संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने

हाम्रो दमक

विराटनगर, १६ कात्तिक | कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घले संविधानअनुसार कानून निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनुु हँुदैन भन्नुभयो । मन्त्री ढकालले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा सरकारले आन्तरिक गृहकार्य शुरु गरिसकेको बताउनुभयो । प्रदेश सरकारको भावना र चाहानाप्रति सङ्घीय सरकार गम्भीर रहेको भन्दै मन्त्री ढकालले आवश्यक कानून निर्माण गरी यथोचित समयमा प्रदेश सरकारको मागलाई सम्बोधन गर्ने प्रष्ट पार्नुभयो ।

एक प्रश्नको जवाफमा कानूनमन्त्री ढकालले छिटो कानून निर्माण गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ भन्नुभयो । उहाँले न्यायालयका न्यायाधीश र नेपाल सरकारअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीको सम्पत्ति विवरण सरकारसँग रहेको बताउँदै आवश्यकपरेमा मात्र सार्वजनिक गर्न सकिने बताउनुभयो । उहाँले सङ्घीय सरकारले हालसम्म १०० कानून निर्माण गरिसकेको जानकारी दिनुभयो ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

ताप्लेजुङ्ग २७ मंसिर । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै वहिनीलाई बलात्कार गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । नगरपालिका वडा नं १ निवासी १९ वर्षिय बालकले आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।...

बालगृहका बालबालिकालाई न्यानो कपडा

उर्लाबारी, २७ मंसिर ।     झापाको दमकस्थित सुन्दर समाज नेपालले आज मोरङको उर्लाबारी–७ मा रहेको नमुना बाल गृहका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संस्थाकी कोषाध्यक्ष झरना लक्समको जन्म दिनको अवसर पारेर संस्थाले...

चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण

दमक,२७ मंसिर । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट विहिबार खटिएको अनुगमन टोलीले दमकमा मोटरसाइकल चालकलाई प्रशिक्षण दिएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईं तथा ट्राफिक प्रहरी कार्यालय दमकका कार्यालय प्रमुख दधिराम...

मोटरसाइकलमा जुध्दा एक जनाको मृत्यु

केर्खा,२७ मंसिर । झापाको कमल गाँउपालिकास्थित केर्खा सडकखण्डमा विहिबार एकआपसमा मोटरसाइकल जुध्दा एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का...

झापा प्याब्सनको अध्यक्षमा उप्रेती

दमक,२७ मंसिर । निजी तथा आवशिय विद्यालय अर्गानाइजेसन नेपाल, झपा (प्याव्सन) को अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बुधवार सम्पन्न १२ औ अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागी उप्रेती निर्वाचित भएका हुन् । अध्यक्ष...

मेचीनगर खुला दिसामुक्त नगर घोषणा

काँकरभिट्टा,२७ मंसिर । जनसङ्ख्या तथा भौगोलिक दृष्टिकोणले झापाका अन्य स्थानीय तहभन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका बिहीबारदेखि खुला दिसामुक्त नगर घोषणा भएको छ । नगरपालिकाले ६ नम्बर वडा कार्यालय परिसरमा आयोजना गरेको खुला दिसामुक्त घोषणा सभामा...

विप्लवका जिल्ला सदस्य माझी पक्राउ

दमक,२६ मंसिर । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाका जिल्ला सदस्य चमनलाल माझीलाई गिरफ्तार गरेको छ । झापा गाउँपालिका स्थायी घर भएका माझीलाई पार्टी कामका सिलसिलामा रहेको बखत आज बुधबार दिउँसो आफ्नै गाउँबाट...

शिवानीलाई मिस ताजपुरियाको उपाधि

गौरादह ,२६ मंसिर । झापाको गौरादहमा सञ्चालित मिस ताजपुरिया–२०७५ प्रतियोगिताको उपाधि शिवानी ताजपुरियाले जितेकी छिन् । ३२ जना प्रतियोगिहरुलाई उछिन्दै उनले पहिलो मिस ताजपुरियाको उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद,ट्रफिसहित आर्कषक उपहार प्राप्त...

बुद्धशान्तिमा २ सय बढीको आँखा जाँच

बुधबारे । झापाको बुद्धशान्तिमा बुधबार एकदिने निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आयोजना, मेची नेत्रालयको प्राविधिक सहयोग तथा एनआईसी एसिया बैंक बुधबारे शाखाको विक्तिय सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा...

तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न

बिर्तामोड । पंचकन्या महिला बहुउद्येश्यीय सहकारी संस्था बिर्तामोड ३ को आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा तीन/तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न भएको छ । सिलाईकटाई तालिममा १० जना र ब्यूटिसियन तालिममा १२ जनाको सहभागिता...