तिहारमा सुरक्षा सर्तकता बढाउदै प्रहरी

हाम्रो दमक

दमक,१४ कार्तिक / तिहार नजिकिएपछि दमकमा प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । दशैसकिए लगत्तै नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिएपछि यहाँको सुरक्षा सर्तकता बढाएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।

 

चाडपर्वमा अपराधिक गतिविधि हुन नदिन चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा पारिएको दमक प्रहरी प्रमुख डिएसपी श्यामल सुब्बाले बताए । उनले अपराधिक कृयाकलाप हुन सक्ने स्थानहरुको पहिचान गरि ती स्थान लक्षित सुरक्षा मजवुत गरिएको बताए ।
जसअन्तगर्त वित्तीय संस्था,बैकिङ क्षेत्रमा निगरानी बढाईएको प्रहरीको भनाई छ । केहिदिन अघि झापाको विर्तामोडमा दिउसै बैकबाट नै एक जना ग्राहकको १७ लाख लुटपाट भएपछि त्यस्ता गतिविधि हुन नदिन दमकमा सुरक्षा संवेदनशीलतामा जोड दिईएको डिएसपी सुब्बाको भनाई छ । ‘हामीले दमकका अधिकांश वित्तीय संस्थामा प्रहरीको गस्ती परिचालित गरेका छौं’ डिएसपी सुब्बाले भने,–‘ बैकिङ सुरक्षामा आवश्यक रणनीति अघि सारेका छौ ।’

दमकमा करिव दुई दर्जन बैकहरु छन् भने वित्तीय संस्थाहरुको संख्या ६ दर्जन बढी रहेको छ । अधिकाँस ती वित्तीय संस्थाहरुमा प्रहरीले गस्तीसंगै सादा पोशाकका प्रहरीहरु परिचालित हुदैआएको डिएसपी सुब्बाले जानकारी दिए ।

     तासजुवा,पटका नियन्त्रण गरिने

चाडपर्वका समयमा तासजुवा नखेल्न तथा बारुदजन्य पटकाहरु मनोरञ्जनका बहानामा नपड्काउन प्रहरीले सर्वसाधारणसंग अनुरोध गर्दे आएको छ । कानुन विपरीतका खेल तमासा नखेल्न तथा बारुदजन्य विष्फोट पदार्थहरुबाट हुन सक्ने क्षति रोक्नु सवैंको प्रयास हुनुपर्ने भन्दै प्रहरीले सार्वजनिक रुपमा सूचनाहरु प्रेषण गरिआएको छ ।

प्रहरीले दमक चौक,वजार क्षेत्रमा माइकिङ गरि ती सूचनाहरु सार्वजनिक गरिआएको डिएसपी सुब्बाले जनाए । उनले भने,–‘ चाडपर्वलाई भयरहित बनाउन प्रहरी गंभीर छ ,त्यसैअनुसार केन्द्रीत छौं ।’ उनका अनुसार दमकमा हुने जुवाजन्य खेललाई पूर्ण रुपमा कडाईका साथ नियन्त्रण गरिने छ । तर, त्यस्ता प्रतिवन्धित खेलहरु हुदैआए प्रहरीलाई समयमा नै सूचना दिन समेत डिएसपी सुब्बाले आग्रह गरे । ‘ कानुन वर्जित कुनै खेलतमासा गर्न कसैलाई छुट छैन्’ उनले भने,–‘ ती कार्य नियन्त्रण गरि त्यस्ता कार्यमा संलग्नलाई कानुन अनुसार कारवाही गरिने छ । ’

प्रहरीले गएको दशैं आसपास दमक– ८ स्थित हरि प्रसाद राईको घरमा डेरा बस्ने कबिता तामाङ्गको कोठामा तास खेलिरहेको अवस्थामा ५ बुङ्ग तास, ७० हजार ५ सय १० नगदसहित ९ जना मानिसलाई नियन्त्रणमा लिएर कारवाही गरिएको इप्रका दमकका मुद्धा शाखाका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताएका छन् ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

हितकोष मार्फत व्यवसायीलाई रु १ लाख राहत

दमक ,३ मंसीर ।  दमक उद्योग वाणिज्य संघले स्थानीय एक व्यवसायीका परिवारलाई रु १ लाखको व्यवसायिक राहत रकम प्रदान गरेको छ । गत कार्तिक २५ गते मृत्यु भएका संघका सदस्य दमक ६ की चन्द्रकला...

शरणार्थीहरुलाई सहयोग कटौती नगर्न माग

दमक ,३ मंसीर । भुटानी शरणार्थी स्वदेश फिर्ती समितिले शरणार्थी समस्याको पूर्ण समाधान नभएसम्म शरणार्थीहरुलाई दिईदै आएको सहयोग कटौती नगर्न दातृ निकायसंग माग गरेको छ । समितिले मानिसलाई जीवनयापनका लागि चाहिने न्यूनतम गाँस,वासमा निरन्तरता...

मन र धनको अभावमा अलपत्र ७ बर्षे स्वदेस थिं भन्छन्- ‘मन नै ठूलो !’

एका बिहान काठमाडौंको बढ्दो चिसो सङ्गै आज बिहान कोटेश्वरको तिनकुनेमा एउटा जंकाभेट भयो संचारकर्मी साथिहरु लक्ष्मी धिमाल र उमेश खडकासङ्ग जहाँ एउटा सानो किराना पसल छ त्यही कफि र चिया पनि पाइन्छ । मङ्सिर भित्रीदै...

गौतम मिष्टर ,शुष्मा मिस राजवंशी घोषित

झापा,२ मंसीर । विर्तामोड – ४ की सुष्मा राजवंशीले यसवर्षको मिस राजवंशीको उपाधि जितेकी छन् । शनिवार विर्तामोडमा आयोजित ग्राण्ड फिनालेमा २४ जना प्रतियोगिलाई पछि पार्दै उनले उपाधि सहित २५ हजार रूपैया, ट्रफि जितेकी...

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ

मोरङ । विभिन्न ठाउँमा चोरी गर्ने एक गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी चोरीमा संलग्न दुई जनालाई सार्वजनिक गरेको हो । उनीहरुले विभिन्न स्थानमा पटक पटक...

दुहबीमा शृंखलाबद्ध सुन पसलमा चोरी !

सुनसरी। दुहबीमा पछिल्लो समय चोरको बिगबिगी बढेको छ । दुहबी नगरपालिका अगाडि रहेको न्यू विकास ज्वेलर्समा शनिबार राती चोरी भएको हो । पसलबाट २ किलो चाँदी र ५ आना सुन चोरी भएको न्यू विकास...

फेरिए सशस्त्र प्रहरीका प्रवक्ता, को हुन नयाँ प्रवक्ता श्रेष्ठ ?

काठमाडौै, २ मंसिर । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिएका छन् ।संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न...

राजवंशी प्रेस सल्लाहकारमा नियुक्त

गौंरीगञ्ज ,२ मंसीर । गौरीगञ्ज गाँउपालिकामा स्थानीय पत्रकार आत्माराम राजवंशी प्रेस सल्लाहकारका रुपमा नियुक्ति भएका छन् । गाँउपालिका आईतबार सम्पन्न बोर्ड बैठकले पत्रकार राजवंशीलाई प्रेस सल्लाहकारमा नियुक्त निर्णय गरेको हो । राजवंशी डेढ दशकदेखि झापाली...

बाल गायक मनिषलाई १ लाख ३७ हजार बढी सहयोग

दमक,२ मंसीर । पाँचथर, मिक्लाजुङ्ग ५ का ९ बर्षिय बाल गायक मनिष लिम्बुको सहयोगार्थ दमकमा हालै आयोजित सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । दमकमा गत कार्तिक २९ गते सांगीतिक कार्यक्रम गरिएको थियो । पत्रकार...

विगतको गल्ती अब दोहोरिँदैन,मन, बचन र कर्मले समर्पित हुनेछौं : महानिरीक्षक

काठमाडौँ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहो¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । खनालले राष्ट्र र नागरिकको सेवामा मन, बचन र कर्मले समर्पित हुने प्रण समेत गरेका छन् । ‘नागरिक–प्रहरी जनचेतनामूलक गीत’ को...