काङ्ग्रेसको चियापान सानेपामा शुरु

छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ ।

हाम्रो दमक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ ।

चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरिरहनुभएको छ ।

हरेक वर्ष विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनको १३ औँ दिन नपुगेका कारण आज गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । विगत पाँच वर्षदेखि अस्वस्थ रहनुभएका नेता बाँस्तोलाको गत असोज २७ गते निधन भएको थियो । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आजै केन्द्रीय कार्यालयसहित ७७ वटा जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चल्नेछ ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसले चियापान तथा जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, पत्रकार, गैरआवासीय नेपाली सङ्घसंस्थाका प्रमुखलगायत विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने पार्टी प्रवक्ता शर्माले बताउनुभयो ।

काङ्ग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

बुद्धशान्तिमा नेवि संघको राँके जुलुस

बुद्धशान्ति ।  वर्तमान केपी ओलीको सरकारलाई अधिनाकतावादी सरकारको संज्ञा दिँदै २ तिहाइको दम्भमा राज्यको हित विपरित कार्य गरेको भन्दै यसको विरोधमा नेपाल विद्यार्थीसंघ बुद्धशान्तिले बुधबार बेलुका राँके जुलुस निकालेको छ । बुधबारे बजार बिच चोकबाट...

कांग्रेसका अवरोधका बीच, बहुमतका साथ चिकित्सा शिक्षा विधेयक पास

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री...

सरकारले कागजको मात्र पानी जहाज चल्छ भनेर ब्यंग्य गर्नेहरुलाई साँच्चिकैको पानी जहाज चलाए देखाउने

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारले नेपालमै पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सूचना तथा सञ्‍चार मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्‍चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले...

पत्रकार बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान

धुलाबारी । पत्रकार देबु बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजको जनकपुरमा सम्पन्न ४५ औँ राष्ट्रिय अधिवेशनमा बानियाँलाई नेपाल जेसीज वर्ष २०१८ मा उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको हो ।...

त्रिचन्द्र क्याम्पसमा आगलागी ! यस्तो छ क्षतिको अवस्था

काठमाडौं। घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले...

दुई अध्यक्ष मिलेर संसारकै नमूना तरिकाले काम गरेकाछौ: प्रधानमन्त्री ओली

काठमाडौँ, १ पुस | प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी...

१७ हजार त बन्द गरी सकियो अब ३ लाख पोर्नसाइट बन्द गर्छौ: सञ्चार मन्त्रि बास्कोटा

काभ्रे । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले थप तीन लाख पोर्न साइट बन्द गर्ने बताएका छन् । जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा पीएसटीएन एक्टेन्सन टेलिफोन एक्सचेञ्जको उदटन गर्दै उनले १७ हजार पोर्न साइट बन्द गरेको र...

गृहमन्त्रीकै अगाडी विष सेवन गर्ने पूर्व जनसेना भन्छन -‘माग पुरा नभए मन्त्रालयमै आत्मघाती बनेर पड्किनेछु’

काठमाडौं, १२ मंसिर । बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृहमन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सूरु गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुसुमले...

१२६ घण्टा लगातार नाचेर बन्दनाले राखिन गिनिज बुकमा नेपालको नाम ! (भिडियो सहित )

काठमाडौ । संसारकै सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड राखेकी छिन् । लागातर १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकीछिन् । मंसिर ७...

काठमाडौँमा फेरी लागु हुँदै सवारीमा जोर विजोर प्रणाली

काठमाडौं । सरकारले मंसिर १४ देखि १७ गतेसम्म हुने एसिया प्यासिफिक समिटका लागि काठमाडौंमा चल्ने सवारीलाई जोर विजोर प्रणाली लागू गरेको छ । उक्त कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु आउने भन्दै गृह मन्त्रालयले...