प्रधानमन्त्री कहिले हुन्छन् डिस्चार्ज र कस्तो छ स्वास्थ्य अवस्था ?यस्तो छ पछिल्लो अपडेट

‘रगतको रिपोर्ट नर्मल अवस्थामा आएको छ । छिट्टै स्वास्थ्य लाभ गरेर छिट्टै फर्कनु हुनेछ ।’

हाम्रो दमक

काठमाडौं, १५ कार्तिक । छातिको संक्रमणका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुध्रिँदै गएको छ । उनलाई डिस्चार्ज गर्नेबारे चिकित्सकले छलफल थालेका छन् ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्राडा उत्तम कृष्ण श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले लगभग पूर्ण स्वास्थ्य लाभ गर्नुभएको छ भन्ने ठानेका छौं । डिस्चार्ज कहिले गर्ने भन्ने विषयमा छलफल गरेका छौं तर टुंगो लगाएका छैनौं ।’

उनले अघि भने, ‘रगतको रिपोर्ट नर्मल अवस्थामा आएको छ । छिट्टै स्वास्थ्य लाभ गरेर छिट्टै फर्कनु हुनेछ ।’

अस्पतालले विहीबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा ओलीको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको र छिट्टै सामान्य स्थितिमा फर्किने उल्लेख छ ।

प्रधानमन्त्री ओली चार दिनअघि त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमी, निजी चिकित्सक डा दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा सन्त कुमार दासको टोली खटिएको छ।

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

आमा र छोरीको हत्या प्रयास

झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...

विद्युत चुहिएर किरानामा आगोलागी ,लाखौको क्षति

दमक,९ जेठ । बिद्युत चुहिएर गएराती झापाको दमक चौकमा रहेको एउटा किराना पसलमा आगोलागी हुदाँ लाखौंको क्षति भएको छ । दमक ५ स्थित मनोज साहको किराना पसलमा राती करिव ११ : ३० बजे आगोलागी हुँदा...

बिभत्स हत्याकाण्डबाट बाँच्न सफल खजुमको उपचार प्रदेश सरकारले गर्ने

पाँचथरको आरुबोटेनजिकै नौ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो ।...

प्रदेश १ मा मानब हत्याको श्रृंखला बढयो

पछिल्लो समय प्रदेश नम्बर १ मा मानब हत्याको श्रृंखला बढेर गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रदेश १ का कुल १४ जिल्लाका बिभिन्न स्थानमा बितेका १० महिनामा ६७ जनाको हत्या भएको १ नम्बर प्रदेश प्रहरी...

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...

पाँचथर हत्या प्रकरण : झुण्डिएको अवस्थामा फेला परेकामाथि प्रहरीको शंका

पाँचथर । पाँचथरको मिक्लाजुङ–३ मा नौ जनाको हत्या भएकै दिन घटनास्थलभन्दा ३ घण्टा परको दुरीमा अर्का एक ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झुण्डिएको अवस्थामा फेला पर्नेमा मानबहादुर माखिम रहेको बताइएको छ...

पाँचथरमा दुई परिवारका नौ जनाको हत्या

फिदिम, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राती स्थानीय धनराज शेर्मा...