तिहार नजिकिए संगै बजारमा छ्याप छ्याप्ती पटका, प्रहरीको गस्ति बढ्यो

हाम्रो दमक

सुनसरी | नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै पटकाको तस्करी बढेको छ । तिहारमा बढि खपत हुने पटका सुनसरी जिल्लाका खुल्ला सिमाबाट भित्रिने गरेको पाईन्छ । पटका रोक्न प्रहरीले गस्ति बढाएको बताए पनि बजारमा खुलेयाम भित्रिरहेको छ ।

चार दिन अघि सुनसरीको धरानबाट ठुलो परिमाणमा पटका बरामद भयो ।यो घटनासँगै सुनसरीमा खुल्ला सिमाका कारण पटका भित्रिने गरेको सार्वजनिक भयो । भारतसँग सिमा जोडिएको सुनसरीमा अहिले खुलेयाम पटका भित्रिने गरेको छ । सुनसरीको भान्टाबारी,वीरपुर नाकासँगै निकै लामो दुरी खुल्ला सिमा भारतसँग जोडिएको छ । यी क्षेत्रबाट खुलेयाम पटका भित्रिने गरेका छन् ।

खुला सिमा क्षेत्रबाट सामान ल्याउने बाहनामा पटका ल्याउने गरेको प्रहरी प्रशासनको भनाई छ । त्यसमा पनि विशेष गरी केरा,तरकारी लगायतका कृृषीजन्य वस्तुहरु भित्र राखेर पटका भित्रिने गरेको शसस्त्र प््रहरी नायव उपरीक्षक निर्मल कुमार थापाले बताउनु भयो । तिहारमा झिलिमिली बत्ति लगाउने, पटका पड्काउने गरिन्छ । यो समयमा बजारमा पटकाको धेरै माग हुने गरेको छ ।

पटका सस्तो मुल्यमा नेपाल भित्राउने र महंगो मुल्यमा विक्रि गर्ने उदेश्यले ठुलो परिमाणमा भित्रिने गरेको छ । नेपाल भित्रिने पटका रोक्नका लागि प्रहरीले सुरक्षा चेकजाँच बढाएको सुनसरी प्रहरीले बताउने गरेको छ । विशेष गरी खुल्ला सिमा क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरीले सुरक्षा गस्ति बढाएको जनाएको छ । त्यो सँगै नेपाल तर्फ शसस्त्र प्रहरी र भारतीय सिमा सुरक्षा बलले पनि संयुक्त गस्ति गर्ने गरेको सिमा सुरक्षा बल घुस्की आउट पोष्टका इन्चार्ज प्रहरी निरीक्षक विजय चौधरीले जानकारी दिनुभयो । प्रहरी प्रशासनको यस्तो धारणा आएपनि सुनसरीका विभिन्न शहरहरुमा पटका ठुलो परिमाणमा मौज्दात गर्ने गरेको भेटिएको छ ।

यता,स्थानिय पनि प्रहरीको गस्ति बढेको बताउँछन् । चेकपोष्टमा इन्ट्रि गर्नुपर्ने हुँदा लुकाई छिपाई ल्याउन सहज नभएको स्थानियको बुझाई छ । तर सिमा क्षेत्रमा विचौलियाले सेटिगं नै गरेर पटका भित्राउने गरेको आरोप लाग्ने गरेको छ । प्रहरीसँगको सेटिगंमै भित्रिने गरेको स्थानियको आरोप रहेको छ । सर्वसाधरणलाई टाईट गर्ने तर विचौलियासँग सेटिगं गर्ने स्थानियहरु बताउँछन् ।

इटहरी,धरान,इनरुवा लगायतका क्षेत्रमा पटका मौज्दात गर्ने र पहाडी जिल्लामा विक्रि गर्ने गरिएको पाइएको छ । यस तर्फ प्रहरी प्रशासनले गम्भिर भएर लाग्न जरुरी देखिन्छ ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

जुरेस,युरेसका विद्यार्थीलाई अवलोकन भ्रमण

दमक ,५ चैत । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई आज मंगलवार एकदिने अवलोकन भ्रमण गराएका छन् । बालसुवोधनी विद्यालयमा अवलोकन पछि सामूहिक तस्वीर खिचाउदै गाँउपालिकाको लखनपुर क्षेत्रका...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

तेइस परीक्षार्थी परीक्षा दिनबाट वञ्चित

भद्रपुर,४ चैत्र । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ जसमा छात्राको सङ्ख्या धेरै रहेको...

होली पर्वमा सार्वजनिक विदा दिन माग

दमक ,४ चैत। राजवंशी समाज विकास समिति झापाले ‘फागु डोल पावनी’ अर्थात होली पर्व तराई होलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीको नेतृत्वमा...

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

दमकको सेतुमारीमा आगोलागी ,१० लाखको क्षति

दमक ,३ चैत । भान्सा चुल्होवाट निस्किएको आगोलागीवाट झापाको दमक १० स्थित सेतुमारीका भक्तवहादुर शेर्मा( हसन )को घर जलेको छ । गएराती करिव १२ वजेतरि काठको सेन्टरबेरा घरको भान्सा कोठाबाट अचानक निस्किएको आगोले जल्दा शेर्माको...