यसकारण विस्थापित हुँदैछन प्रदेश ३ का मन्त्री केशव स्थापित !

स्थापितले मुख्यमन्त्री पौडेलसँग विकासका अवधारणाको विषयमा फरक बुझाइ रहेको बताए। उनले काम नहुनुमा आफू मात्रै जिम्मेवार नभएको दाबी

हाम्रो दमक

काठमाडौँ । स्थापितलाई मन्त्रीबाट हटाउने विषयमा पार्टी नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेलसहितका नेताहरुको टोली बिहीबार दिउँसो प्रदेश राजधानी हेटौँडाबाट काठमाडौँ हिँडेको छ।

‘मुख्यमन्त्रीसहितको टोली काठमाडौंका लागि हिँडेका छौं, मन्त्री स्थापितका विषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसँग परामर्श गर्ने तयारी रहेको छ,’ मुख्यमन्त्री निकट स्रोतले नेपालखबरसँग भन्यो। मन्त्री स्थापितले मुख्यमन्त्रीलाई पटक पटक अभद्र व्यवहार गरेको गरेको र काम नगरेका कारण हटाउने तयारी गरिएको उनले दाबी गरे। बुधबार साँझ प्रदेश मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच चर्काचर्की भएको थियो। यसअघि पनि दुईबीच विवाद हुँदै आएको बताइएको छ। बैठकमा पौडेलले काम गर्नुपर्ने महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिँदासमेत कार्य सम्पादन देखिएको भन्दै स्थापितको आलोचना गरेका थिए।

मुख्यमन्त्रीसँग विवाद भएपछि मन्त्री स्थापित काठमाडौं फर्किसकेका छन्। पौडेलअघि नै प्रधानमन्त्री ओलीसँग भेट्ने कोसिसमा रहेका छन् स्थापित।स्थापितले मुख्यमन्त्री पौडेलसँग विकासका अवधारणाको विषयमा फरक बुझाइ रहेको बताए। उनले काम नहुनुमा आफू मात्रै जिम्मेवार नभएको दाबी गरे।

‘मेरो स्वर नै ठूलो हो। बोल्दा चर्कोजस्तो भइहाल्छ। तर, मुख्यमन्त्री र मेरो विकाससम्बन्धी अवधारणा नै फरक रहेको छ,’ स्थापितले भने, ‘काम हुन नसकेकोमा मुख्यमन्त्रीलाई दबाब होला। काम नहुनुमा मेरो मात्रै कमजोरी रहेको छैन।’ प्रदेश ३ का अर्का एक मन्त्रीका अनुसार स्थापित पहिलेदेखि नै मन्त्रिपरिषदको बैठकमा अलि चर्को र असमान्य रुपमा प्रस्तुत हुन्थे। ‘तर बुधबारको बैठकमा स्थापित मुख्यमन्त्रीविरुद्ध गालीगलौजमै उत्रिए’, उनले भने, ‘विगतमा असहमति वा असन्तुष्टी हुन्छ तर त्यसलाई मर्यादित रुपमा राख्नुहोस् भनेर सम्झाउने गरको थियौं, हिजोको बैठकमा उनको प्रस्तुती सबैलाई छक्क पार्ने प्रकारका थियो।’

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल तथा प्रदेश कमिटीका नेतहरुसँग छलफल गरेर स्थापितलाई हटाउन मुख्यमन्त्री पौडेल र अर्थमन्त्री कैशाल ढुंगेलल हेटौंडाबाट काठमाडौं हिंडेका हुन्।नेपाल खबरले लेखे अनुसार स्थापितसँगको विवादपछि मुख्यमन्त्री पौडेलले एकै मन्त्रिपरिषदमा उनीसँग काम गर्न नसक्ने बताएका थिए । काठमाडौं महानगरपालिकामा पूर्व मेयरसमेत रहेका स्थापितले पहिले मुख्यमन्त्रीमा दाबी गर्दै आएका थिए। तर हेटौँडा नगरपालिकामा पूर्व मेयर रहेका पौडेलले मुख्यमन्त्रीमा बाजी मारेपछि दुबैका बीचमा टकराव देखिन थालेको हो।

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

स्थानीय तहको बिकास सम्बन्धी बहस

दमक,११ चैत । झापाको दमकमा आज एक दिने स्थानीय तहको बिकास सम्बन्धी छलफल सम्पन्न भएको छ । स्थानीयतहको विकासमा स्थानीयवासीहरुको चासो अभिबृद्धि गर्न सघाँउ पुरयाँउन उद्देश्यले छलफल कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति झापा,...

दमकका नगर प्रमुख ओलीले माफी मागे

दमक,११ चैत । आफुले दिएको अभिव्यक्तिबाट पत्रकारिता क्षेत्रमा आघात पुगेको गुनासो आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले त्यसप्रति माफी मागेका छन् । आईतबार दमकमा आयोजित आधारभुत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्तिले पत्रकारिता जगत तथा...

‘वर्तमान सरकार जनवादी केन्द्रीयता लादन उद्यत’

विर्तामोड ११ चैत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न उद्यत रहेको आरोप लगाएका छन् । । नेपाल प्रेस युनियन झापाको सोमबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा आयोजित पत्रकार भेटघाटमा...

सीप र संस्कारयुक्त शिक्षामा सप्तश्री एकाडेमीको जोड

दमक,११ चैत । झापाको दमक ९ स्थित सप्तश्री एकाडेमीले सीप र संस्कारयुक्त शैक्षिक पठनपाठन सञ्चालन गरिआएको जनाएको छ । गएको वर्षदेखि सञ्चालनमा आएको सो एकाडेमीले आज दमकमा पत्रकार सम्मेलन गरि शैक्षिक गुण स्तरसंगै विश्व वजारमा...

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

दमकमा हुने वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र

दमक,१० चैत । झापाको दमकमा यहि चैत १७ देखि १९ सम्म हुने त्रिदिवसीय वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र पारिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र दमक नगरपालिका प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने वृहत वाङ्मय...