रेखाको ‘मालिका ‘ लाई करिश्माको स्यालुट !

हाम्रो दमक

काठमाडौं। शुक्रबारबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘मालिका’को यतिबेला विभिन्न ठाँउमा ‘च्यारिटी शो’ र विशेष शो भइरहेका छन्। फिल्म हेरेर निस्कने क्रममा अभिनेत्री करिश्मा मानन्धरले रेखाको काम समाजका लागि निकै प्रेरणादायक रहेकोे प्रतिकृया दिइन्।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘फिल्म हेरिरहँदा यो फिल्म हो या आफू भित्रको वास्तविक भावना हो, छुट्याउन मलाई गाह्रो भइरहेको थियो। त्यसअर्थमा मलाई ‘मालिका’ एउटा फिल्म भन्दापनि मोटिभेशनल क्लासजस्तो लाग्यो।’

फिल्मको तारिफ गर्दै उनले थपिन्,‘रेखाले आफ्ना हरेका फिल्ममा महिला, महिला अधिकार र महिला हिंसाको विषय उठाएको हुन्थ्यो तर ‘मालिका’मा रेखाको काम निकै गहिराई सम्म पुगेको देख्न सकिन्छ। यसले मलाई के लाग्यो भने यो स्तरमा पुगेका कलाकारले अब गर्नुपर्ने काम पनि यही हो। रेखा रियल हिरो हुन्।’

करिश्माले रेखाको ग्ल्यामर र मनोरञ्जनको दुनियामाथि बोल्दै भनिन्, ‘यसअघि जुन कुरा रेखामा देखिँदै आएको थियो आजपनि छ। रेखाले देखाउने मनोरञ्जनको मात्रा पनि फिल्ममा जीवन्त छ र मैलेपनि त्यो मनेरञ्जन लिएँ। तर, रेखाको मनोरञ्जनसँग यसअघिनै परिचित भएर पनि होला मनोरञ्जनभन्दा ‘मालीका’को विषयवस्तुले म धेरै प्रभावित बन्न पुँगे।’

प्रशंसाकै क्रममा करिश्माले रेखालाई स्याल्युट गर्नसमेत पछि परिनन्। भनिन्, ‘रेखाले जुन विषयमा काम गरेकी छन् त्यसको लागि म खै के भनौँ, ‘स्याल्युट फर हर एण्ड हर टिम।’

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

प्रमोद खरेलको ‘झुमा झुमा’ ट्रेण्डिङ् १ मा , ३ दिनमै १३ लाख बढि भ्यूज (भिडियो)

बिर्तामोड । गायक प्रमोद खरेलको ‘झुमा झुमा’ म्युजिक भिडियो सार्बजनिक भएको ३ दिनमै १३ लाख बढि भ्यूजसहित नम्बर १ ट्रेण्डिङ्मा पुगेको छ।  आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत...

अस्ट्रेलियामा केकी, गोबिन्द भन्दै झुक्किन वा झुक्याईएको !

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि...

जेठ २४ देखि ‘रेस’ प्रर्दशनमा

दमक,३ बैशाख । आउदो जेठ २४ गते देखि ‘रेस’ फिल्म प्रर्दशनमा आउने भएको छ । लिवाङ फिल्मस प्रोडक्सन र माता पाथीभरा फिल्मस् प्रालिको संयुक्त व्यानारमा निर्माण भएको रेस आउदो जेठ २४ देखि एकैसाथ देशभरिका...

युवायुवतीहरु साँगीतिक मनोरञ्जनमा झुमिए

दमक ,३० चैत । नव वर्षको पूर्व सन्ध्यामा दमकेली युवायुवतीले साँगीतिक मनोरञ्जन लिएका छन् । उनीहरुले नव वर्ष २०७६ प्रवेशको पूर्व सन्ध्यामा विदाइ हुने क्रममा रहेको ०७५ सालको चैत्र २९ गते साँगीतिक मनोरञ्जन लिएका...

गायिका टिका प्रसाँईको “सुम्पेको छु जीवन” सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । चर्चित गायिका टिका प्रसाँईकोे नव बर्षको कोशेली “सुम्पेको छु जीवन” सार्बजनिक भएको छ । आर बी थापाको शब्द अनि संगीत रहेको गितको भिडियो ओएस आर डिजीटल मार्फत बजारमा आएको हो । उक्त...

‘दाल भात तरकारी’को युनिट दमकमा

दमक ,२६ चैत । प्रर्दशनका क्रममा रहेको नेपाली चलचित्र ‘दाल भात तरकारी’को प्रमोशनका लागि चलचित्र युनिट आज झापाको दमक आईपुगेको छ । मह सञ्चारले निर्माण गरेको सो चलचित्रको निर्माण तथा अभिनयकर्ता कलाकारहरुको शीर्ष टोलीले दमकमा...

बिर्तामोडमा प्रदेश १ स्तरिय सौन्दय प्रतियोगिता

विर्तामोड,२६ चैत । एसईई परिक्षा दिएर बसेका किशोरीहरुको क्षमता उजागर गराउने उद्देश्यले झापाको बिर्तामोडमा प्रदेश १ स्तरिय सौन्दय प्रतियोगिता हुने भएको छ । ड्म्सि वल्र्ड इन्टरटेण्मेन्टको व्यानरमा इकोम मिस एसईई प्रोविन्स वान २०१९ को तयारी...

मिस धिमालको ताज निमालाई

उर्लाबारी ,१८ फागुन । मिस धिमालको ताज उर्लाबारीस्थित आम्बारीकी निमा धिमालले जितेकी छिन् । शुक्रबार उर्लाबारी ८ अठियाबारीको न्यु भिजन एकाडेमीको प्राङगणमा सम्पन्न ग्राण्ड फिनालेमा आफना १९ जना प्रतियोगिहरुलाई उछिन्दै निमाले यसवर्षको ताज जितेकी...

मिस झापा कलेज डिभाको उपाधि सोनिकालाई

बिर्तामोड,१२ फागुन । मिस झापा कलेज डिभा २०१९ को उपाधि झापा बिर्तामोडकी सोनिका राजबंशीले जितेकी छिन् । नेपाललाई समृद्ध बनाउन कसरी सकिन्छ ? भन्ने निर्णायकको प्रश्नको उत्कृष्ट उत्तर दिदै बिर्तामोडको देवी मावि कक्षा १२...

र्यापर भिटेन पाडाजुंगी महोत्सवमा आज आउदै

दमक,२६ माघ । चर्चित र्यापर भिटेनले आज शनिवार झापाको पाडाजुंगीमा जारी मिनी महोत्सवमा आफ्नो दमदार प्रस्तुति दिने भएका छन् । चर्चित र्यापर समीर घिसिङ (भिटेन)ले आज साँझ महोत्सवमा प्रस्तुति दिने भएका आयोजकले जनाएका छन्...