अब जापान जान चाहानेलाई खुशीको खबर, अनलाइनबाट भाषा परीक्षा दिन पाउने

नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन्।

हाम्रो दमक

काठमाडौं । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन्।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए।

कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महिना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ। सोको प्रमाणपत्र १० दिनमा लिने पाइनेछ। परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक हप्तापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ।

जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको छ। सोही संस्थासँग मोगले सहकार्य गरी परीक्षा सञ्चालन गर्न लागेको हो। मोगका प्रमुख कार्यकारी अधिकृत प्रजापतिका अनुसार विद्यार्थीबाहेकले पनि भाषा परीक्षा दिने पाउनेछन्। परीक्षा शुल्क रु तीन हजार ५०० लाग्छ। परीक्षा अनलाइनबाट जति बेला पनि दिन सकिन्छ।

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

पुष्प धिरेन्द्र स्मृती प्रतिष्ठानले दमकका विद्यार्थीलाई तेह्रथुम घुमायो

झापा | पुष्प धिरेन्द्र स्मृति प्रतिस्ठानले झापा दमकका बिद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण गराएको छ । प्रतिष्ठानले केहि दिन अघि दमकमा सम्पन्न दमक नगरस्तरीय खेलकुद प्रतियोगिताका बिभिन्न बिधाका बिजेताहरुलाई भ्रमणका लागि तेह्रथुमको तिनजुरे मिल्के, धनकुटाको...

कोरियन भाषा परीक्षाको तयारीमा हुनुहुन्छ ! तपाईको केन्द्र कहाँ पर्यो, सम्पूर्ण विवरण

काठमाडौ । सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ। यही जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा...

एक्सेलको दुइदिने प्रशिक्षण कार्यक्रम समापन

विर्तामोड । जेठ १९,  एक्सेल डेभलपमेन्ट बैंक लि. ले दुइदिने प्रशिक्षण कार्यक्रमको समापन गरेको छ । बैंकले पछिल्लो समय कर्मचारीको बृत्ती विकासका लागी लगातार साप्ताहिक रुपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । त्यसैको निरन्तरता स्वरुप...

 मेलामा ८ सय ९९ लाई रोजगारी

उदयपुरको गाईघाटमा शुक्रबार भएको बृति परामर्श तथा रोजागार मेलाबाट करिब एक हजार जना बेरोजगारहरुले रोजगारी प्राप्त गरेका छन । रोजगार मेलामा ८ सय ९९ जना बेरोजगार सूचना फारम भरेर ठाउको ठाउँ रोजागर पाएका हुन् ।...

जगद्गुरु, जन्मस्थल र यस क्षेत्रको संम्भावना

बुद्धशान्ति । अनन्तश्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्री ले नेपाल राष्ट्रका धार्मिक निधिहरुको वेद पुराणका प्रमाणका आधारमा आदिगंगा सप्तकौशिकी प्राचीन हरिद्वार वराहक्षेत्र मोहिनीरुप विष्णुले अमृतघटको तर (छाली) बाट स्थापनागरेको रुद्रक्षारण्यको पिण्डेश्वर महादेव र...

बुद्धशान्ति गाउँपालिकामा साहसिक खेल जीप फ्लाईङको संम्भावना पनि देखियो

बुद्धशान्ति । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मनपराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाईङ सञ्चालनमा छन् । झापाको बुद्धशान्तिमा पनि जीप फ्लाईङको संम्भावना देखिएको छ...

कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल...

धनकुटामा भेटियो अर्को अनौठो गुफा र झरना

धनकुटा धनकुटा नगरपालिका बडा नम्बर एक ओक्मालुङ्गका युवा आफ्नो क्षेत्रमा भएको पर्यटकिय स्थलको प्रबद्र्धनमा जुटेका छन् । स्थानिय लुङलाङ्ग सामुदायीक बन भित्र रहेको गुफा र झरना प्रबद्र्धनमा युवा जुटेका हुन् । बन भित्र करिब एक...

युनियन लाइफ इन्स्योरेन्सको दमकमा अफिस

दमक | झापाको दमकमा युनियन लाइफ इन्स्योरेन्सको एजेन्सी अफिस खोलिएको छ । गत बिहिबार एक कार्यक्रमका बिच उक्त अफिसको कार्यालय शुभारम्भ गरिएको हो । कम्पनीका मेची अञ्चल प्रमुख तिर्थ राज कार्कीबाट रिवन काटी कार्यालयको उद्घाटन...

बिर्तामोड महोत्सव : व्यवस्थित र उत्कृष्ट

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् । ११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढा–टाढादेखिका...