बिहीबारसम्म मुलुकभरी भिटामिन ‘ए’ खुवाइँदै

हरेक अभिभावकलाई पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ ।

हाम्रो दमक

काठमाडौँ । मुलुकभरी आज भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन भएको छ ।

बिहीबारसम्म सञ्चालन हुने यो कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाले २७९ वटा बुथमा ५५८ महिला स्वास्थ्य स्वयंसेविका खटाइएको छ । भिटामिन ए सँगै जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा पनि बालबालिकालाई उक्त अवसरमा वितरण गरिने छ । बालभिटा सुक्ष्म पोषक तत्वको अभाव पूरा गर्ने खाद्यपदार्थ हो ।

करीब एक लाख बालबालिकालाई खोप दिने लक्ष्य राखेको महानगरपालिकाले हरेक अभिभावकलाई पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ ।

कामपाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाको पाखुराको नाप लिइनेछ । शहरका बालबालिकामा असन्तुलित आहारका कारण कुपोषण देखिन थालेकाले औषधि खुवाउने क्रममा पाखुराको नाप लिइन थालेको श्रेष्ठको भनाइ छ ।

हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको अस्ट्रेलिया अफिस उद्घाटन

अस्ट्रेलिया । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले अस्ट्रेलियाको सिड्नीस्थित योर्क स्ट्रिटमा कार्यालय स्थापना गरी सेवा सुरु गरेको छ । कार्यालयको मणि सिलवाल र प्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सिलवाल चितवन समाज अस्ट्रेलियाका कार्यकारी...

नेपालमै दुई वर्षभित्र माग अनुसारको सिटामोल उत्पादन हुने

काठमाडौ । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ। सिटामोलको माग बढिरहेका बेला नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने...

अंग्रेजीमा सोधिएको प्रश्न नबुझेर नेपालीमा प्रश्न सोध्न माग गर्दै डिग्रीका बिद्यार्थी !

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न पर्ने माग बढेको छ । नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको हो । यस्ता गुनासो...

संरक्षणको अभावमा जिर्ण बन्दै ब्रह्मचारी षडानन्दले स्थापना गरेको संस्कृत पाठशाला

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा वाल षडानन्द अधिकारीले स्थापना गरेको संस्कृत पाठशाला संरक्षणको अभावमा जिर्ण वनेको छ । २०७२ सालको भूकम्पले पाठशालाको भवनमा क्षति पुगेको भएपनि यसको संरक्षणमा कसैको ध्यान पुग्न सकेको देखिदैन । जनस्तरबाट...

तिहारमा सर्वत्र प्रयोग हुने सयपत्री फूलको उपयोगले स्वास्थ्यमा यस्ता फाईदै फाईदै

फूलैफूलको चाड तिहार र यस पर्वमा सर्वत्र प्रयोग हुने फूल हो सयपत्री।तिहारको समयमा मात्र सयपत्री आजकाल बाह्रै महिना हाईब्रिड गरेर समेत फुलाइन्छ। तिहारमा घरका झ्यालढोका सजाउन, लक्ष्मीको पूजा गर्न र दिदीबहिनीले दाजुभाइका गलामा लगाइदिन...

झापा मोडलको “एडभान्चर जर्नी” सम्पन्न

दमक । “द ड्यूक अफ एडिनबर्गको इन्टरनेसनल अर्वाड” नामक अन्तर्राष्ट्रिय अवार्डका लागि झापा मोडलमाबी दमकले आफ्ना विद्यार्थीहरुलाई पदयात्रा गराएको छ । विभिन्न विधामा अध्ययन र सीप विकासका लागि लिईने तालीम र अनुभवका आधारमा प्राप्त हुने सो...

बिना कन्डम नै गर्भ नरहने गरी यसरी गर्न सकिन्छ सेक्स

यौन सम्पर्कको क्रममा गर्भ रोक्न कन्डमको सहि तरिकाले प्रयोग गर्दा यसको प्रभाव कारिता ९८ प्रतिशतहुने देखिएको छ । तर सामान्य रुपमा प्रयोग गर्दा ८५ प्रतिशत सम्म देखिएको छ । यस्तोमा बाह्य स्खलन विधिलाई सहि...

जान्नुहोस के हो ‘स्पा’ र के के हुन् स्पाका फाईदाहरु

स्पा शब्द पानी थेरेपीसँग सम्बन्धित छ, यसलाई स्नानको एक रूप पनि भन्ने गरिन्छ । यो एक पानीद्वारा गरिने उपचार पद्धति हो । पौराणीककालदेखि नै खनिज पानिसँग मानिसको शरिर उपचार गर्ने शक्ति भएको मानिन्छ । त्यसैले...

विपी प्रतिष्ठानमा मौषमी बिरामीको चाप बढयो

सुनसरी | मौसम परिवर्तन भएसंगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढेको छ । चाप बढेकै कारण अहिले प्रतिष्ठानमा विरामीले सहज रुपमा उपचार गर्न समस्या हुनेगरेको छ । यो मौसममा पानीमा दुषित पदार्थ बढी...

झापा औलोको उच्च जोखिममा

दमक | झापा जिल्लामा औलो रोगको उच्च जोखिममा परेको देखिएको छ । शुक्रबार दमक नगरापालिका स्वास्थ्य शाखाले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताइएको हो । कार्यक्रममा झापा सहित देशका १३ वटा जिल्लामा औलोको उच्च जोखीम...