झापाका स्थानीय तहमा इजलास कक्षको अभाव, दमक नगरपालिकामा मात्र आफ्नै कक्ष

उपयुक्त जग्गा पाउने वित्तिकै इजलास कक्षसहितको भवन बनाउँछौं ।

हाम्रो दमक

भद्रपुर । स्थानीय तहमा छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ ।

झापाका १५ स्थानीय तह मध्ये दमक नगरपालिकाले मात्र तीन महीना अघिदेखि छुट्टै इजलास कक्ष तयार गरी न्यायिक सम्पादन गर्दै आएको छ ।

कतिपय स्थानीय तहको आफ्नै भवन छैन । भवन भएकामा कोठा अभावका कारण छुट्टै इजलास कक्ष बन्न सकेको छैन । न्याय सम्पादनकै क्रममा कतिपय बेला पीडित र पीडकबीच हात हालाहालकै अवस्था सिर्जना हुने गरेको छ । भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले इजलास कक्षभन्दा बाहिर न्याय सम्पादनमा गोपनीयताको समस्या आउने बताउनुहुन्छ । अधिवक्तासमेत रहनुभएकी श्रेष्ठले नगरपालिकाको बन्दै गरेको भवनमा व्यवस्थित इजलास कक्ष बनाइने बताउनुभयो ।

“इजलास कक्षमा बसेर न्याय सम्पादन गर्दा अनुशासित, मर्यादित र सुरक्षित हुँदोरहेछ”, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले भन्नुभयो, “बैठक कक्षमा इजलाश बस्दा गर्दा पक्ष र विपक्षबीच कहिलेकाहीँ हात हालाहालकै अवस्था सिर्जना हुने, अपशब्द बोल्ने, हुलहुज्जत हुने गथ्र्यो, इजलास कक्षमा न्याय सम्पादन गर्न थालेपछि सबै रोकियो ।”

उहाँले मुद्दाका प्रकृतिअनुसार पीडितले न्याय पाउन सजिलो होस् भन्ने उद्देश्यले नगरपालिकाले अधिवक्ता नै राखेर न्याय सम्पादन गर्दै आएको बताउनुभयो । उपप्रमुख अधिकारीले सानातिना मुद्दा कोठामै मिलाउने गरे पनि सम्बन्ध विच्छेद, घुरेलु हिंसा, मानाचामल भराउने र जग्गाका विवाद प्रायः इजलास कक्षबाट समाधान गर्दै आएको बताउनुभयो ।

साउनबाट शुरु इजलास कक्षबाट न्याय सम्पादन गर्न थालेपछि मात्र ६४ मुद्दा नगरपालिकामा दर्ता भएको बताउँदै उहाँले भन्नुभयो, “५० प्रतिशत किनारा लगायौँ अरु प्रक्रियामा छन् ।”

बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले जग्गा अभावका कारण व्यवस्थित र आवश्यक कक्ष कोठासहितको भवन नहुँदा इजलास कक्ष सञ्चालन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गा खोजिरहेका छौँ । उपयुक्त जग्गा पाउने वित्तिकै इजलास कक्षसहितको भवन बनाउँछौं ।”

आफ्नै कार्य कक्षमा मुद्दाको छलफल गराउने गरेको बताउँदै उपप्रमुख महतरा भन्नुहुन्छ, “कतिपय कुरा पीडितले सबै सामु भन्न अप्ठ्यारो मान्ने हुँदा न्याय सम्पादनमा समस्या भइरहेको छ ।” इजलास कक्षविना मुद्दाको छलफल गर्दा आपूmलाई तथा आरोपित र पीडित पक्षलाई असहज भएको गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवालले बताउनुभयो । गौरादह नगरपालिका भर्खरै मात्र भवन निर्माण गरेर आफ्नै कार्यालयमा सरेको बताउँदै उहाँले भन्नुभयो, “कोठा अपुग छ, माथिल्लो तला निर्माण गरेर इजलास कक्ष बनाउने तयारी गर्दैछौँ ।”

मेचीनगर नगरपालिकाको आफ्नै सुविधासम्पन्न भवन छ र तर पनि हालसम्म इजलास कक्ष तयारी गर्न नसक्दा न्याय सम्पादनमा असजिलो भइरहेको उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । उहाँले यस विषयमा नगर परिषद्मा छलफल गरेर इजलास कक्ष तयारी गर्न लगाउने बताउनुभयो ।

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकका नगर प्रमुख ओलीले माफी मागे

दमक,११ चैत । आफुले दिएको अभिव्यक्तिबाट पत्रकारिता क्षेत्रमा आघात पुगेको गुनासो आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले त्यसप्रति माफी मागेका छन् । आईतबार दमकमा आयोजित आधारभुत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्तिले पत्रकारिता जगत तथा...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

दमकमा हुने वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र

दमक,१० चैत । झापाको दमकमा यहि चैत १७ देखि १९ सम्म हुने त्रिदिवसीय वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र पारिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र दमक नगरपालिका प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने वृहत वाङ्मय...

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा दमकमा प्रभात र्याली

दमक | विश्व मुख स्वास्थ्य दिवसको प्रभात र्यालीको आयोजना गरीएको छ । झापाको दमकमा बुधबार लाईन्स क्लब अफ दमक युनाइटेड, हाम्रो बाल आस्रम, लाईन्स क्लब अफ माउन्ट एभ्रेष्ट, आमा डेन्टल,साहारा इजिनियरीङ कन्सल्टेनसी, शुभकामना सहकारी संस्थाको...

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

दमकको सेतुमारीमा आगोलागी ,१० लाखको क्षति

दमक ,३ चैत । भान्सा चुल्होवाट निस्किएको आगोलागीवाट झापाको दमक १० स्थित सेतुमारीका भक्तवहादुर शेर्मा( हसन )को घर जलेको छ । गएराती करिव १२ वजेतरि काठको सेन्टरबेरा घरको भान्सा कोठाबाट अचानक निस्किएको आगोले जल्दा शेर्माको...

दमकमै प्रहरी ,आर्मी भर्तिका लागि तालिम केन्द्र

दमक,३० फागुन । ब्रिटिस तथा भारतीय आर्मी, सिंगापुर पुलिसमा करिअर बनाउन चाहने युवाहरुलाई लक्षित गरी भोलिबाट झापाको दमकमा गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ । अनिबार्य जस्तै मानिने प्रि आर्र्मी ट्रेनिङका लागि...

किरात माइक्रोफाइनान्सका सञ्चालक विरुद्ध ठगीको उजुरी

दमक ,२९ फागुन । माइक्रोफाइनान्स सञ्चालनका लागि संकलन गरिएको लाखौ रकम सञ्चालकहरुले मनखुसी खर्च गरेको पाईएपछि किरात माइक्रोफाइनान्सका शेयर सदस्यहरु विचल्लीमा परेका छन् । इलाममा केन्द्रीय कार्यालय राख्ने गरि पाँच वर्ष अघि शुरु गरिएको प्रस्तावित...

नेपाल जेसीजको सल्लाहकारमा खत्री

दमक, २६ फागुन । दमक जेसीजका निवर्तमान अध्यक्ष युवा व्यक्तित्व चन्द्र खत्री दाहाल नेपाल जेसीजको सल्लाहकारमा मनोनित भएका छन् । जेसीज अभियानमा पुरयाँएको योगदानलाई कदर गर्दे नेपाल जेसीजले दाहाललाई विधान बमोजिम सल्लाहकारमा मनोनित गरेको...