सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश

राज्य विरुद्धको अपराधको मुद्दामा पक्राउ परेका राउतलाई प्रहरीले अहिले सांगठित अपराध मुद्दामा अनुसन्धान गर्न म्याद मागेको हो ।

हाम्रो दमक

रौतहट । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई जिल्ला अदालत रौतहटले बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।

राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउतसहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा रहेका छन् ।राउतसँगै जिल्ला संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् ।

राज्य विरुद्धको अपराधको मुद्दामा पक्राउ परेका राउतलाई प्रहरीले अहिले सांगठित अपराध मुद्दामा अनुसन्धान गर्न म्याद मागेको हो ।सांगठिक अपराधको मुद्दामा अनुसन्धानका लागी प्रहरीले ६० दिनसम्म म्याद पाउने कानूनी प्रावधान रहेको छ ।

जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठको इजलासमा बिहीबार भएको बहस पछिको फैसला अनुसार स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई थप १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश भएको हो ।

फैसला पश्चात गठबन्धनका संयोजक राउतले सामान्य तारेख लिन अदालतमा आउँदा परिसरबाटै पक्राउ गरेर अनावश्यक मुद्दा चलाएकोमा दुःख व्यक्त गरेका छन ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

पत्रकार बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान

धुलाबारी । पत्रकार देबु बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजको जनकपुरमा सम्पन्न ४५ औँ राष्ट्रिय अधिवेशनमा बानियाँलाई नेपाल जेसीज वर्ष २०१८ मा उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको हो ।...

त्रिचन्द्र क्याम्पसमा आगलागी ! यस्तो छ क्षतिको अवस्था

काठमाडौं। घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले...

दुई अध्यक्ष मिलेर संसारकै नमूना तरिकाले काम गरेकाछौ: प्रधानमन्त्री ओली

काठमाडौँ, १ पुस | प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी...

१७ हजार त बन्द गरी सकियो अब ३ लाख पोर्नसाइट बन्द गर्छौ: सञ्चार मन्त्रि बास्कोटा

काभ्रे । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले थप तीन लाख पोर्न साइट बन्द गर्ने बताएका छन् । जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा पीएसटीएन एक्टेन्सन टेलिफोन एक्सचेञ्जको उदटन गर्दै उनले १७ हजार पोर्न साइट बन्द गरेको र...

गृहमन्त्रीकै अगाडी विष सेवन गर्ने पूर्व जनसेना भन्छन -‘माग पुरा नभए मन्त्रालयमै आत्मघाती बनेर पड्किनेछु’

काठमाडौं, १२ मंसिर । बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृहमन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सूरु गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुसुमले...

१२६ घण्टा लगातार नाचेर बन्दनाले राखिन गिनिज बुकमा नेपालको नाम ! (भिडियो सहित )

काठमाडौ । संसारकै सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड राखेकी छिन् । लागातर १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकीछिन् । मंसिर ७...

काठमाडौँमा फेरी लागु हुँदै सवारीमा जोर विजोर प्रणाली

काठमाडौं । सरकारले मंसिर १४ देखि १७ गतेसम्म हुने एसिया प्यासिफिक समिटका लागि काठमाडौंमा चल्ने सवारीलाई जोर विजोर प्रणाली लागू गरेको छ । उक्त कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु आउने भन्दै गृह मन्त्रालयले...

राष्ट्रपतिलाई गाडी किनिदिन सडकमा भीख माग्दै युवा !

काठमाडौँ, ८ मंसिर । पछिल्ला केही दिन देखी राष्ट्रपिलाई १८ करोडको गाडी किन्ने समाचार बाहिएपछि यसले चौतर्फी आलोचना पाईरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी साधन खरिद गर्ने प्रक्रियाप्रति सांकेतिक विरोध गर्दै...

खुलेको १५ मिनेटबाटै रोकियो लाइसेन्सको आवेदन !

काठमाडौँ।लामो समयपछि शुक्रवारबाट खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला भएकाे १५ मिनेट बाटै रोकियो। लाइसेन्सको अनलाइन आवेदन विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको हो । दशैंअघि...

बहिर्गमित जनमुक्ति सेनाले रुँदै भने-‘बोको हरामजस्तो नेताका घर–घर गएर आत्मघाती भएर विष्फोटन हुन्छौं’

काठमाडौ, ७ मंसिर । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले अबको दुई महिनाभित्र आफूहरुका माग सम्बोधन नगरे नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अंगालो हाली आत्मघाती बनेर पड्किने चेतावनी दिएका छन्...