टीकाको साइत सार्वजनिक, यस्तो छ यस बर्ष भाईको टिकाको साईत

हाम्रो दमक

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधवार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ ।

कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ । कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपावली गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ ।

कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको अध्यक्ष गौतमले बताए । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज र यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

धर्म/सस्कृति बाट अन्य

प्रदेश एककै नमुना बौद्ध गुम्बाको निर्माण कार्य धमाधम

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एककै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा)...

गुरागाई बन्धुको कुलपूजा हुदै

दमक,२३ मंसिर।   हरेक ३ वर्षमा हुने गुरागाई बन्धुहरुको कुलपूजाको सवै तयारी पूरा भएको आयोजकले जनाएको छ ।  कमल–५ पाडाजुङ्गीस्थित केन्द्रीय कार्यालयमा आईतबार पत्रकार सम्मेलन गरि गुरागाई वंश उत्थान समाज कल्याण प्रतिष्ठानले कुलपूजा, शिवमहापुराण...

कोच समुदायको जातिय परिकार खादै सयौ ब्यक्तिहरु रमाए

बिर्तामोड । झापाको कन्काई नगरपालीका ९ घैलाडुब्बा स्थित टेकनारायणबारीमा शनिबार भारतका बिभिन्न स्थान साथै नेपालका कोच समुदायको जातिय परिकार खादै सयौ ब्यक्तिहरु रमाएका छन् । कार्यक्रममा सहभागि सबैले केराको पातमा कोच परिकारहरु भाका,पिठ,सिदल,दोर्कोच,कपा,कोचुडान्डि खादै...

लेप्चा जातीका प्रथम कथाकार वाङ्चुको गित “पागल“ सार्बजनिक ( लिरिकल भिडियो सहित)

शान्तिनगर । लेप्चा जातिका प्रथम कथाकार सुमन लेप्चा वाङ्चुको नयाँ गित “पागल” सार्बजनिक भएको छ । पुर्वी नेपालको बुद्धशान्ति ७ मा जन्मिएका गीत रचनामा पोख्त लेप्चाले लिरिकल भिडियो सार्वजनिक गरेका हुन् । गायक जितेन...

मिस कोच ईन्टरनेश्नलको प्रशिक्षण आज बाट शुरु 

बिर्तामोड । झापा मिडिया हाउसको आयोजनामा नेपालमै पहिलोपटक हुन गईरहेको यसोदा फुड्सको मुख्य प्रयोजन रहेको मिस कोच ईन्टरनेश्नलको प्रशिक्षण आज आईतबार बाट शुरु भएको छ । झापाको घैलाडुब्बा स्थित टेकनारायणबारीमा आज बाट सहभागिहरुको प्रशिक्षण शुरु...

विश्रान्तिधामका ४५ जना बृद्धबृद्धाहरुलाई सहयोग

धनकुटा,८ मंसीर । दमक– ८ स्थित हरिहर कृतन मण्डलीले आफनो बार्षिकोत्सवका अवसर पारेर धनकुटाको विश्रान्तिधामका ४५ जना बृद्धबृद्धाहरुलाई सहयोग प्रदान गरेको छ । जाडोमा न्यानोका लागि ओछ्याँउने म्याटसहित फलफूल लगायतका राहत सामाग्रीहरु प्रदान गरिएको...

सताक्षीधाममा शिव महापुराणको तयारी

झिलझिले, ६ मंसिर । झापाको धार्मिक तथा पर्यटकीय सताक्षीधाममा यस वर्ष पनि गौकथा महोत्सव आयोजना हुने भएको छ। मंसिर १० गतेदेखि धार्मिक पर्व बालाचतुदर्शीको अवसर पारेर १० दिवसीय शिवमहापुराण तथा संगीतमय गौकथा महोत्सव एवम्...

श्रीमद् भागवत महापुराण लगाउँदै जेष्ठ नागरिक सम्मान प्रतिष्ठान

दमक  । दमकस्थित जेष्ठ नागरिक सम्मान प्रतिस्ठानले आगामी पुराण लगाउने भएको छ । आगामी मंसिर २९ गते देखी पुस ७ गते सम्म प्रतिस्ठानको कार्यालयमा श्रीमद् भागवत महापुराण धनधान्यञ्चल महायज्ञ सञ्चालन हुने भएको हो । निर्माणाधिन...

बौद्ध धर्मावलम्बीहरुको आर्यताराको व्रत बासिन हिमानी !

काठमाडौँ, १ मंसिर । पूर्व युवराज्ञी हिमानी शाह शनिबार बौद्ध धर्मावलम्बीहरुको एक कार्यक्रममा सहभागी भएकी छिन् । सानेपा ज्ञानमाला भजन संघले आयोजना गरेको उक्त कार्यक्रममा राजतीर्थमा आज हिमानीले आर्यताराको व्रत बसी पूजा अर्चना गर्नुको साथै...

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर ४गते मङ्गलबारदेखि ८ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र...