तिहार नजिकिँदै गर्दा आठ करोडको तास, कहाँबाट अाउँछ यत्राे तास ?

असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ।

हाम्रो दमक

काठमाडौं । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ।

यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ।

सबैभन्दा धेरै तास असोजमा भित्रिएको खबर सन्तोष न्यौपानेले आजको नागरिक दैनिकमा लेखेका छन्।नेपालीको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा छ। तिहारलाई लक्षित गरेर तास भित्रिएको देखिन्छ।

तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख रुपैयाँको तासमध्ये असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ।

साउनमा एक करोड ४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ । असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ।

सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ।

विगतका तथ्यांक हेर्दा तिहार आउनुभन्दा एकदुई महिनाअघि मात्रै ठूलो परिमाणमा तास आयात भएको देखिन्छ।

चालु आवमा पनि सबैभन्दा बढी तास चीनबाट आयात भएको छ। तथ्यांकअनुसार चीनबाट ७ करोड ८७ लाख ४६ हजार रुपैयाँका ५१ लाख ५० हजार ८ सयभन्दा धेरै प्याकेट तास आयात भएको छ।

बाँकी तास भारत र बेलायतबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

नेपालमा अमेरिका, हङकङ, मलेसिया, पोल्यान्ड, ताइवान, थाइल्यान्डबाट पनि तास आयात हुन्छ। मुलुकमा हरेक वर्ष आयातमा वृद्धि हुँदै गए पनि तास खेल्न भने प्रतिबन्ध लागेको छ।

मनोरञ्जनका लागि जुवा घर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ।

सरकारले तास खेल्नेमाथि कारबाही गरे पनि यसको बिक्रीमा भने कडाइ गरेको छैन।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

गौरादहमा प्रदेशस्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुदै

गौरादह,११ जेठ। खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण उद्देश्य हासिल गर्ने लक्ष्य लिएको झापाको गौरादह नगरपालिकाले विभिन्न यस आर्थिक वर्षका लागी विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत हप्ता मात्र सम्पन्न भएको मेयरकप भलिवल...

कमल ५ मा अव्यवस्थित बसोवास समस्या समाधान समिति

दमक ,११ जेठ । वर्षोदेखि बसोवास गरिआएका झापा, कमल गाँउपालिका ५ स्थित गजुरमुखी टोलका बासिन्दाहरुले आफनो जग्गा भूमाफियाले हड्प्न लागेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । शुक्रवार त्यहाँ भएको वृहत भेलाले इन्द्रकुमार राईको संयोजकत्वमा...

प्रसाईको ‘जीवन यात्रा ’कृति लोकापर्ण

दमक,१० जेठ । झापा, दमकका सामाजिक तथा शैक्षिक व्यक्तित्व कोमलराज प्रसाईले ‘जीवन यात्रा ’ नामक कृति निकालेका छन् । दमकमा शुक्रवार एक कार्यक्रमका बीच कृतिको अग्रज साहित्यकार डाक्टर तुलसी भटट्राईले लोकापर्ण गरे । त्यस...

जेम्सको इन्ट्रयाक टोली डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुदै

दमक,१० जेठ । भोलि शनिवारदेखि चितवनको सौराहामा हुने इन्ट्रयाक क्लवहरुको तीनदिने छैठौं डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुन दमकको झापा मोडल अंग्रेजी वोर्डिङ स्कुलका एक टोली आज त्यस तर्फ प्रस्थान गरेको छ । विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठसहितको...

दमक आसपास १० हजार सवारी कारवाहीमा

दमक,१० जेठ । ट्राफिक प्रहरी कार्यालय दमकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ट्राफिक सवारी नियम उलङघन गर्ने ९ हजार वढी सवारी साधनहरुलाई कारवाही गरि रु ६४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका...

कमलको बाँसवारी स्कुलमा जुरेस

कमल ,१० जेठ । झापाको कमल गाँउपालिका वडा नम्बर १ स्थित बाँसवारी माध्यमिक विद्यालयमा रेडक्रस गठन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर  उपशाखाको अगुवाईमा शुक्रवार जुनियर रेडक्रस सर्कल (जुरेस ) गठन गरिएको उपशाखा...

रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको...

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...