निर्मला हत्या प्रकरणः थप ४ जनाको डिएनएको नमुना संकलन

मंगलबार शंकास्पद ४ जनाको नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए।

हाम्रो दमक

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा प्रहरीले डिएनए परीक्षणका लागि थप ४ जनाको नमुना संकलन गरेको छ।

मंगलबार शंकास्पद ४ जनाको नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए।

‘चार जनाको डिएनए परीक्षणका लागि नमुना संकलन गरी विधिविज्ञान प्रयोगशालामा पठाएका छौं’ घटनाको अनुसन्धान अधिकृतसमेत रहेका डिएसपी ओझाले भने, ‘लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा रहेका उनीहरुको नमुना संकलन गरिएको हो।’

उनले नमुना संकलन गरिएका व्यक्तिहरुको नाम र ठेगाना भने खुलाउन चाहेनन्। यो खबर आजको कान्तिपुर दैनिकमा कञ्चनपुरबाट भवानी भट्टले लेखेका छन्।

नमुना लिइएका व्यक्तिहरुलाई निगरानीमा राखिएको उनले जानकारी दिए। उनले शंकास्पद अन्य व्यक्तिको पनि नमुना संकलन हुन सक्ने बताए । प्रहरीले यसअघि पनि ५ जनाको नमुना परीक्षण गरिसकेको छ। यसअघि प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाटाका दिलीप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडुको पहिलो चरणमा डिएनए परीक्षण गरेको थियो।

त्यसपछि आन्दोलनरत महिला अधिकारकर्मी र पीडित परिवारले शंका गरेका हालै बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरन र महेन्द्रनगरकै स्थानीय आयुश विष्टको नमुना परीक्षण गरिएको थियो।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पत्रपत्रिकाबाट बाट अन्य

निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा, घटना यसरी घट्यो

भरतपुर । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को व्यक्तिगत महत्वकांक्षाका कारण चितवनको भरतपुर महानगरपालिकाभित्र बनाउन लागिएको भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा परेको छ । रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा...

विद्युत प्राधिकरण नेतृत्वको मिलेमतोमा १० अर्ब रुपैयाँ घोटाला

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण नेतृत्वको मिलेमतोमा राज्यलाई तिर्नुपर्ने १० अर्ब रुपैयाँ घोटाला भएको छ । नेपालका गन्यमान्य उद्योगी व्यावसायीले सञ्चालन गरेका विभिन्न १० उद्योगले तिर्नुपर्ने अर्बौ रकम नतिरेपछि राज्यकोषमा जम्मा हुनुपर्ने १० अर्ब...

भेटियो ३३ किलो सुन, के त्यो सुन चर्चित ‘गोरे’ काण्ड कै हो त !

काठमाडौं | सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि...

प्रधानन्यायाधीशमा फेरि यसअघि अस्वीकृत दीपकराज जोशी सिफारिस !

काठमाडाैं | संसदीय सुनुवाइ समितिले यसअघि अस्वीकृत गरेका दीपकराज जोशीको नाम न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा सिफारिस गरेको छ । न्यायपरिषद्ले जोशीसँगै न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पनि सिफारिस गरेको हो । ‘प्रधानन्यायाधीशका लागि स्थायी न्यायाधीश भई...

नयाँ सम्झौताकाे १ महिनामै मलेसियाले भन्यो- ‘कामदार पुरानै संयन्त्रबाट!’

काठमाडाैँ । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले...

अझै खुलेन लाइसेन्सको अनलाइन आवेदन

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको...

प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा !

काठमाडौं, ९ मंसिर । नेपाली सेनाको रथी बढुवामा फेरि राजनीतिले चरम रुप लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सेनामा तेस्रो बरियतामा रहेका उपरथीले रक्षा मन्त्रालयमा उजुरी गरेका छन् । बढूवा रोकेर अवकाश दिन लागेको...

नेपाल प्रहरीको पनि समायोजन गर्ने यस्तो तयारी

काठमाडौँ। सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ...

पुर्वराजाका अतिगोप्य ९ वटा कक्ष सर्वसाधारणका लागि खुल्दै !

काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालय अन्र्तगत गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो...

मन्त्रिपरिषद्का निर्णय गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप सचेत गराएका हुन्...