बैतडीमा सासू-बुहारी बेपत्ता पछि बुहारी मृत फेला

निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासू पार्वती खोजतलास गर्न जाँदा पार्वतीसमेत बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

हाम्रो दमक

बैतडी । बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन् ।

मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । बेपत्ता हुनेमा मृतक निर्मलाकी सासू ५२ वर्षीया पार्वती भट्ट रहेकी छन् ।

बुधबार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासू पार्वती खोजतलास गर्न जाँदा पार्वतीसमेत बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

दुवै रातिसम्म पनि घर नफर्किएपछि घरपरिवारका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीबार बिहान स्थानीय ओडीगाउँ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

निर्मलाकी सासू पार्वती अहिलेसम्म पनि बेपत्ता रहेकी छन् । बेपत्ता पार्वतीको खोजीका लागि प्रहरी चौकी खोचलेकबाट प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको छ ।

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

जेसीज तालिम केन्द्रमा ३० लाख बढीका काम

दमक,३० जेठ । दमक जेसीजको एक वर्ष अघि निर्माणाधिन सामुदायिक तालिम केन्द्र भवनमा हालसम्म ३० लाख बढीको काम भएको छ । दमक ८ मा विभिन्न दाताहरुले उपलव्ध गराएको ४ कठ्ठा जमीनमा निर्माणाधिन सुविधासम्पन्न तालिम...

दमकबाट हराइन ७ बर्षिया बालिका, देख्नु हुनेले सम्पर्क गरेर सहयोग गरौ

दमक | झापा बिर्तामोड कृषी चौकनिवासी शुक्रराज जोगीकी ७ बर्षिया बालिका पुर्णिमा जोगी आज दमक बसपार्कबाट हराएकी छिन् । आज बुधबार बिहान छीमेकी दिदिले लिएर गएकी छोरी पुर्णिमा अझ सम्म परिवारको सम्पर्कमा आएकी छैनन ।...

न्यू कञ्चनको स्थापना दिवसमा संस्थापक देखि कर्मचारी सम्म सम्मानित

बुद्धशान्ति । न्यू कञ्चन कृषि सहकारी संस्था लि. बुद्धशान्ति–३ ले आप्mनो १० औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । संस्थाका अध्यक्ष ईश्वरीराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा स्थापना कालमा सहयोग तथा सहकारीको कल्पनाकार धनपति...

रक्तदाता दिवसमा प्रभातफेरिसहित रक्तदान

दमक,२९ जेठ । विश्व रक्तदाता दिवसका अवसर पारेर आगामी शुक्रवार दमकमा प्रभातफेरिसहित रक्तदान कार्यक्रम गरिने भएको छ । रक्तदान सम्बन्धी सचेतना दिन तथा निशुल्क रगत उपलव्ध गराउन माग गर्दे नेपाल स्वमसेवी रक्तदाता समाजले यहाँ...

तामाङ्ग घेदुङ बुद्धशान्तिको नेतृत्व चयन

शान्तिनगर,२७ जेठ ।<नेपाल तामाङ् घेदुङ बुद्धशान्तिको नेतृत्व चयन भएको छ । बुद्धशान्ति गाउँपालिका भित्र बसोबास गर्ने तामाङ् जातिको टिमाई शिविरमा शनिबार सम्पन्न प्रथम अधिवेशनले मेन बहादुर थिङ तामाङ्को अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो...

उपभोक्ता सचेतनाबारे अन्तरक्रिया

दमक,२७ जेठ । उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा सोमबार दमकमा उपभोक्ता सचेतना बारे अन्तरक्रिया सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको प्राविधिक सहयोग र समन्वय तथा द एशिया फाउण्डेशनसँगको...

कमल ७ को वडा कार्यालय शिलान्यास

दमक,२७ जेठ । झापाको कमल गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । भवनको सोमवार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले शिलान्यास गरे । जिल्ला समन्वय समितिबाट प्राप्त...

दुई बुदे सहमती पछी कन्काई अस्पतालमा राखेको मृतकको लास परीवारले बुझ्यो

झापा । बिरामीको मृत्यु पश्चात बिर्तामोडको कनकाई अस्पतालमा उत्पन्न तनाव सहमती पछि साम्य भएको छ । पिडित पक्ष र अस्पताल प्रशासन बीच आइवार राती दुई बुँदे सहमती भएसँगै पिडितले लास उठाएका छन् । उपचारका क्रममा...

मोटरसाईकल दुर्घटनामा सरदारको मृत्यु

मोरङ, जेठ २६ गते । मोरङको कटहरी गाउँपालिका ७ भौडाहामा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमाबुढीगंगा गाउँपालिका ५ का १९ बर्षीय निरज सरदार रहेको जिल्ला प्रहरी...

एभरेष्ट रेष्टुरेन्ट एण्ड बारमा गायक ढकाल आउने

दमक,२६ जेठ । दमकमा सुरु हुन लागेको अत्याधुनिक रेष्टुरेन्ट एभरेष्ट लन्ज रेष्टुरेन्ण्ट एण्ड बारमा चर्चित गायक रामकृष्ण ढकाल आउने भएका छन् । आगामी जेठ ३१ गते शुक्रबार बाट औपचारिक शुभारम्भ हुन लागेको रेष्टुरेण्टको उद्घाटनका...