हक्की टुर्नामेन्ट–२०१८’ मा भाग लिने झापाली खेलाडीको विदाई

आयुष निरौला/विमर्श उप्रेती

बिर्तामोड । ‘फस्ट अफ्जल मन्ना मेमोरियल हक्की टुर्नामेन्ट–२०१८’ मा भाग लिने झापाली खेल टोलीलाई मंगलबार विदाई गरिएको छ । पाकिस्तानको लाहोरस्थित जोहार टाउन हक्की स्टेडियममा यहि नोभेम्बर ८ देखि १४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतिष्पर्धा गर्ने झापाली टोलीलाई विदाई गरिएको हो ।

खेलाडीहरुसंगको सामूहिक तस्वीर

जिल्ला खेलकुद विकास समितिले भद्रपुरस्थित मेची रंगशालामा आयोजना गरेको कार्यक्रममा नेपालको राष्ट्रिय टिममा झापाबाट छनौटमा परेका ४ पुरुष, २ महिला खेलाडी र टिम कोच सम्मिलित ७ सदस्यीय टोलीलाई विदाई गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले टोलीलाई शुभकामनासहित विदाई गरेका थिए ।

विदाई भएका झापाली खेलाडीहरु

उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका केन्द्रीय सदस्य हरि भूजेल, झापा अध्यक्ष हेमा थापा, प्रशिक्षकहरु बक्सिङका डम्बर लिम्बू, तेक्वान्दोका कर्ण दाहाल, प्रदीप श्रेष्ठ, करातेका पूर्व प्रशिक्षक सौरभ प्रधान, प्रशिक्षक कृष्ण बस्नेत, दुर्गाराज निरौला, कुस्तीका वेदनिधी भण्डारी९उमेश०, उसुका रविन श्रेष्ठ, जुडोका गंगाबहादुर खड्कालगायतको उपस्थिति थियो ।

झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल शुभकामना मन्तव्य राख्दै

झापाबाट टिम कोचमा प्रशिक्षक ज्ञानेन्द्रबहादुर खड्का, खेलाडीहरु पुरुषतर्फ चिरन प्रधान, मनोज चौधरी, सन्तोष बेस्रा र रोशन चौधरी तथा महिलातर्फ सिर्जना तामाङ र सरस्वती तामाङ छिन् । पाकिस्तानका हक्की तर्फका राष्ट्रिय खेलाडी मन्नाको स्मृतिमा हुन लागेको प्रतियोगिताका लागि झापाबाट राष्ट्रिय टोलीमा छानिएका रोशन चौधरी नेपाली सेनामा कार्यरत् छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल शुभकामना व्यक्त गर्दै

झापाको भद्रपुर नगर ९ स्थित पुहाँतुवारी निवासी उनी २०७० सालयता त्रिभुवन आर्मी क्लवबाट प्रतियोगिता खेल्दै आएका छन् । ५० सदस्यीय नेपाली राष्ट्रिय टोलीमा महिला र पुरुष गरी ४४ जना खेलाडी तथा ६ जना टिम कोच रहेका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले जानकारी दिए ।

एशियन हक्की फेडरेशन र पाकिस्तान हक्की फेडरेशनले संयुक्त रुपमा आयोजना गर्ने सो प्रतियोगिताअघि सहभागी खेलाडीहरुलाई एक महिने बन्द प्रशिक्षण गराइने बताइएको छ । सो प्रतियोगितामा भाग लिने नेपाली राष्ट्रिय खेल टोली बिहीबार पाकिस्तानतर्फ प्रस्थान गर्दैछ ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

हितकोष मार्फत व्यवसायीलाई रु १ लाख राहत

दमक ,३ मंसीर ।  दमक उद्योग वाणिज्य संघले स्थानीय एक व्यवसायीका परिवारलाई रु १ लाखको व्यवसायिक राहत रकम प्रदान गरेको छ । गत कार्तिक २५ गते मृत्यु भएका संघका सदस्य दमक ६ की चन्द्रकला...

शरणार्थीहरुलाई सहयोग कटौती नगर्न माग

दमक ,३ मंसीर । भुटानी शरणार्थी स्वदेश फिर्ती समितिले शरणार्थी समस्याको पूर्ण समाधान नभएसम्म शरणार्थीहरुलाई दिईदै आएको सहयोग कटौती नगर्न दातृ निकायसंग माग गरेको छ । समितिले मानिसलाई जीवनयापनका लागि चाहिने न्यूनतम गाँस,वासमा निरन्तरता...

मन र धनको अभावमा अलपत्र ७ बर्षे स्वदेस थिं भन्छन्- ‘मन नै ठूलो !’

एका बिहान काठमाडौंको बढ्दो चिसो सङ्गै आज बिहान कोटेश्वरको तिनकुनेमा एउटा जंकाभेट भयो संचारकर्मी साथिहरु लक्ष्मी धिमाल र उमेश खडकासङ्ग जहाँ एउटा सानो किराना पसल छ त्यही कफि र चिया पनि पाइन्छ । मङ्सिर भित्रीदै...

गौतम मिष्टर ,शुष्मा मिस राजवंशी घोषित

झापा,२ मंसीर । विर्तामोड – ४ की सुष्मा राजवंशीले यसवर्षको मिस राजवंशीको उपाधि जितेकी छन् । शनिवार विर्तामोडमा आयोजित ग्राण्ड फिनालेमा २४ जना प्रतियोगिलाई पछि पार्दै उनले उपाधि सहित २५ हजार रूपैया, ट्रफि जितेकी...

फेरिए सशस्त्र प्रहरीका प्रवक्ता, को हुन नयाँ प्रवक्ता श्रेष्ठ ?

काठमाडौै, २ मंसिर । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिएका छन् ।संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न...

राजवंशी प्रेस सल्लाहकारमा नियुक्त

गौंरीगञ्ज ,२ मंसीर । गौरीगञ्ज गाँउपालिकामा स्थानीय पत्रकार आत्माराम राजवंशी प्रेस सल्लाहकारका रुपमा नियुक्ति भएका छन् । गाँउपालिका आईतबार सम्पन्न बोर्ड बैठकले पत्रकार राजवंशीलाई प्रेस सल्लाहकारमा नियुक्त निर्णय गरेको हो । राजवंशी डेढ दशकदेखि झापाली...

बाल गायक मनिषलाई १ लाख ३७ हजार बढी सहयोग

दमक,२ मंसीर । पाँचथर, मिक्लाजुङ्ग ५ का ९ बर्षिय बाल गायक मनिष लिम्बुको सहयोगार्थ दमकमा हालै आयोजित सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । दमकमा गत कार्तिक २९ गते सांगीतिक कार्यक्रम गरिएको थियो । पत्रकार...

मंसिरमा विवाह गर्ने सोचमा हुनुहुन्छ? यसरी छान्नुहोस् जिवनसाथी

 मंसिर महिना लाग्यो अर्थात विवाहको महिना शुरु भयो । लगनको महिना, नयाँ नाता स्थापित हुने त कती दिलहरु तोडिने समय, कतै हजार खुशी बोकेर आउने त कतै खुशी सारा खुषी खोसेर लिने जे होस्...

दौडको उपाधी जितेन्द्र दनुवारलाई

झापा । कमल गाउँपालीका ३ मा रहेको श्री नम्बर २१ बाहिनी अड्डाले आयोजना गरेको १० किलो मिटर दौडको उपाधी जितेन्द्र दनुवारले जितेका छन । वाक एण्ड रन फष्ट फिटनेस मुल नारा सहित श्री नम्बर २१...

शरणार्थीलाई व्लिसनको सहयोग

दमक,१ मंसीर । कलाकार विह्लन विक्रम राईले दमकको भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । शनिवार शिविरमै पुगेर कलाकार राईले ती नगद सहयोग हस्तान्तरण गरेका छन् । उनले शरणार्थी...