चुलाचुलीमा खेलकुद सप्ताह सम्पन्न

हाम्रो दमक

चुलाचुली,१५ कार्तिक/ इलामको चुलाचुली गाउँपालिका वडा नं ४ स्थित चुलाचुली इङलिस बोर्डिङ स्कूलले खेलकुद सप्ताह बिहिबार सम्पन्न गरेको छ ।
सप्ताह अन्तर्गत अन्तर विद्यालय म्याराथुन, अन्तर विद्यालय फुटबलसहित पाँच विधामा गाउँपालिका अन्तर्गतका विद्यालयहरुवीच प्रतियोगिता सञ्चालन गरिएको छ ।

त्यसैगरी चुलाचुली इङलिस बोर्डिङ स्कूलको अन्तरसदनात्मक प्रतियोगिता अन्तर्गत विभिन्न पाँच विद्यामा खेलकुद कार्यक्रमहरु सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल घनश्याम पौडेलले जानकारी दिए ।
सो अन्तर्गत साढे ३ किलोमिटर मिनि म्याराथुन प्रतियोगितामा बालज्योति मावि चुलाचुलीका सञ्जय लिम्बु पहिलो, सोहि विद्यालयका जीवन तामाङ दोश्रो र न्यू सनफ्लावर बोर्डिङ ःकूलका मनकुमार लिम्बु तेस्रो भएका अतिरिक्त कृयाकलाप संयोजक तरुणडिओ राईले जानकारी दिए ।
त्यस्तै अन्तर विद्यालय फुटबल प्रतियोगितामा बालज्योति मावि पहिलो र श्रीअन्तु मेमोरियल दोश्रो भएका थिए । विद्यालयका प्रिन्सिपल पौडेलको अध्यक्षता र चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहालको प्रमुख आतिथ्यमा भएको थियो । समापन कार्यक्रममा विद्यालयका संस्थापक सञ्चालक पदम सापकोटा, चुलाचुली– ४ का वडाध्यक्ष कालिदास भट्टराई, स्थानीय विद्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायतले विजेता खेलाडी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका विद्यालयका सञ्चालक प्रविण सापकोटाले जानकारी दिए ।

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

ताप्लेजुङ्ग २७ मंसिर । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै वहिनीलाई बलात्कार गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । नगरपालिका वडा नं १ निवासी १९ वर्षिय बालकले आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।...

बालगृहका बालबालिकालाई न्यानो कपडा

उर्लाबारी, २७ मंसिर ।     झापाको दमकस्थित सुन्दर समाज नेपालले आज मोरङको उर्लाबारी–७ मा रहेको नमुना बाल गृहका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संस्थाकी कोषाध्यक्ष झरना लक्समको जन्म दिनको अवसर पारेर संस्थाले...

चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण

दमक,२७ मंसिर । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट विहिबार खटिएको अनुगमन टोलीले दमकमा मोटरसाइकल चालकलाई प्रशिक्षण दिएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईं तथा ट्राफिक प्रहरी कार्यालय दमकका कार्यालय प्रमुख दधिराम...

मोटरसाइकलमा जुध्दा एक जनाको मृत्यु

केर्खा,२७ मंसिर । झापाको कमल गाँउपालिकास्थित केर्खा सडकखण्डमा विहिबार एकआपसमा मोटरसाइकल जुध्दा एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का...

झापा प्याब्सनको अध्यक्षमा उप्रेती

दमक,२७ मंसिर । निजी तथा आवशिय विद्यालय अर्गानाइजेसन नेपाल, झपा (प्याव्सन) को अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बुधवार सम्पन्न १२ औ अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागी उप्रेती निर्वाचित भएका हुन् । अध्यक्ष...

मेचीनगर खुला दिसामुक्त नगर घोषणा

काँकरभिट्टा,२७ मंसिर । जनसङ्ख्या तथा भौगोलिक दृष्टिकोणले झापाका अन्य स्थानीय तहभन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका बिहीबारदेखि खुला दिसामुक्त नगर घोषणा भएको छ । नगरपालिकाले ६ नम्बर वडा कार्यालय परिसरमा आयोजना गरेको खुला दिसामुक्त घोषणा सभामा...

विप्लवका जिल्ला सदस्य माझी पक्राउ

दमक,२६ मंसिर । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाका जिल्ला सदस्य चमनलाल माझीलाई गिरफ्तार गरेको छ । झापा गाउँपालिका स्थायी घर भएका माझीलाई पार्टी कामका सिलसिलामा रहेको बखत आज बुधबार दिउँसो आफ्नै गाउँबाट...

शिवानीलाई मिस ताजपुरियाको उपाधि

गौरादह ,२६ मंसिर । झापाको गौरादहमा सञ्चालित मिस ताजपुरिया–२०७५ प्रतियोगिताको उपाधि शिवानी ताजपुरियाले जितेकी छिन् । ३२ जना प्रतियोगिहरुलाई उछिन्दै उनले पहिलो मिस ताजपुरियाको उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद,ट्रफिसहित आर्कषक उपहार प्राप्त...

बुद्धशान्तिमा २ सय बढीको आँखा जाँच

बुधबारे । झापाको बुद्धशान्तिमा बुधबार एकदिने निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आयोजना, मेची नेत्रालयको प्राविधिक सहयोग तथा एनआईसी एसिया बैंक बुधबारे शाखाको विक्तिय सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा...

तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न

बिर्तामोड । पंचकन्या महिला बहुउद्येश्यीय सहकारी संस्था बिर्तामोड ३ को आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा तीन/तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न भएको छ । सिलाईकटाई तालिममा १० जना र ब्यूटिसियन तालिममा १२ जनाको सहभागिता...