दोस्रो मिडियाकप : रेडियो सनराईज सेमिफाईनलमा प्रबेश

हाम्रो दमक

झापा। रेडियो सनराईज टिम दोस्रो मिडियाकप २०७५को सेमिफाईनलमा प्रबेश गरेको छ । आज भएको खेलमा सप्तरङ्गी एफएम दमक लाई सडन डेथमा पराजित गर्दै रेडियो सनराईज सेमिफाईनलमा प्रबेश गरेको हो ।

बिवेचना दैनिक पत्रिकाको आयोजनामा भएको खेलको निर्धारित समयमा दुवै तर्फबाट २ । २ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा गउको थियो । टाईब्रेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडनडेथमा भएको हो ।

सडनडेथमा सनराइज एफएमका गोल किप्पर सविन खवासको उत्कृष्ट किपिङका कारण सनराइज एफ एम सेमीफाइनलमा प्रबेश गरेको हो । त्यसैगरि सेमीफाइनलमा भोलि सनराइज एफ एमले मेरो रेडियो र यलम्बर टाइम्ससँग दिउसो १ बजे भिडने छ ।

६२ बर्षिय खेलाडि मदन तामाङ सहित मैदानमा उत्रिएको सनराइजले सेमिफाईनलमा भोलि मेरो रेडियो र यलम्बर टाइम्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । उपकप्तान आयुष निरौलाको स्थानमा मैदान प्रबेश गरेका तामाङले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यसैगरि आज भएका खेलमा जनसंसद, लोकतन्त्र पोष्ट र रेडियो सरगमको टिम र आयोजक विवेचजना दैनिकले दोस्रो सेमीफाइनलमा प्रबेश गरेका छन । जनसंसद, लोकतन्त्र पोष्ट र रेडियो सरगमको टिमले मेची टाइम्स दैनिकलाई र आयोजक विवेचनाले आम सञ्चार डटकमलाई पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको थियो ।

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

गौरादहमा प्रदेशस्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुदै

गौरादह,११ जेठ। खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण उद्देश्य हासिल गर्ने लक्ष्य लिएको झापाको गौरादह नगरपालिकाले विभिन्न यस आर्थिक वर्षका लागी विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत हप्ता मात्र सम्पन्न भएको मेयरकप भलिवल...

सन्दिप बार्बाडोसबाट सिपिएल खेल्न ७० हजार डलरमा अनुबन्ध

बिर्तामोड । नेपालका लेग स्पिनर सन्दिप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग सिपिएल क्रिकेट खेल्ने भएका छन् । लेग स्पिनर सन्दिपलाई यसपटक बार्बाडोस ट्राइडेन्टले आफ्नो टोलीमा आबद्ध गरेको हो । अघिल्लो सिजन उनले सेन्ट...

राष्ट्रपति रनिङशिल्डको स्थानीय तह र जिल्लास्तरीय छनौटको मिति तय

बिर्तामोड । झापा जिल्लास्तरीय ११ औं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठक मंगलबार सम्पन्न भएको छ । उक्त समितिका संयोजक एवँ जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले स्थानीय...

यूएफसीका एक्ला नेपाली खेलाडी युकी 

दमक,७ जेठ । झापा, दमक २ घर भई हाल वेलायतमा बस्दै आएका २० बर्षिय युकी आङ्गदेम्बेले अन्तराष्ट्रिय स्तरको यूएफसी खेलमा विभिन्न पदक जित्दैआाएका छन् । अल्टिमेट फाइटिङ च्याम्पियनसीप ( यूएफसी ) मा एक वर्षदेखि आवद्ध...

धरान उपमहानगरपालिकाद्धारा खेलाडी प्रोत्साहन

खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले धरान उपमहानगर नगरपालिकाले यस वर्ष पनि एक जनालाई बर्ष खेलाडीको रुपमा एकजानलाई सम्मानगर्ने भएको छ । धरान उपमहानगरपालिका अन्र्तगतको नगर खेलकुद विकाश समितिले २०७४ देखि शुरु गरिएको ‘धरान बर्ष खेलाडी’ को...

जेठ १० बाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदै

तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जेठ १० गतेबाट २५ गतेसम्म प्रतियोगिता हुने...

जर्मन बुन्डेस लिगा उपाधिको आज अन्तिम खेल, बायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड कसले लग्ला !

एजेन्सी | झन्डै एक दशकपछि जर्मन बुन्डेस लिगाको उपाधि छिनोफानो अन्तिम लिग खेलमा हुँदैछ । शीर्षस्थानमा रहेको बायर्नलाई उपाधि जित्न मात्र १ अंक आवश्यक छ । उपाधि होडमा रहेका दुई टोली बायर्न म्युनिख र बोरुसिया...

विश्वकपका दाबेदार ४ टोली, इंग्ल्यान्डको सम्भावना धेरै

एजेन्सी | एकदिवसिय विश्वकप आउन अब मात्र तीन साता बाँकी छ । इन्डियन प्रिमियर लिग (आईपीएल) गत आइतबार देखि सकिएपछि अब सबैको ध्यान इंग्ल्यान्ड र वेल्समा ३० मे देखि सुरु हुने वान डे विश्वकपमा...

दमकमा नगरस्तरिय खेलकुद प्रतियोगिता शुरु

दमक नगर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । दमक नगर खेलकुद बिकास समितिको आयोजना तथा दमक नगरपालीकाको सहयेग रहेको प्रतियोगिता १५ गते चल्ने छ । प्रतियोगिता दमकका ३ स्थानमा संचालन हुने प्रतियोगितामा...

नेरेसो उपशाखा कपको उपाधि खुदुनावारीलाई

दमक, ३१ बैशाख । झापाको कमल गाँउपालिकामा आयोजित एकदिवसीय जिल्लास्तरिय नेरेसो अन्तर उपशाखा कपको उपाधि खुदुनावारी उपशाखाले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा खुदुनावारीले हल्दिवारी उपशाखालाई शुन्यका विरुद्ध २ गोल गरि उपाधि चुमेको हो...