५० रुपैयाले कलाकार बनेकी दिप शिखा !

हाम्रो दमक

सानैदेखि निकै चुलबुले स्वभाव भएकोले सबैले चटपटे भन्दै जिस्काउने गर्दथिए अनि जब लक्ष्यको अर्थ बुझ्ने उमेर भयो त्यही क्षणदेखि नै कलाकार बन्ने सपना मानस पटलमा बस्न थाल्यो । बाल्यकाललाई यसरी स्मरण गरिन नायिका दिपशिखा खड्काले । डिपिएस फाउन्डेसनको प्रेसिडेन्ट समेत रहेकी दिपशिखा नायिका साथै निर्माता पनि हुन । जिवनका यी नै भोगाइलाइ समेट्दै नायिका दिपशिखा खडका सङ्ग हाम्रो दमक डट कमकी सहकर्मी सुजाता निङ्लेकुले तयार पारेको यो प्रस्तुति

को हुन दिपशिख खडका ?

पुर्वी पहाडि जिल्ला धनकुटाको कुरुले मा २०५० साल फागुन २ गते बाबा सुर्य बहादुर खडका र आमा पदमा खडकाको कोखबाट कान्छी छोरीको रुपमा जन्म लिएकी हुन नायिका दिपशिखा खडका । कलाकार साथै एक सक्रिय समाजसेवी पनि हुन । धनकुटा जन्मस्थल भए ता पनि बल्यअवस्था उनको मोरङको मधुमल्ला हुँदै काठमाडौमा बितेको थियो । स्कुलले जीवन देखि कलेज जीवन समेत काठमाडौमा नै बितेका थिए । म्युजिक भिडियोदेखि अभिनय यात्रा आरम्भ गरेको बताउने दिपशिखाले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

ठूलो पर्दामा पनि नायिकाको भुमिका निर्वाह गरीसकेकी खड्काले आफूले खेलेको कुनै पनि चलचित्रमा चाहेको जस्तो सफलता हासिल गर्न नसकेको असन्तुष्टि पनि व्यक्त गरीन । आफैले अभिनय गरेको चलचित्र पुन दोहोर्याएर हेर्दा सफलता नमिलेकै कारण होला नरमाइलो महसुस भए र असफलता पनि हौसलाको एउटा खुड्किला सम्झिएको बताइन । हाल आफैले लेखिएको कथा प्रेमलिला चलचित्रको रिलिजको तयारीमा व्यस्त छिन दिपशिखा जुन फ्लिमको निर्माता पनि स्वयम आफै रहेकी छिन । भरखरै सार्वजनिक पोस्टरमा क्रोधित मुद्रामा कपाल मुन्डन गरिएको अवस्थामा देख्न सकिन्छ । चलचित्र क्षेत्रमा पाइला टेक्न पुर्व भोगेका संघर्ष र अनुभव र प्रत्येक मानिसको जिवनमा एउटा न एउटा लक्ष्य हुन्छ त्यहि लक्ष्य मध्येका मेरा स्वर्णिम सपना थियो कलाकार बन्ने त्यही सपनालाइ यथार्थ जिवनमा साकार बनाउन धेरै उत्तरचढाव अनि संघर्ष र अभावहरु पनि भोग्न परेको थियो ।

आमाले खाजा खान ५० रुपैयाँ दिनुहुन्थ्यो त्यो पैसाले भोक मेटाउन भन्दा पनि आफ्नो आकाङ्क्षा पूरा गर्न खर्छ गर्दथिए । ५० रुपैयाँ लाई जोगाएर अभिनय सिक्न जान्थे कहिलेकाही त घरमा आमाको गाली खाने डरले कलेज जान्छु भन्दै घरमा ढाटेर अभिनय कक्षामा जाने गर्थिए । आफू सङ्ग भने जस्तो पैसा नहुदा परीवारले थाहा नपाई बाहिर काम गरेर पनि कलाकार बन्ने सपना पूरा गरेको थिए । त्यो बेला को पीडा दिनभरी मेकप गरेर आफ्नो पालो कुर्न पर्ने तर दिनभरी कुर्दाकुर्दै पालो पनि आउदैन थियो निरासा भएर घर फर्किएका अनुभव पनि छन जिवनमा । तर आजभोली पहिलेको जस्तो छैन अवसरहरु धेरै छन त्यो भन्दा धेरै चुनौतीपूर्ण यात्राहरु पनि छन कलाकारीता क्षेत्रमा ।

असफलता र चुनौती आफुले अभिनय गरेका प्रत्येक चलचित्रमा कुनै सन्तुष्टिपुर्ण सफलता प्राप्त गर सकिन जस्ले गर्दा आफुलाइ निरासा त हुन्छ । आफैले अभिनय गरेको चलचित्र लाई पुन दोहोर्यातएर हेर्दा असहज त हुन्छ तर हारेर पनि जित्न सिकेकिछु । त्यही असफलताले पनि हौसला, उर्जा बढाएको छ । ती नै हारले अप्ठ्यारोमा पनि हिड्न सिकाएको छ त्यसैले एउटा जित र सफलताको चुनौतीपूर्ण यात्रा गर्दै छु आफैले लेखेको चलचित्र प्रेमलिलाको रिलिजको तयारीमा छु । मेरा लागि यो चुनौतीपूर्ण नै छ । प्रेमलिलाले दर्शक माझ दिन खोजेको खुराक, अभिनित कलाकार अन्तर्देशीय माया रहेको छ यो चलचित्रमा भारतिय कलाकार अलि खानको अभिनय रहेको छ ।

अलि खान दुवइमा मोडलिङ गर्दै आइरहेका छन दुवइमा एक कार्यक्रममा हाम्रो भेट भएको थियो त्यही भेटमा मैले प्रेमलिलाको कथा शेयर गरेकी थिए र उहाले मन पराए पछि यो चलचित्रको यात्रा आरम्भ भयो । भारत र नेपाल विचको माया छ । समय र अवस्था अनुसार एउटि नारी कसरी परीवर्तन हुने नि अनुसासन, मायामा त्याग, लगायत धेरै कुराहरुको शिक्षा दिएको छ । यो चलचित्रमा जनक पाण्डेको निर्देशन, पवन गौतमको छायांकन, महेश खडका, नवीन कार्की र रबिराज शाहको संगित, राजेश पायल राइको, शोभा पाण्डे र भारतिय गायक राजा हसनको स्वर रहेको छ । चलचित्रमा प्रलाद खरेल मुख्य सहायल निर्देशकको रुपमा छन भने दिपशिखा खडका, अलि खान, मौसम खडका लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र कै लागि कपाल मुन्डन गर्दाको अनुभव दर्शकलाइ भिन्न कथा प्रस्तुत गर्ने क्रममा एउटि नारीको सुन्दर गहना कपाल गुमाउन पर्दा दुख भन्दा पनि दर्शक लाई मैले दिन सकेको माया र पृथक रुपले सन्तुष्टि नै छु तर सुरुमा कपाल बिना हिड्दा अप्ठ्यारो महसुस त भयो पछि आफै बानी भए पनि घरमा आमाले धेरै गाली गर्नुभयो । कपाल काट्दा अरुले छोएको खादैन भन्ने पुरातन सोच शैलिका कारण आमाले मैले छोएको खानुभएन ।

मनपर्ने पोसाक धेरै जस्तो क्याजुवल, ठाउँ समय अनुसार आफुलाइ जुन लुगा लगाउदा सहज हुन्छ त्यही लगाउछु । मनपर्ने खाना नेपाली खाना दालभात अचार । स्वभाव, राम्रो पक्ष र नराम्रो पक्ष छुची अनि मुडि स्वभाव भए पनि खुल्ला मन सहयोगी भावना तर छिटो रिसाउने बानी ।

अन्त्यमा सर्वप्रथम नागरीक चासोलाइ धन्यवाद दिपावलिको सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी साथै नागरीक चासो परीवारलाइ शुभकामना, मेरो आउदै गरेको चलचित्र प्रेमलिला लाई सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीले हेरीदिनहुन अनुरोध गर्दछु । यहि माग २५ गते रिलिज हुदैछ यहाहरुको माया सल्लाह सुझाव र नराम्रो भए गाली को पनि अपेक्षा राखेकी छु । विशेष नागरीक चासोले सदैव खोजमुलक, सत्य तथ्य समाचार सम्प्रेषण गर्न सफल रहोस शुभकामना सहित पुन धन्यवाद दिन चहान्छु ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

यो हप्ताको अनुहार बाट अन्य

Face of the Week [गणेश गौतम] थोरै ब्यक्ति हुन्छन् जसको सोच सकारात्मक हुन्छ !

केहि समयअघि एउटा तालिममा सहभागि भैरहँदा तालीममा प्रशिक्षण दिने सरले भनेको कुरा सम्झनछु, सबैको जिन्दगी गणेश भगवानको जस्तो हुँदैन एउटा शिर काटीएपछि अर्को जोड्न मिल्ने र सबैको पिता भगवान शिव हुँदैेनन् एउटा शिर काटीएपछि...

Face of the Week [सूर्य थोकर लामा] राम्रो काम गर्न अनुभव हैन प्रतिभा चाहिन्छ

एउटा राम्रो चलचीत्र निर्माण गर्नका लागि कथामात्र नभएर कलाकार, निर्देशक, गित–सँगीत र अन्य थुप्रै कुराको महत्वपूर्ण भूमीका रहेको हुन्छ । एउटा चलचीत्र निर्माण सम्पन्न गर्दा पर्दा अगाडी र पर्दा पछाडी रहेर देखिने–नदेखिने गरि विभिन्न...

वृद्ध जोशीको ‘जोशिलो जोश’

उमेरले पाको देखिएपनि म माथिको सम्मान र प्रोत्साहनले अझै पनि तन्नेरी छु लाग्छ । पूर्वीय लोकगीतमा यतिका समय आपूmलाई समर्पित गरे, त्यसले अहिले जस पाईरहेको छु यसैमा सन्तुष्टि छु र आफूलाई भाग्यमानी समेत ठान्छु...

पत्रकारीता लोभको भाँडो हो जुन पेशालाई राजा देखि रैती सम्मले लोभ गरेका हुन्छ्न: भैरव रीसाल

सत्य तथ्य खोजमुलक पत्रकारीतामा विस्वास राख्ने जो कोहि पनि सायदै नहोलान अग्रज तथा वरीष्ठ पत्रकार भैरव रीसाललाई भेट्न नचहाने विरलै होलान त्यसै क्रममा रीसालसङ्ग विगत तथा वर्तमान परीवेशमा स्थापित नेपाली पत्रकारीता सम्बन्धमा केही चर्चा...

आजसम्म अविवाहित नै छु, मन पराउने धेरै होलान तर खाटी माया र प्रेममा भने परेकी छैन: गायिका तारा थेवे

प्रश्न नै प्रश्नको एउटा किताब रहेछ जीवन, उत्तर खोजिरहदा एउटा सोच्यो अर्कै भै दिने कस्तो भुलभुलैया रहेछ जीवन गायिका तारा थेवे काठमाडौको अनामनगरमा जंकाभेट भैरहदा जिन्दगीको परिभाषा यसरी गरीन । हाम्रो दमक डटकमको फेस...

Face of The Week, १०४ पिन्ट रगतदान गरि सकेका राजकुमार अझै हटाकटा

पछिल्लो समय बढदो सवारी दुर्घटना र आकस्मिक दुर्घटनाहरु साथै मानिसहरुमा लाग्ने विभिन्न रोगहरुको उपचार तथा शल्यक्रिया गर्नु पर्दा अस्पतालहरुमा धेरै नै रगतको माग हुने गरेको छ । जटिल अवस्थामा उपचाररत विरामीहरुकलागि अवाश्यक रगत जति...

विदेश त्यागेर स्वदेशमा रमाएका पवन

२२/२३ बर्षको कलिलो उमेरमै वैदेशिक रोजगारको अनुभव लिए झापा,कमल गाँउपालिका– ६ का पवन लुइँटेलले । विदेशको मोह त्यागेर आफनै ठाँउमा फर्किएका लुईटेलले छोटो अवधिमा यतिखेर युवा व्यवसायीका रुपमा कहलिएका छन्।   संयुक्त अरब इमरेट्सको एक कम्पनीमा...

Face of The Week, कर्तव्य र जिम्मेवारीको गरौं झोला बोकेर नथाक्ने पदम !

मानिसको भिड त्यसमा पनि सवारी साधनको यतिकै बाक्को ताँती, घरी घरी मन्द हावाले उडाउदै गरेको धुलो त्यस्मा थपिन्छ गाडीको कालो मुस्ला धुवाँ यहि काठमाडौ शहर जहाँ लाखौ मान्छेको सपनाका झिना आशाहरु अल्झिएका छन ।...

Face of The Week, केपी बाको रेलैमा गीत ल्याएर ह्वातै चर्चामा आएकी रमा थापा !

के गाउँ के शहर तिजको रौनकताले छाएको छ, अस्तव्यस्त रहने काठमाडौका प्रत्येक सडकमा रातो साडी, कुर्ता लगाएर सिङ्गारीएर हिडिरहेका नारी समुहहरु भेटिन्छन् । गाँउबस्तीहरुमा चाड्पर्वको भारी भन्दा पनि धेरै कामको भारीले फुर्सद नहुदोहो, आधुनिक...

Face of The Week, सुन्दर मनका समाजसेवी सुन्दर !

सुरुवाति दिनमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्थे सुन्दर श्रेष्ठ । भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङ राजघाटका—७ हाल उर्लाबारी ९...