । उनले तीन दिनयता सो गाउँपालिकाको वडा नं ५ मा दुईवटा सर्वसाधारणका घर हात्तीले भत्काएको जानकारी दिए। हात्तीले स्थानीय राम प्रसाद दवाडी र पदमकुमारी देवानको र वडा नं ४ का भक्तबहादुर बुढाथोकीको घर हात्तीले भत्काएको थियो । हात्ती पीडित बुढाथोकी भन्छन्– ‘यहाँ हात्तीको पिरले नयाँ आउने पाहुना त रातभर सुत्नै पाउदैनौं ।’

दमक ३ का वडाध्यक्ष नविन बरालले दुई/तीन दिनयता सो वडामा रहेको हंसेदुम्से सामुदायिक वनबाट निस्किएका हात्तीले सर्वसाधारणको निन्द्रा लुटेको बताँउछन् । उनका अनुसार रात पर्नासाथ जंगली हात्तीबाट गाँउलेहरु खबरदारी गर्न बाध्य हुनुपरेको छ । यहाँका सर्वसाधारणले पुल्ठो बाल्ने, चिच्याएर चर्को आवाजमा हल्ला गर्ने र हात्तीबाट जोगिन खबरदारी गर्ने बाहेक अरु विकल्प नरहेको वडाध्यक्ष बरालले बताए । हात्तीको दिर्घकालिन समाधानका लागि आफूहरुले संघीय सरकारका प्रधानमन्त्री र प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएको वडाध्यक्ष बरालले बताएका छन् ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बालगृहका बालबालिकालाई न्यानो कपडा

उर्लाबारी, २७ मंसिर ।     झापाको दमकस्थित सुन्दर समाज नेपालले आज मोरङको उर्लाबारी–७ मा रहेको नमुना बाल गृहका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संस्थाकी कोषाध्यक्ष झरना लक्समको जन्म दिनको अवसर पारेर संस्थाले...

चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण

दमक,२७ मंसिर । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट विहिबार खटिएको अनुगमन टोलीले दमकमा मोटरसाइकल चालकलाई प्रशिक्षण दिएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईं तथा ट्राफिक प्रहरी कार्यालय दमकका कार्यालय प्रमुख दधिराम...

मोटरसाइकलमा जुध्दा एक जनाको मृत्यु

केर्खा,२७ मंसिर । झापाको कमल गाँउपालिकास्थित केर्खा सडकखण्डमा विहिबार एकआपसमा मोटरसाइकल जुध्दा एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का...

मेचीनगर खुला दिसामुक्त नगर घोषणा

काँकरभिट्टा,२७ मंसिर । जनसङ्ख्या तथा भौगोलिक दृष्टिकोणले झापाका अन्य स्थानीय तहभन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका बिहीबारदेखि खुला दिसामुक्त नगर घोषणा भएको छ । नगरपालिकाले ६ नम्बर वडा कार्यालय परिसरमा आयोजना गरेको खुला दिसामुक्त घोषणा सभामा...

वारी पारीको मिलेमतोमा जघन्य अपराध

दमक,२७ मंसिर । भारतको बिहारसंग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठुला ठुला अपराधका घट्नामा भारतीयहरुको संलग्नता देखिदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घट्नामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका भारतीयहरुनै...

कोटा र आरक्षणमा नै रमाउने बानी परिसक्यो

महिलाका लागि सुरक्षीत समाजको परिकल्पना गर्ने हो भने शबैभन्दा पहिला महिलालाई हेर्ने दृष्टिकोण ,गर्ने व्यवहार र उनिहरुको अधिकारको पक्षमा परिवर्तन आउन निकै जरुरि छ । वर्तमान महिलाको अवस्था धरै राम्रो छ र आजको दिनमा...

शिवानीलाई मिस ताजपुरियाको उपाधि

गौरादह ,२६ मंसिर । झापाको गौरादहमा सञ्चालित मिस ताजपुरिया–२०७५ प्रतियोगिताको उपाधि शिवानी ताजपुरियाले जितेकी छिन् । ३२ जना प्रतियोगिहरुलाई उछिन्दै उनले पहिलो मिस ताजपुरियाको उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद,ट्रफिसहित आर्कषक उपहार प्राप्त...

बुद्धशान्तिमा २ सय बढीको आँखा जाँच

बुधबारे । झापाको बुद्धशान्तिमा बुधबार एकदिने निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आयोजना, मेची नेत्रालयको प्राविधिक सहयोग तथा एनआईसी एसिया बैंक बुधबारे शाखाको विक्तिय सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा...

तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न

बिर्तामोड । पंचकन्या महिला बहुउद्येश्यीय सहकारी संस्था बिर्तामोड ३ को आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा तीन/तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न भएको छ । सिलाईकटाई तालिममा १० जना र ब्यूटिसियन तालिममा १२ जनाको सहभागिता...

न्याय माग्दै गौरादहका विद्यार्थीद्वारा प्रदर्शन

गौरादह ,२६ मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दे गौरादहमा विद्यार्थीहरुले आज प्रर्दशन गरेका छन् । सरकारले हत्यारालाई उम्कन नदिने प्रतिवद्धता जनाएपनि हालसम्म वास्तविक दोषीलाई पक्रन नसकेकोमा...