नेपाल टेलिकमको रिचार्ड कार्ड चोरी गर्ने पक्राउ

उक्त रिचार्ड कार्डको मूल्य रु १६ लाख १० हजार रहेको उहाँले बताउनुभयो ।

हाम्रो दमक

दाङ  । जिल्ला प्रहरी कार्यालय दाङले लाखाँै मूल्यका नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउपछि आज सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकारसम्मेलन गरी रोल्पा माडी गाउँपालिका–१ बस्ने २१ वर्षीय दलबहादुर रोकालाई रिचार्ज कार्डसहित सार्वजनिक गरेको हो । रोकासँग रु ५० का रिचार्ड कार्ड १५ हजार २००, रु १०० का २१ हजार रु ५०० का ७२० गरी जम्मा ३६ हजार ९२० वटा रिचार्ज कार्ड बरामद गरिएको प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

उक्त रिचार्ड कार्डको मूल्य रु १६ लाख १० हजार रहेको उहाँले बताउनुभयो । रोकाले ती कार्ड चोरेर रोल्पाको थवाङ गाउँपालिका–२ का विभिन्न ठाउँमा बेचबिखन गरिरहेको सूचना पाएपछि यहाँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउपछि अनुसन्धान गर्दा थप कार्ड उनको प्यूठान स्वर्गद्वारी नगरपालिका–७ स्थित ससुराली घरमा लुकाएको अवस्थामा बरामद गरिएकोप्रहरीले जनाएको छ । घोराहीका एक व्यवसायीले गत असोज २३ गते १७ लाख मूल्य बराबरको कार्ड चोरी भएको भन्दै प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराउनुभएको थियो । निजलाई रोल्पा र प्यूठान प्रहरीको समेत सहयोगमा पक्राउ गरिएको हो । रोकाविरुद्ध चोरी मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

मोटरसाईकल ठक्करवाट मृत्यु

दमक ,१ चैत । यात्रुवहाक वसको ठक्करवाट झापाको कमल गाँउपालिका ४ स्थित चुलाचुली मोडमा आज साँझ एक जना मोटरसाइकल चालकको मृत्युभएको छ । मृत्युहुनेमा झापा, दमक ५ का ३२ बर्षिय जीवन लिम्बु रहेको इलाका प्रहरी...

विद्युत चुहिएर दुई मजदुर घाईते

दमक ,१ चैत । विद्युत चुहिएर झापाको दमकको शुक्रवार विहान दुई जना मजदुर सख्त घाईतेभएका छन् । दमक ६ स्थित लाइफलाइन अस्पताल अगाडि बिद्युतको काम गर्दै आएका मजदुर ट्रान्समिटरको तारमा एक्कासी विद्युत चुहिदाँ जिल्ला ओखलढुंगा...

शिवसताक्षीमा सोलार प्लान्ट सञ्चालनमा आउने

झिलझिले,३० फागुन । मुलुकले भोगिरहेको उर्जा संकटलाई मध्यनजर गर्दै झापाको शिवसताक्षीमा सोलर पावरद्वारा विद्युत उत्पादन गरिने भएको छ । झापा ईनर्जी लिमिटेडले शिवसताक्षी ४ स्थित बुलु चोकमा ८७ करोडको लागतमा १० मेघावट क्षमताको सोलार...

इलामको माइपोखरीमा आगलागीबाट ४ घर नष्ट

इलाम,३० फागुन । इलामको उत्तरी पर्यटकीय स्थल माइपोखरी नजिकैको बस्तीमा आगलागी हुँदा चार घर जलेका छन् । सन्दकपुर गाउँपालिका वडा नं २ माइपोखरी अगाडि रहेका घरमा आगलागी भएको हो । चार घरमा आधा दर्जन होटल...

लखनपुर रेडक्रसद्धारा संस्थापकलाई सम्मान

कमल ,३० फागुन । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले रेडक्रस स्थापनाका संस्थापकहरुलाई सम्मान गरेको छ । उपशाखाको आज सम्पन्न छैठौ उपशाखा सभाको उद्घाटनमा सामाजिक क्षेत्रका अग्रज पूर्णानन्द शर्मासहित ७ जना संस्थापक समितिका...

दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम भोलिदेखि ।

बिर्तामोड । सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम फागुन ३० गते बिहीबारदेखि हुने भएको छ ।  महाअभियान समितिको आयोजना तथा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा हुने दोस्रो चरणको कार्यक्रमको उद्घाटन झापाको...

हाटखोलाका जग्गा खाली गर्न मञ्जुर

दमक,२७ फागुन । विवादीत रहेको दमक ७ स्थित हाटखोला क्षेत्रका सुकुम्बासीहरुले जग्गा खाली गर्ने भएका छन् । दमक नगरपालिकाले सुविधासम्पन्न सपिङ सेन्टर वनाउने योजना अघि सारिएको त्यस क्षेत्रका तीन वटा परिवारले जग्गा खाली गर्ने...