सडक बनेपछि संकटमा ‘राउण्ड अन्नपूर्ण ट्रेक ‘, सात दिनमै सकिन्छ २१ दिन लाग्ने पदमार्ग

हाम्रो दमक

काठमाडौँ। पदमार्गमा सडक अतिक्रमणले गर्दा २१ दिन पैदल यात्रा गर्न मिल्ने लाग्ने राउण्ड अन्नपूर्ण ट्रेकको अस्तित्व धरापमा परेको छ । एकातिर देशमा संघीयता लागू भएपछि त झन स्थानीय सरकारले काम भनेको सडक मात्रै हो भनेझैँ पदमार्ग ध्वस्त पारेका छन्।

सडक सञ्जालकै कारणले हिजो पर्यटकले भरिभराउ हुने मुस्ताङको मार्फा गाउँ आजकाल को आउला भनेर कुरेर बस्नु पर्ने बाध्यता छ। सडक खुलेपछि विश्वकै उत्कृष्ठ मध्येमा पर्ने राउण्ड अन्नपूर्ण पदमार्ग दिनानुदिन विदेशीको रोजाईबाट बाहिरिंदै छ ।

पहिलेको गण्डकी र धौलागिरीको क्षेत्र अन्नपूर्ण क्षेत्रमा पर्छन्। बेँसिशहर–चामे–तिलिचो, बेनी–जोमसोम–मुक्तिनाथ जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रमा सडक पुगिसकेको छ।त्यस्तै घान्द्रुक, पुन हिल, घोडेपानी, गल्कोट भ्याली लगायतका क्षेत्रमा सडक खन्ने तयारी भइरहेको छ । जसले गर्दा यस पदमार्गको अस्तित्व थप संकटमा पर्न गएको छ।

पहिला पहिला २१ दिन लाग्ने यस ट्रेकिंग ट्रेल सडककै कारण सात दिनमा झरेको छ। कम्तीमा तिन सात लाग्ने अन्नपूर्ण राउण्डको यात्रा अहिले छोटिएर जम्मा सात दिनमा झरेको छ।

जसले गर्दा ट्रेकिङ गर्न आउने पर्यटकहरू पनि धार्मिक पर्यटक जस्तै भइसकेको गुनासो गर्छन स्थानीय । सबै ठाउँमा सडकपुगेपछि हिँड्ने पर्मार्ग मासेर सडक बनाएको छ।

स्थानीय र गाईडहरु भन्छन -‘सडक बनाउँदा पदमार्गलाई ख्याल नगर्दा अन्नपूर्ण क्षेत्रमा पर्यटकहरू औँलामा गन्न मिल्ने गरेर मात्र आउँन थालेका छन्। आईपुग्ने पर्यटकहरू पनि सिधै गाडीमा आउँछन्। कहाँ पुग्ने हो त्यहाँ पुग्छन् र फेरि गाडीमै फर्कन्छन् जसले गर्दा ‘ट्रेकिङ नै जाने पर्यटकहरू आउन कम भइसक्यो। ‘

पर्यटन व्याबासी गुनासो गर्छन -पर्यटकले अन्नपूर्ण क्षेत्र घुम्ने भनेर विभिन्न होटल, गाइड तथा भरियाहरू बुकिङ गरेका विदेशीहरूले रद्द गर्ने क्रम बढेको छ। ‘हामीले तिम्रो क्षेत्रको अध्ययन गर्‍यौँ। सबै ठाउँमा सडक पुगेको रहेछ। हामी त ट्रेकिङ जाने ठाउँ नै रैनछ ।’

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

पुष्प धिरेन्द्र स्मृती प्रतिष्ठानले दमकका विद्यार्थीलाई तेह्रथुम घुमायो

झापा | पुष्प धिरेन्द्र स्मृति प्रतिस्ठानले झापा दमकका बिद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण गराएको छ । प्रतिष्ठानले केहि दिन अघि दमकमा सम्पन्न दमक नगरस्तरीय खेलकुद प्रतियोगिताका बिभिन्न बिधाका बिजेताहरुलाई भ्रमणका लागि तेह्रथुमको तिनजुरे मिल्के, धनकुटाको...

कोरियन भाषा परीक्षाको तयारीमा हुनुहुन्छ ! तपाईको केन्द्र कहाँ पर्यो, सम्पूर्ण विवरण

काठमाडौ । सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ। यही जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा...

एक्सेलको दुइदिने प्रशिक्षण कार्यक्रम समापन

विर्तामोड । जेठ १९,  एक्सेल डेभलपमेन्ट बैंक लि. ले दुइदिने प्रशिक्षण कार्यक्रमको समापन गरेको छ । बैंकले पछिल्लो समय कर्मचारीको बृत्ती विकासका लागी लगातार साप्ताहिक रुपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । त्यसैको निरन्तरता स्वरुप...

 मेलामा ८ सय ९९ लाई रोजगारी

उदयपुरको गाईघाटमा शुक्रबार भएको बृति परामर्श तथा रोजागार मेलाबाट करिब एक हजार जना बेरोजगारहरुले रोजगारी प्राप्त गरेका छन । रोजगार मेलामा ८ सय ९९ जना बेरोजगार सूचना फारम भरेर ठाउको ठाउँ रोजागर पाएका हुन् ।...

जगद्गुरु, जन्मस्थल र यस क्षेत्रको संम्भावना

बुद्धशान्ति । अनन्तश्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्री ले नेपाल राष्ट्रका धार्मिक निधिहरुको वेद पुराणका प्रमाणका आधारमा आदिगंगा सप्तकौशिकी प्राचीन हरिद्वार वराहक्षेत्र मोहिनीरुप विष्णुले अमृतघटको तर (छाली) बाट स्थापनागरेको रुद्रक्षारण्यको पिण्डेश्वर महादेव र...

बुद्धशान्ति गाउँपालिकामा साहसिक खेल जीप फ्लाईङको संम्भावना पनि देखियो

बुद्धशान्ति । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मनपराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाईङ सञ्चालनमा छन् । झापाको बुद्धशान्तिमा पनि जीप फ्लाईङको संम्भावना देखिएको छ...

कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल...

धनकुटामा भेटियो अर्को अनौठो गुफा र झरना

धनकुटा धनकुटा नगरपालिका बडा नम्बर एक ओक्मालुङ्गका युवा आफ्नो क्षेत्रमा भएको पर्यटकिय स्थलको प्रबद्र्धनमा जुटेका छन् । स्थानिय लुङलाङ्ग सामुदायीक बन भित्र रहेको गुफा र झरना प्रबद्र्धनमा युवा जुटेका हुन् । बन भित्र करिब एक...

युनियन लाइफ इन्स्योरेन्सको दमकमा अफिस

दमक | झापाको दमकमा युनियन लाइफ इन्स्योरेन्सको एजेन्सी अफिस खोलिएको छ । गत बिहिबार एक कार्यक्रमका बिच उक्त अफिसको कार्यालय शुभारम्भ गरिएको हो । कम्पनीका मेची अञ्चल प्रमुख तिर्थ राज कार्कीबाट रिवन काटी कार्यालयको उद्घाटन...

बिर्तामोड महोत्सव : व्यवस्थित र उत्कृष्ट

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् । ११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढा–टाढादेखिका...