मंसिरपछि खुल्दै लोकसेवा आयोगको विज्ञापन

हाम्रो दमक

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारलाई सहज होस् भनेर लोकसेवा आयोगले विज्ञापन खुलाउन दुई महिना ढिला गरेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षातकारमा उनले इतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयका साथ विज्ञापनलाई दुई महिना पर (मंसिर) सम्म सारिएको स्पष्ट पारे । उनले भने,’अब अर्को पटक सार्दैनौं ।’

अध्यक्ष मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन् । उनले भने,‘लाखौ युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन् । मंसिरपछि भर्ना विज्ञापन खोल्छौं ।’

मैनालीले आयोगले लोकसेवा आयोगको विज्ञापनलाई कुनै पनि हालतमा रोक्न भने नमिल्ने बताए। ‘लोकसेवाको तयारीमा बसेका १० लाख बढि यूवाहरुको भविष्यलाई ध्यानमा राखेर काम गर्नुपर्छ, उमेरको कुरा हुन्छ, समयको कुरा हुन्छ, पारिवारिक अवस्थाको कुरा हुन्छ, यस्ता संवेदनशीलतामा सरकार गम्भिर बन्नुपर्छ’ उनले भने ‘त्यसको लागि आयोगले भन्न मिल्ने र स्वयं म आफै पनि जान मिल्ने ठाउँमा गएर सुझाव दिईरहेको छु, तर एक महिना बाँकी छ, सरकारले यो काम गर्नेमा हामीलाई शंका छ । यसतर्फ सरकारको गम्भीर ध्यान जान जरुरी छ ।’

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

आदर्श नमूना सामुदायिक वनको २३ औं साधारण सभा सम्पन्न

बुद्धशान्ति । आदर्श नमूना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति २ र ३ को २३ औं बार्षिक साधारण सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाको सभापति समितिका अध्यक्ष तिलनारायण रिजाल थिए भने प्रमुख अतिथि...

अग्रज पत्रकार भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत

अग्रज पत्रकार तथा बरिष्ठ संञ्चारकर्मी चन्द्र भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत भएका छन् । भारतको सिलगढीमा “सिलगढी नन्दी तिवारी स्मृति प्रतिष्ठान” द्धारा आयोजित “नन्दी तिवारी स्मृति पुरस्काकार अलङकरण समारोहमा भण्डारी आइतबार सम्मानित हुनु...

युवाहरुको सामुहिक लगानीमा बर्गर हाउस खोल्ने तयारीमा कुसुम

पुर्वी पहाडी जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिकाका कुसुम तुम्बा यतिबेला युवाहरुको सामुहिक लगानीमा पुर्वको प्रमुख शहर इटहरीमा बरगर हाउस संचालनको तयारीमा संघर्षरत छन । युवाहरूलाई रोजगारी दिलाउने उदेश्यका निम्ति युवाहरूको निजि लगानीमा सो बर्गर हाउस संचालनको...

पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने धारागोला महोत्सवको तयारी तीव्र

शान्तिनगर। बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा सात दिवसीय धारागोला भ्यूटावर जरेवर तथा बुद्धशान्ति महोत्सवको तयारी तीव्र पारिएको छ । यही पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक समितिका अध्यक्ष चक्र सेर्माले...

थोप्लेविरानको अध्यक्षमा कृष्ण कोइराला निर्वाचित

धुलावारी । थोप्लेविरान सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनका कृष्ण कोइराला निर्वाचित भएका छन् । वनको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धनका प्रत्यासी श्याम पाठकलाई १ सय ३८ को फराकिलो मतान्तरले पछि पार्दै आगामी ३ वर्षका...

प्रदेश एककै नमुना बौद्ध गुम्बाको निर्माण कार्य धमाधम

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एककै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा)...

पर्यटनको विकास गर्न सके बुद्धशान्ति संवृद्ध बन्छ

बुद्धशान्ति । तीन तहको राज्य संरचना तय भएपछि कुन स्थानीय निकायमा कस्तो संम्भावना छ ? भनेर त्यसको खोजी गरी संम्भावनालाई यथार्थमा बदलेर संवृद्धशाली स्थानीय निकायमा परिणत गर्न विभिन्न स्थानीय तहका जनप्रतिनिधि कम्मर कसेर लागेका...

पिननिक जानेका लागि उत्कृष्ट गन्तव्य-गोकुलम रिसोर्ट

बिर्तामोड । यो समय पिकनिकको समय हो । पिकनिक जानका लागि तपाई कुनै उपयुक्त ठाउँको खोजीमा हुनुहुन्छ ? यदि त्यसो हो भने एउटा उत्कृष्ट गन्तव्य इटहरी नजिकको गोकुलम रिसोर्ट पनि बन्न सक्छ । जाडो मौसम सुरु...

मजदुर संगठनहरुको तालाबन्दी सम्बन्धमा वार्ता गर्न टानले बनायो वार्ता समिति

काठमाडौँ । ट्रेकिंङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले सचिवालयमामा पर्यटन मजदुर संगठनहरुले गरेको तालाबन्दी सम्बन्धमा आफ्नो धारणा सार्बजनिक गरेको छ। सचिवालयमामा नेकपाको जिफन्ट सम्बद्द युनिकार्भ तथा अखिल नेपाल पर्यटन श्रमिक संघ र कांग्रेस निकट नेपाल...

नेपाली सेनाले खुलायो यत्रो संख्यामा भर्ना

काठमाडौँ। नेपाली सेनाले बिभिन्न पदमा भर्ना खुलाएको छ। कल्याणकारी योजना निर्देशनालय , जंगी अड्डाले बिशेषगरी स्वास्थ्य क्षेत्रमा आवश्यक बिभिन्न पदमा जनशक्ति भर्नाका लागि आबेदन खुला गरेको हो हेर्नुहोस बिज्ञापन : ...