मुक्तिनाथ दर्शन गर्न अब १०० रुपैयाँ

यी काउन्टरबाट अनुमति लिए १०० रुपैयाँ मात्रै दस्तुर लाग्ने जनाइएको छ ।

हाम्रो दमक

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

सरकारले १०० रुपैयाँ शुल्क निर्धारण गरी राजपत्रमा सूचना प्रकाशन गरेको थियो । यो सूचनाले अन्नपूर्ण संरक्षण क्षेत्रका साथै मनास्लु, गौरीशंकर संरक्षण क्षेत्रकमा प्रवेश गर्न आन्तरिक पर्यटकले पनि प्रवेश शुल्क बुझाउनुपर्नेछ । अहिलेसम्म संरक्षण क्षेत्रमा जान नेपालीलाई शुल्क लाग्दैनथ्यो । अब शुल्क नबुझाई उक्त क्षेत्रमा प्रवेश गरे प्रवेश शुल्कका दोब्बर जरिवाना लाग्नेछ।

ए भृकुटीमण्डपस्थित एक्याप काठमाडौंको इन्ट्री परमिट काउन्टर, लमजुङको बेसीशहर र पोखराको ड्यामसाइडस्थित इन्ट्री परमिट काउन्टरबाट प्रवेश अनुमति लिने व्यवस्था मिलाइएको छ । यी काउन्टरबाट अनुमति लिए १०० रुपैयाँ मात्रै दस्तुर लाग्ने जनाइएको छ ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

धर्म/सस्कृति बाट अन्य

लिम्बु जातिको नयाँ वर्षमा शुभकामना कार्यक्रम

दमक, २७ पुस । लिम्बु जातिको नयाँ वर्षसंगै माघे संक्रान्ति (कक्फेक्वा तङ्गनाम )का अवसर पारेर मंगलवार दमकमा सम्मानसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर समिति र लिम्बु विद्यार्थी मञ्च केन्द्रीय...

भाका दिवस झापामा भव्यताका साथ मनाईयो

बिर्तामोड । प्रत्येक वर्षको पुष २९ गते मनाईदै आएको भाका दिवस आज झापामा भब्यताका साथ मनाईएको छ । कन्काई नगरपालीका ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कन्काई...

बुद्धशान्तिमा धुमधामले मनाइयो २ सय ९७ औँ पृथ्वी जयन्ती

 बुद्धशान्ति । झापाको बुद्धशान्तिमा २ सय ९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार धुमधामले मनाइएको छ । नागरिक समाज तथा राष्ट्रिय एकता दिवस समारोह समितिका अध्यक्ष गणेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज...

देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता : पूर्व प्रम डा. भट्टराई

दमक,२६ पुस । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन् । दमक – ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको रजत...

शान्ति समाज सेवा समितिले लगाएको पुराणमा ५ लाख २५ हजार बचत

बुद्धशान्ति। शान्ति समाज सेवा समिति बुद्धशान्तिले हालै सम्पन्न गरेको श्रीमद् भागवत महापुराणबाट ५ लाख २५ हजार ५ सय ५१ रुपैंया बचत गरेको छ । पौष ९ गते देखि १५ गतेसम्म भएको पुराणको मंगलबार हिसाब...

गेउरियामा गुरुङ्गहरुले मनाए ल्होसार मनाए

लखनपुर,२१ पुस ।  ल्होसारमा सार्वजनिक विदाँ नदिएपछि झापाको लखनपुर क्षेत्रका गुरुङ्गहरुले आज विभिन्न कार्यक्रम गरि ल्होसार मनाएका छन् । कमल गाँउपालिका वडा नम्बर ७ स्थित गेउरियामा विभिन्न कार्यक्रम गरि सामूहिक रुपमा ल्होसार मनाएका हुन्...

कोच विकास सम्बन्धी प्रशिक्षण

गौरीगञ्ज,२० पुस । कोच समुदायको भाषा,संस्कृति, पहिचान र ईतिहास जगेर्ना गर्ने उद्देश्यले आज गौरीगञ्जमा एक दिने विचार गोष्ठी सम्पन्न भएको छ । कोच प्रवासी मञ्च केन्द्रीय समितको आयोजनामा सम्पन्न ‘कोच समाज र स्पष्ट धारणा’विषयक कार्यक्रममा...

किरात ज्योतिषविद नेम्वाङ्गको जन्मजयन्ति सम्पन्न

पाँचथर,१९ पुस ।  किरात ज्योतिषविद रनधोज नेम्वाङ्गको विहिबार १०१ औ जन्मजयन्ति विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । जन्म जयन्तिका अवसर पारेर पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नम्बर २ इम्बुङ्गस्थित सत्यहाङ्गमा माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गरि...

दमकमा टोपी दिवस मनाईयो

दमक,१७ पुस । राष्ट्रिय ढाका टोपी दिवस आज झापाको दमकमा पनि मनाइएको छ । नेपाली ढाका टोपी नेपाली शान, मान र पहिचान भन्ने मूल मर्म सहित दमक उद्योग बाणिज्य संघको आयोजनामा कार्यक्रम सम्पन्न भएको...

सुम्निमा र पारुहाङ्गको स्मारक अन्तिम तयारीमा

झिलझिले ,११ पुस । झापाको शिवसताक्षीस्थित झिलझिले धार्मिक परिसरमा निर्माणाधिन सुम्निमा र पारुहाङ्गको अर्धकद स्मारकको काम आधा बढी सकिएको छ । किरात राई यायोक्खा नगर प्रांरिम्भक समितिले स्थानीय धार्मिक परिषरमा शुरु गरेको ती दुई भगवानको...