स्याङ्जामा विश्वकप सुरु

नेपाल हवाई खेलकुद संस्था तथा बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजनामा भएको यो विश्वकप नेपालकै पहिलो हो ।

हाम्रो दमक

स्याङ्जा । स्याङ्जाको भीरकाेमा प्याराग्लाइडिङ विश्वकप सुरु भएको छ । शुक्रबार सुरु भएको यो प्रतिष्पर्धा चार दिन चल्ने छ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजनामा भएको यो विश्वकप नेपालकै पहिलो हो ।

विश्वकपबाट नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्या वृद्धि गर्ने र हवाई खेललाई विश्वमै परिचित गराउने अपेक्षा गरिएको छ । प्रतिष्पर्धामा स्वरेक मैदानबाट टेक अफ गरेका खेलाडीहरु डौवाफाँटमा पुगेर अवतरण गर्नु पर्ने छ । पुरुष र महिला एकल तथा समुह गरी ४ विधामा विश्वकप प्रतिष्पर्धा गराइने छ ।

विश्वकपमा नेपाल सहित क्यानडा, चीन, हंगेरी, ईप्जिप्ट, भारत, ईन्डोनेसिया, दक्षिण कोरिया, उत्तर कोरिया, पाकिस्तान, साउदी अरेबिया, सिंगापुर, थइल्याण्ड, अमेरिका, युएई, फ्रान्स, टर्की, बेलायत, जापान, मलेसिया, मंगोलिया, इरान गरी ३० देशका एक सय ५० खेलाडी सहभागी भएको एड्भेन्चर क्लबका अध्यक्ष कृष्ण जंग केसीले बताए । केसीका अनुसार प्रतियोगिताका लागि बिहीबार साँझसम्म २१ देशका ९८ जना खेलाडीले नाम दर्ता गराइसकेका थिए ।

विश्वकपको लागि प्रमुख निर्णायक बेलग्रेडका एफएआईका प्रमुख जोनाडिक उल्गेसा, निर्णायकको रुपमा ईन्डोनोसियाका माकुर एफान्डी र मीट डाइरेक्टरमा ईन्डोनेसीयाकै टोनी सुसान्टो आईसकेका छन् ।

खेल प्राविधिक सानुबाबु सुनुवारका अनुसार प्रतियोगिता ६ राउण्डको हुने छ । साथै आफ्नो राउण्डमाा तोकिएको घेराभित्र ‘ल्याण्ड’ गर्दै कम अंक ल्याउने उत्कृष्ट हुने छन् ।

प्रतियोगितामा एकल प्रतिस्पर्धामा प्रथम हुनेले एक हजार यूरो, द्धितीयले ७ सय ५० यूरो र तृतियले ५ सय यूरोसहित पदक, मेडल सहित प्रमाणपत्र पाउने छन् । समूहगत प्रथम हुनेले एक हजार ५ सय, एक हजार २ सय द्धितिय र तृतियले ७ सय यूरो सहित मेडल, प्रमाणपत्र र पदक पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा एक करोड ७७ लाख ९० हजार रुपैयाँ आम्दानी गरी एक करोड ५७ लाख ७ हजार ८ सय खर्च हुने अनुमान आयोजक समितिले गरेको छ ।

विश्वकपको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलका माध्यमद्धारा मुलुकलाई चिनाउनुपर्ने बताएका छन् । यसका लागि सात वटै प्रदेशमा खेलकुद रंगशाला संचालन गर्ने मन्त्री विश्वकर्माले बताए ।

यस्तै उनले ७ सय ५३ वटै स्थानीय तहमा रंगशाला निर्माण गर्न आग्रह गर्दै त्यसको ७० प्रतिशत खर्च केन्द्रीय सरकारले ब्यहोर्ने प्रतिवद्धता व्यक्त गरे । भीरकोट नगरपालिका–५ मैदानमा सुरु भएको एक्युरेसी प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिताको बिहीबार उद्घाटन गर्देै मन्त्री विश्वकर्माले छोटो अवधिमा राम्रो प्रर्दशन गरेको प्याराग्लाईडिङका लागि भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । विश्वकप प्रतियोगिताको व्यवस्थापन जिल्ला समन्वय समिति स्याङ्जाले गरेको हो ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

माघको पहिलो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता

मेचीनगर । माघको पहिलो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता मेचीनगरमा हुने भएको छ । आयोजक लोकतान्त्रिक खेलकुद संघ मेचीनगर समितिले काँकरभिट्टा माविको खेलमैदानमा प्रतियोगिता गर्न लागेको बुधबार जानकारी दिएको छ । संघका अध्यक्ष...

दमकमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

दमक,२४ मंसिर । महिलाहरुका लागि दमकमा आज सोमबारदेखि महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । दमक ५ वडा कार्यालयको आयोजना तथा केआइएफ कुरोदय मार्शल आर्टस संघ झापाको प्राविधिक सहयोगमा एक हप्ते तालिम...

आयोजकलाई हराउदै विर्तामोड युनाईटेड फाईनलमा

मेचिनगर । झापाको मेचिनगरमा जारी आदर्श नकआउट फुटबल प्रतियोगिता–२०७५ को सोमबारको खेलमा विर्तामोड युनाईटेड विर्तामोडले आयोजक आदर्श धिमाल समाजलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको छ । मेची विद्योदय प्रा.वि (सेन्ट्री स्कुल) को खेल मैदानमा...

प्रथम भोटेटार नकआउट फुटबल प्रतियोगिताको उपाधि नवज्योतिलाई

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा सम्पन्न प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि नवज्योति युथ क्लब जयपुरले उचालेको छ । शनिबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नवज्योति युथ क्लब जयपुरले आयोजक भोटेटार क्लबलाई ट्राइबेकरमा ४।१...

उपाधिका लागी नवज्योति क्लब र आयोजक भोटेटार क्लब भिड्दै

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागी आज नवज्योति युथ क्लब जयपुर र आयोजक भोटेटार क्लब भिड्ने भएको छ । सेमीफाइनलमा कुटिडाँडा इलामलाई ४।१ ले हराउँदै नवज्योति युथ...

झापाबाट भलिबलका २० खेलाडी छनौंट

दमक,२१ मंसिर । आठौ राष्ट्रिय भलिवल प्रतियोगिताका लागि झापाबाट २० जना खेलाडीहरु छनौट भएका छन् । खेलाडी छनौट गर्न गठित समितिले आज झापाको सुरुङ्गामा सम्पन्न छनौट खेलमा १० महिला र १० पुरुष गरि विद्यागत...

उपाधिका लागी नवज्योति युथ क्लब र आयोजक भोटेटार भिड्ने

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागी नवज्योति युथ क्लब जयपुर र आयोजक भोटेटार क्लब भिड्ने भएको छ । आज भएको दोस्रो सेमीफाइनलमा कुटिडाँडा इलामलाई ४।१ ले हराउँदै...

शक्ति गाैचनले क्रिकेटकाे सबै फर्मबाट सन्यास लिने

भैरहवा । गएको जुलाईमा नेदरल्यान्ड्समा भएको एक दिवसीय अन्तर्राष्ट्रिय खेलबाट विदेशी भूमिमा आफ्नो खेलजीवन टुंग्याइसकेका शक्ति गौचनले शनिबारबाट एभरेस्ट प्रिमियर लिगपछि सन्यास लिने भएका छन् । नेपालमा हुने अन्तर्राष्ट्रिय खेलबाटै पूर्ण रूपमा सन्यास लिने चाहना राखेका शक्तिकाे...

चुलाचुली अंग्रेजी स्कुलमा सदनात्मक फूटबल

दमक,२१ मंसिर । झापाको दमक–१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ्ग स्कुलमा सञ्चालित अन्तर सदनात्मक फुटवल प्रतियोगिताको सम्पन्न भएको छ । बुधबार स्कुलमा सम्पन्न फाइनल खेलमा छात्रातर्फ रोडोडे«न्डन सदन विजयी भएको छ । विजेता सदनले जस्मिन सदनलाई...

खुदुनाबारीलाई हराउँदै आयोजक भोटेटार फाइनलमा प्रबेश

बुद्धशान्ति । खुदुनाबारी स्पोटिङ क्लबलाई ट्राइबेकरमा पराजित गर्दै आयोजक भोटेटार क्लब झापाको बुद्धशान्तिमा जारी प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमीफाइनलमा खुदुनाबारीलाई ट्राइबेकरमा ४।२ ले...